ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

रोल्पाले फिर्ता पठायो ५६ करोड !

रोल्पामा संघ तर्फका विभिन्न योजनाका लागि ८३ करोड २३ लाख त्रिचालिस हजार र प्रदेशतर्फ विभिन्न योजनाका लागि १ अर्ब ३२ करोड चौरासी लाख अठार हजार गरि कुल दुई अर्ब सोह्र करोड सात लाख एकसठ्ठी हजार बजेट प्राप्त भएको थियो । जिल्लाबाट खर्च हुन नसकेर फिर्ता गएको कुल वजेटको करिब २६ प्रतिशत हुन आउँछ ।
३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

रोल्पा, ३ साउन ।   रोल्पामा संघ र प्रदेशबाट प्राप्त पुँजीगत बजेट मध्ये ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता गएको छ । जिल्लाको पुँजीगत विकासका लागि आएको रकम मध्ये छपन्न करोड पन्ध्र लाख नव्वे हजार रूपैयाँ खर्च हुन नसकेर फिर्ता गएको हो ।

रोल्पामा संघ तर्फका विभिन्न योजनाका लागि ८३ करोड २३ लाख त्रिचालिस हजार र प्रदेश तर्फ विभिन्न योजनाका लागी १ अर्ब ३२ करोड चौरासी लाख अठार हजार गरि कुल दुई अर्ब सोह्र करोड सात लाख एकसठ्ठी हजार बजेट प्राप्त भएको थियो । खर्च हुन नसकेर फिर्ता गएको उक्त रकम कुल बजेटको करिब २६ प्रतिशत हो ।

यसरी प्राप्त भएको वजेट मध्ये संघ तर्फका विभिन्न योजनाका लागि सन्ताउन्न करोड चौहत्तर लाख सतासी हजार र प्रदेश तर्फका विभिन्न योजनाका लागि एक अरव दुई करोड सोह्र लाख त्रियासी हजार गरि कुल एक अरव उनान्साठी करोड एकानव्वे लाख सत्तरी हजार रूपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाले जानकारी दिएको छ । खर्च हुन नसकेर फिर्ता गएको वजेट मध्ये संघको २५ करोड अठचालिस लाख पचपन्न हजार र प्रदेशको ३० करोड सतसठ्ठी लाख चौतिस हजार रहेको छ ।

जिल्लामा संघ तर्फ पाँच अरव त्रियासी करोड छब्वीस लाख नब्वे हजार र प्रदेश तर्फ उनासी करोड त्रिहत्तर लाख पैतालिस हजार गरि चालु तर्फ छ अर्ब त्रिसठ्ठी करोड पैतिस हजार रूपैयाँ प्राप्त भएको थियो । चालु तर्फ प्राप्त बजेट मध्ये संघको पाँच अर्ब चालिस करोड वाईस लाख नौ हजार र प्रदेश तर्फ वैसठ्ठी करोड चौहत्तर लाख चवालिस हजार गरि कुल छ अर्ब दुइ करोड छयानव्वे लाख चवन्न हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सुचना अधिकारी हेमन्तराज आचार्यले जानकारी दिए ।

घटेन असारे विकासः

जिल्लामा प्राप्त विकास वजेट मध्ये ठूलो हिस्सा असारमा खर्च भएको छ । संघ तर्फ प्राप्त त्रियासी करोड तेइस लाख त्रिचालिस हजार र प्रदेश तर्फ एक अरव वत्तीस करोड चौरासी लाख अठार हजार गरि कुल दुई अर्ब सोह्र करोड सात लाख एकसठ्ठी हजार बजेट प्राप्त भएको थियो ।
सो मध्ये असार महिनामा मात्रै संघको अठार करोड त्रियासी लाख सात हजार र प्रदेशको चौतिस करोड दश लाख अठासी हजार गरि कुल वाउन्न करोड त्रियानव्वे लाख छयानव्वे हजार रूपैयाँ खर्च भएको छ । यो रकम जिल्लामा प्राप्त विकास वजेटको कुल खर्च भएको वजेटको एक तिहाई हो ।

जिल्लामा संघ र प्रदेश दुवै तर्फको वर्षभरि कुल एक अरव उनान्साठी करोड एकानव्वे लाख सत्तरी हजार रूपैयाँ खर्च भएको थियो । विकासको ठूलो हिस्सा खर्च हुन नसक्नु र खर्च भएको वजेट मध्ये ठूलो हिस्सा असार भित्रै खर्च गर्नुले विकासको मात्रा र गुणमा नै प्रश्न उठ्छ पुर्व सांसद लेखनाथ आचार्यले भने । एघार महिनासम्म घाम तापेर वस्ने र असार महिनामा मात्रै हुने कामको चटारोले अनियमितता र भ्रष्टाचारले समेत प्रसय पाउने गरेको पूर्व सांसद आचार्यको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?