ट्रेंडिंग:

>> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल

प्रेस चौतारीले भन्यो–‘अध्यक्षविरुद्धको उजुरी सुनकाण्ड ढाकछोप गर्ने षडयन्त्र’

४ श्रावण २०८०, बिहीबार
४ श्रावण २०८०, बिहीबार

बुटवल, ४ साउन ।

प्रेस चौतारी नेपालले संगठनका अध्यक्ष गणेश बस्नेतबिरुद्ध नेपाल प्रहरीको साईबर ब्यूरोमा उजुरी दर्ता गरिएको घटनाप्रति भत्र्सना गरेको छ ।

प्रेस चौतारीले एक विज्ञप्ती जारी गर्दै गृहमन्त्रीकाृ सचिवालयबाटै उजुरी दर्ता गरिएको भन्दै भत्र्सना गरेको हो । “त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको सबै सुरक्षा जाँच पास गरी ठूलो परिमाणमा भएको सुन तस्करी गृह नेतृत्वसहित उच्च अधिकारीहरुको संलग्नताबिना सम्भव नहुने बिषयमा दिइएको अभिब्यक्तिलाई लिएर गृहमन्त्रीकै सचिवालयका सदस्यले नै प्रहरीमा उजुरी दिनु आपत्तिजनक काम एवं सत्ता उन्मादको चरम रुप भएको हाम्रो संगठनको ठहर छ”–महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

गृहमन्त्री श्रेष्ठले आफ्नै सचिवालयबाट फोन गराएरसंगठनका अध्यक्षलाई प्रहरीले पक्राउ गर्यो भनेर समाचार लेखाउनु र समाचार लेखाएपछि सचिवालयकै सदस्यले प्रहरीमा उजुरी दिनु भनेको गृह मन्त्रालय आफ्नो पक्षबाट कमी कमजोरी भएको र त्यो घटना ढाकछोप गर्न लागेको प्रष्ट हुने प्रेस चौतारीले जनाएको छ । “सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको तर्फबाट स्पष्ट जवाफ दिनुको साटो हाम्रो संगठनका अध्यक्षलाई फसाउने षड्यन्त्रसहित प्रहरीमा जवर्जस्ती उजुरी दर्ता गराउनुले कतै ‘स्याल कराउनु र बाख्रा हराउनु’ जस्तै भएको त होइन ? भन्ने गम्भीर प्रश्न पनि उठेको छ”–विज्ञप्तीमा भनिएको छ ।

त्रिभुवन विमानस्थलबाट सुन समातिएपछि प्रेस चौतारीका केन्द्रीय अध्यक्ष बस्नेतले ‘मलाई आएको सूचना यस्तो छ,’ गृहमन्त्रीले पास गराएको सुन अर्थमन्त्रीले समाते ।’ मैले सोधें–कसरी ? जवाफ आयो, खोज्नोस, सत्य यही हो ।’ अव कसरी पत्याउनु ? नारायणकाजी कमरेड जस्तो त्यागी, एक रुपैयाँ आम्दानी नभए पनि दैनिक ५० हजार खर्च गरेर हिँड्न सक्ने त्यागी गृहमन्त्री भएको बेला यस्तो होला भनेर ।’ लेखेका थिए ।

यसैलाई आधार मानी बस्नेतविरुद्ध साइवर क्राइममा उजुरी दर्ता भएको हो । गृहमन्त्रीको सचिवालयबाट भएको यो कामले कतै गृह मन्त्रालय नेपाली प्रेस र आम नागरिकलाई आतंकित पारेर÷त्रासमा राखेर निरंकुश एवं अधिनायकवादी शासन चलाउने अभ्याशमा त छैन भन्ने गम्भीर आशंका पैदा गरेको प्रेस चौतारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

गृहमन्त्रीको सचिवालयबाट भएको यो काम अत्यन्तै आपत्तिजनक मात्र होइन, नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक र वाक स्वतन्त्रताको समेत विरुद्धमा रहेको प्रेस चौतारीले ठहर गरेको छ । आफूमाथि कसैले प्रश्न उठाउन नदिने योजनाका साथ चालिएको यो काम तत्काल फिर्ता लिएर माफी माग्न प्रेस चौतारीले गृहमन्त्रीलाई आग्रह गरेको छ ।

उक्त प्रकरणलाई लिएर प्रेस चौतारी नेपाल रुपन्देहीलगायत चौतारीका विभिन्न जिल्ला शाखाले आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?