ट्रेंडिंग:

>> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना

सामान्यको परिपत्रसँगै समायोजन भइ आएका कर्मचारी फिर्ता पठाउने तिलोत्तमाको निर्णय उल्टियो

४ श्रावण २०८०, बिहीबार
४ श्रावण २०८०, बिहीबार

बुटवल, ४ साउन ।

सामान्य प्रशासन मन्त्रालयले बुधबार गरेको परिपत्रसँगै विभिन्न स्थानीय तहबाट समायोजन मिलान भई आएका कर्मचारीलाई फिर्ता पठाउने तिलोत्तमा नगरपालिकाको निर्णय उल्टिएको छ । सामान्य प्रशासन मन्त्रालयले साउन ३ गते स्थानीय तहहरुलाई परिपत्र गर्दै समायोजन भएका स्थानीय तहका कर्मचारीहरुलाई फिर्ता नगर्न निर्देशन दिएसँगै तिलोत्तमाको निर्णय उल्टिएको हो । तिलोत्तमा नगरपालिकाले साउन १ गते जुन तह र निकायबाट समायोजन भई आएको हो, सोही तह र निकायमा फिर्ता पठाउने निर्णय गरेको थियो भने यसलाई कार्यान्वयन गर्न स्वाथ्य संस्थामा नगर प्रहरी नै खटाएको थियो ।

तिलोत्तमा नगरपालिकाले दरबन्दी भन्दा बढी कर्मचारी रहेको भन्दै जुन तह र निकायबाट समायोजन भई आएको हो सोही तह र निकायमा फिर्ता गर्ने निर्णय गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले त नगरपालिकाले गरेको निर्णय फिर्ता नलिने भन्दै आवश्यक परे अदालत जान चुनौती दिएका थिए । तिलोत्तमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत असार २५ गतेको परिपत्रको अपव्याखा गर्दै समायोजन ऐन २०७५ बमोजिम कर्मचारी समायोजन प्रकियाबाट समायोजन मिलान र समायोजन संशोधन भइ तिलोत्तमा नगरपालिकामा समायोजन भएका कर्मचारीहरुलाइ दरबन्दी भन्दा बढी रहेको भनी फिर्ता पठाउने निर्णय गरेको थियो ।

तिलोत्तमा नगरपालिकाले फिर्ता पठाउन गरेको निर्णय उल्टिएकाले अव यही समायोजन गरी हाजिर गराउनुको विकल्प नरहेको संगठनका रुपन्देही अध्यक्ष प्रेमप्रसाद खनालले बताए ।

दरबन्दी भन्दा वढी भएका समायोजन मिलान र समायोजन संशोधन भै आएका कर्मचारीहरुलाई समेत फिर्ता गर्ने गरी तिलोत्तमा नगरपालिकाले गरेको निर्णय कार्यान्वयन गराउन नगर प्रहरी नै खटाइ स्वास्थ्यकर्मी कार्यरत स्वास्थ्य सस्थामै रमाना पठाइ कर्मचारीहरुको मनोवल नै गिर्ने गरी तल्लो स्तरको व्यवहार प्रदर्शन गरेकोमा संगठनले आपत्ति जनाएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ३ गते गरेको परिपत्रमा प्रचलित कानुनी ब्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरुलाई उक्त कानुनी ब्यवस्था प्रतिकुल हुनेगरी फिर्ता गर्न नमिल्ने भएकोले निजहरुलाई साबिक बमोजिम हाजिर गराइ कामकाजमा लगाउन निर्देशन दिएको छ ।

उक्त परिपत्र प्राप्त हुनुु अघि कानुन विपरित हुने गरी गरिएको उक्त निर्णयको जिल्लामा कृयाशिल ट्रेड युनियनहरुले विरोध जनाउँदै आएका थिए । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालको नेतृत्वमा आधिकारिक ट्रेड युनियन रुपन्देहिका अध्यक्ष रमेश पसाद पाण्डे, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य नारायण प्रसाद भण्डारी सहित पेशागत महासंघ नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, लगाएतका कृयाशिल ट्रेड युनियनका जिल्ला, प्रदेश तथा केन्द्रीय स्तरका नेताहरुले तिलोत्तमा नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, र प्रमुख प्रशासकीय अधिकृतहरुलाइ भेटी हालको समस्याका बिशयमा छलफल गरेका थिए । छलफलका क्रममा नगर प्रमुख र नगर उपप्रमुखले समस्या समाधानको लागि पहल गर्न समन्वयकारी भूमिका खेल्ने वताएका थिए भने प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले निर्णय फिर्ता नलिने र कर्मचारीलाई निर्णय चित्त नबुझेको भए अदालत जान सक्ने भनी जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?