Butwal Today

लियो क्लब अफ बुटवल मेट्रोसिटिको पहिलो बैठक

६ श्रावण २०८०, शनिबार
अ+
अ-

बुटवल, ६ साउन ।

लियो क्लब अफ बुटवल मेट्रोसिटिको पहिलो बैठक कार्यक्रम सप्पन्न भएको छ । बुटबल मेट्रोसिटिका अध्यक्ष सन्दीप सुनारको अध्यक्षतामा पहिलो बैठक बसेको हो ।

बैठकमा अध्यक्ष सुनारले मेट्रोसिटी अफ बुटवलले तयार गरेका नीति, योजना वृक्षरोपण तथा अन्य कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । बैठकमा सचिव जिडि सिखार, पुनम कुँवरलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा २९ जनाको सहभागिता रहेको थियो ।