© २०२३
न्युज बुटवल टुडे
कपिलवस्तु, २ साउन ।
तौलिहवा उद्योग बाणिज्य संघ कपिलवस्तुले संघको अधिवेशनको तयारी शुरु गरेको छ । संघको बैठकले यसै वर्षको असोज महिना भित्र संघको अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन सम्पन्न गर्नका लागि संघले संघ आवद्ध उद्योगी व्यवसायीहरुलाई भदौ मसान्त भित्र सदस्यता नविकरणका लागि आव्हान गरेको संघका महासचिव अर्जुन चापागाईले जानकारी दिए ।
तौलिहवा उद्योग बाणिज्य संघमा हाल १ हजार २ सय ५६ उद्योगी व्यवसायी सदस्य भए पनि न्युन संख्याका व्यवसायीले सदस्यता नविकरण गरेका छन् । अधिवेशन प्रयोजनका लागि सदस्यता नविकरण गराउन पटक पटक सुचना जारी गरिए पनि उद्योगी व्यवसायीले सदस्यता नविकरणमा चासो नदिने गरेको संघका अध्यक्ष गयादीन कुर्मीले गुनासो गरे । तोकिएको मितिमा संघको अधिबेशन सम्पन्न गर्ने गरी आवश्यक तयारी अगाडि बढाईने उनले प्रष्ट्याए ।