ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापन, २२ औं अध्यक्षमा हमाल

४ श्रावण २०८०, बिहीबार
४ श्रावण २०८०, बिहीबार

बुटवल, ४ साउन ।

रोटरी क्लब अफ बुटवल डाउन टाउनको २२ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । क्लबको २२ औ तथा दोस्रो महिला अध्यक्षका रुपमा वर्ष २०२३÷२०२४ का नवनिर्वाचित अध्यक्ष कमला हमालले पद स्थापन गरिन् । लुम्बिनी प्रादेशिक अस्पतालमा ४ दशक लामो नर्स सेवा दिएकी उनी रुपन्देहीका सामाजिक संघसंस्थामा आवद्ध छिन् । बुधबार कार्यक्रमको एक समारोहका बीच रोटरी ईन्टरनेशनल ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजुले वर्ष २०२३÷२०२४ का नवनिर्वाचित अध्यक्ष कमला हमाललाई पदस्थापन गराए । कार्यक्रमको उदघाटन गर्दै डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजुले रोटरीको मुलमन्त्र स्वार्थभन्दा माथि सेवाको भावनालाई सबै रोटरीयनहरुले पालना गर्न सुझाव दिए । विश्वबाट नै पोलियो उन्मुलन जस्तो महत्वपूर्ण अभियानमा सफल भएको रोटरीको गौरबमय ईतिहास रहेको उनले बताए । नेपालमा सामाजिक हितमा लाग्न उत्प्रेरणा जगाउने क्लबको महत्वपूर्ण योगदान रहेको उनले दाबी गरे । यसैबीच वर्ष २०२२÷२०२३ का अध्यक्ष भरत रानाले वर्ष २०२३÷२०२४ का अध्यक्ष कमला हमाललाई पद हस्तान्तरण गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले समुदायस्तरमा जनताको विकासमा यहाँ स्थापित सामाजिक संघसंस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताईन् । यो वर्ष बुटवल शहरलाई उज्यालो बुटवलको अवधारणा पुरा गर्ने लक्ष्य लिएको भन्दै यहाँ बत्ती र हरियालीका कामहरु गरिने बताए । यो काम ढिलाई हुनुमा कानुनी अडचन बाधक भएको भन्दै अब छिट्टै पुरा हुने बताईन् । महिलाहरुको सशक्तिकरणको अभियानलाई जोड दिएर उपमहानगरपालिकाबाट तयार गरिएको कार्ययोजनासंग सहकार्य गर्ने उनले बताईन् ।

कार्यक्रममा क्लबका एजी सुनिल श्रेष्ठ, रोटरी क्लब अफ बुटवलका अध्यक्ष करुण खनाल, रोट्र्याक्ट अफ बुटवल रामापिथेकशका अध्यक्ष निरज आचार्य, क्लबका निर्वाचित अध्यक्ष शिव ज्ञवाली, रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष शारदा पंगेनी, क्लबका पुर्व अध्यक्ष भिमलाल श्रेष्ठ, क्लबका सचिव प्रकाशराज पौडेलले विश्वमा नै सामाजिक कार्यमा अगाडी रहेको रोटरीमा युवाहरुलाई आवद्ध गराउदै रोटरी मोटो विकास गर्न जरुरी रहेको बताए ।

नवनिर्वाचित वर्ष २०२३÷२०२४ का अध्यक्ष कमला हमालले आफ्नो कार्यकालमा वर्षभरिको योजना अनुसारका सबै योजनाहरु पूरा गर्ने तथा रोटरीको ७ वटा लक्ष्यलाई पूरा गर्ने प्रतिवद्घता जनाईन् । महिला स्वस्थ्य, सचेतनाका साथै महिला सशक्तिकरणका ७ फोकस एरियाको कामलाई निरन्तरता दिने बताईन् । पछिल्लो समय घरघरमा मानसिक समस्याको ठूलो समस्या देखिएको भन्दै
मानसिक स्वस्थ्यको क्षेत्रमा क्लबहरु मिलेर अभियान चलाउन जरुरी रहेको उनले बताए ।
वर्ष २०२२÷२०२३ का अध्यक्ष भरत रानाले आफनो कार्यकालमा वर्षभरि शिक्षा, स्वस्थ्य, सरसफाई, स्वरोजगार तालिम, शिविर संचालनमा संयोजकको भुमिका निर्वाह गरेका संयोजक, सहयोगी सदस्यहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?