ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
विश्व सर्प दिवस

सर्प : शत्रु वा मित्र ?

बढ्दो शहरीकरण र वनविनासको कारणले सर्पको वासस्थान र आहारा मासिदै गएकोले सर्पहरु संकटमा परिरहेका छन् । सर्पदंशको कारणले ठूलो संख्यामा मानिसहरुको मृत्यु हुनु जति दुखद कुरा हो त्यति नै दुखद कुरा वातावरण चक्रका संचालक सर्पहरु मासिनु पनि हो. ।
२ श्रावण २०८०, मंगलवार
२ श्रावण २०८०, मंगलवार

सर्प भन्ने वित्तिकै धेरैको सातो जान्छ । हेर्दा आकर्षक भएपनि सर्पले टोक्छ र सर्पले टोकेर मरिन्छ भन्ने भयले गर्दा धेरैजसो मानिसहरु सर्पलाई भयङ्कर डरलाग्दो र खतरनाक जीव मान्ने गर्छन् र यही डरले गर्दा नै मानिसहरु सकेसम्म सर्पलाई मार्ने र नसके सर्पदेखि भाग्ने गर्दछन् । मानिसहरुले खतरनाक माने पनि सामान्य अवस्थामा सर्प निकै नै शान्त प्रकृतिको जीव हो र प्रत्यक्ष रुपमा यिनीहरूले कसैलाई हानी पु¥याउँदैनन् तर जब यिनीहरूले आफूलाई असुरक्षित ठान्दछन्, तबमात्र यिनीहरू आक्रामक हुन्छन् । आफ्नो बाटोमा कुनै अवरोध भएमा वा कसैले यसको बासस्थान भत्काइदिएमा वा कुल्चेमा वा यसको अण्डा, बच्चालाई मार्न खोजेमा वा जिस्काइएको खण्डमा मात्र सर्पहरू हिंश्रक बन्छन् ।

नेपालका सर्पहरु

सर्प सरिसृप अन्तर्गतको मांशाहारी जीव हो । वैज्ञानिकहरु चारखुट्टे घस्रने सरिसृपबाट सर्पको विकास भएको मान्छन् । सर्पको अस्तित्व पृथ्वीमा एक करोड वर्षअघि रहेको वैज्ञानिकहरुको अनुमान छ । निकै सानादेखि विशाल शरीर भएका सर्पहरु दक्षिण ध्रुवीय प्रदेश बाहेक सबै महादेशहरुमा सर्प पाउन सकिन्छ । संसारभर ३,४०० भन्दा बढी सर्पका प्रजातिहरु छन् । यीमध्ये सात सय ५० प्रजाति विषालु मानिएका छन् । अहिलेसम्म नेपालमा ४८०० मिटरको उचाइसम्म ८९ प्रजातिका सर्पको मात्र अभिलेखन भएको छ । यीमध्ये २१ प्रजातिका सर्प विषालु भएको बताइन्छ । नेपालमा विष नहुने तथा टोकेपनि असर नहुने, कम विषालु र बढी विषालु गरी तीन समूहका सर्पहरु सर्पविज्ञहरुले पहिचान गरेका छन् । नेपालमा ठूला, लामा र छिटो छिटो हिंड्ने अविषालु र मध्यम खालका विषालु सर्पका धेरै प्रजातिहरु छन् । ती सर्पहरु दिनमा बढी सक्रिय हुने हुँदा मानिसहरुसंग उनीहरुको घर वरपर, खेतबारीमा र वनजङ्गलमा यस्ता सर्पहरुको जम्काभेट भैरहन्छ । यस्ता सर्पहरुमा अजिंगर, धामिन र पानीसर्पहरु मुख्य हन् । यस्ता सर्पहरुले मानिसलाई टोक्दा घाउ लाग्ने भएपनि अन्य स्वास्थ्य असर भने पर्दैन । सर्पले टोकेर अस्पताल पुग्नेहरु मध्ये धेरैजना यस्तै सर्पहरुको टोकाईबाट पीडित भएको डाक्टरहरु बताउँछन् ।

ग्रीन पिटभाइपरहरु अर्थात ह¥यौ सर्पहरु नेपालमा पाइने हरिया रङ्ग भएका कम विषालु सर्पहरुको समूह हो । यस्ता सर्पहरु नेपालको वनजंगल र पहाडी भू–भागमा धेरै पाइन्छन् । यस्ता सर्पले टोक्दा मान्छेहरु नमर्ने भएपनि यी सर्पको डसाई अत्यन्तै पीडादायी हुने, डसेको ठाउँ वरपर सुन्निने, सुन्निएको ठाउँमा थुप्रै मात्रामा शरीरको झोल पदार्थ जम्मा हुने हुँदा बिरामी मुर्छा पर्ने पनि हुन्छ । विषले स्थानीय तन्तुहरुलाई बिगार्ने र रगत जम्न नसक्ने बनाई दिने हँुदा रक्तश्राव पनि हुन सक्दछ । बच्चाहरुलाई डसेमा यसले अन्य जटिलताहरु पनि निम्त्याँउछ । नेपालमा पाइने अति विषालु सर्पहरुलाई गोमन, राजगोमन, करेत र मुगा सर्पहरुको समूह (इलापिडी परिवार) र बाघे सर्प, ह¥यौ सर्पहरु (भाइपेरीडि परिवार) गरी दुई समूहमा विभाजन गर्न सकिन्छ । ईलाडिपी समूहका सर्पहरुमा मुखको अघिल्तिर माथिल्लो बङ्गारोमा अचल रहने दुईवटा छोटा विष–दन्तहरु हुन्छन् । यी दाँतहरुको बाहिरी सतहमा हुने गहिरो डुँडले विषलाई आहारको वा शत्रुको शरीरमा पु¥याउन प्रभावकारी भूमिका खेल्दछ । यिनीहरुको डसाईबाट देख्न सकिने डसाईको चिन्ह वा रगताम्मे घाउ बनेको हँुदैन र यिनले कति विष पसाएको छ भनी पूर्वानुमान पनि गर्न नसकिने सर्पविज्ञहरु बताउँछन् । करेत सर्पले डसेको खण्डमा, आँखाले देख्न सकिने डसाईका कुनै चिन्ह वा घाउ नभएता पनि र सुरुका केही घण्टा भित्र समेत केही स्वास्थ्य समस्या नदेखिए पनि, डसेको १२ घण्टापछि पनि विषका लक्षणहरु जस्तै श्वास–प्रश्वास प्रक्रिया रोकिने जस्ता घातक परिणाम देखिने सम्भावना रहन्छ । भाइपेरीडि परिवारका सर्पहरुमा आँखा र नाकको बीचमा ताप संवेदनशील अंगहरु हुन्छन् । यस्ता अङ्गहरु भएकै कारण पिटभाइपर प्रजातिका सर्पहरुले पुरै अँध्यारोमा पनि तातो रगत भएका आहारलाई र शत्रुहरुलाई तापको माध्यमबाट सजिलै थाहा पाउँदछन् । यो समूहका सर्पहरुको मुखको अघिल्तिर माथिको बङ्गाराको छेउँमा दुईवटा एकदमै लामा विषदन्तहरु हुन्छन् । यी दाँतहरु खुम्चिन सक्ने भएकाले प्रयोग नभएका बेला पछाडि तलपट्टि दोब्रिएर बस्न सक्दछन् । सर्पले मुख खोलेर डस्न लाग्दा यी दाँतहरु सोझो हुन्छन् । भाइपरका यी दाँतहरु औषधि दिने सुई जस्तै खोक्रो परेका हुन्छन् र सुईको जस्तै काम गर्दछन् । यो समूहका सर्पको विषको विशेष गुण के हो भने यी सर्पको विषले गर्दा डसाई हुने बित्तिकै डसेको ठाउँमा पीडा हुन्छ । यो दुखाई सामान्य डसाईको भन्दा धेरै नै पीडादायी हुन्छ । विषले थप चिकित्सा सम्बन्धी जटिलताहरु निम्त्याउँदै लैजाने हँुदा पीडा पनि बढ्दै जाने बताइन्छ । केही घटनाहरुमा भने विषका गम्भीर असरहरु जस्तैः रगतको जम्ने गुणमा परिवर्तन हुने, डसेको ठाउँ बाहेक शरीरका अन्य भागबाट समेत रक्तश्राव हुने, डसाई भएको ठाउँ वरपरका तन्तुहरु कुहिने वा बिग्रिने र मृगौला सम्बन्धी समस्या समेत हुन सक्दछ । मानिसहरुले विष विहिन, कम विषालु र अति विषालु सर्पहरु पहिचान गर्न नसक्दा सबै सर्पहरुलाई खतरनाक मान्ने गरेका छन् । सर्पलाई चिन्न नसक्दा विषहीन सर्पले टोक्दा समेत मनोवैज्ञानिक त्रास, गलत चिकित्सकीय उपचार र प्रतिविषको कारणले ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाएको समेत देखिन्छ ।

साँस्कृतिक महत्व

हिन्दू संस्कृतिमा सर्पलाई नाग देवताको रुपमा पुज्ने गरिन्छ । अग्नि पुराणमा ८० प्रकारका नाग कुलको वर्णन गरिएको छ । भगवान विष्णुको शैया शेषनागको रहेको छ भने भगवान शिवको गहना सर्प नै भएको विश्वास गरिन्छ । श्रीकृष्ण भगवानलाई मथुराबाट गोकुल ल्याउँदा नागले बाढी र वृष्टिबाट रक्षा गरेका थिए । देवता र दैत्यद्वारा गरिएको समुद्र मन्थनमा वासुकीनागकै मुख्य भूमिका रहेको थियो । घरघरका मुल द्वारमा नागको तस््िवर टाँस्दा एक वर्षसम्म सर्प, गरुडको भय नहुने, अनावृष्टि, चटयाङको बज्रपात नहुने, ठीक समयमा वर्षा हुने, धन्यधान्य बृद्धिका साथै निरोगीसमेत रहने विश्वास गरिन्छ । सर्पलाई धार्मिक महत्वको स्थान दिईएको कारणले गर्दा हिन्दु मन्दिर, मूर्ती र टँुडालहरुमा सर्पका विभिन्न आकृतिहरु कुदिएको देखिन्छ । त्यसैगरी हिन्दुहरुले हरेक वर्ष श्रावण शुक्ल पन्चमीको दिनलाई नाग पन्चमीको रुपमा मनाउने गरिन्छ ।

पर्यावरणीय महत्व

विश्वमा ठूलो मात्रामा खाद्यान्न र गेडागुडीहरु किरा, मुसा र फट्यांग्राले खाएर नष्ट गर्ने गरेका छन् । एक प्रतिवेदनका अनुसार नेपालमा हरेक वर्ष करिव १७ लाख मेट्रिक टन खाद्यान्न नष्ट हुने गरेको छ । यो उत्पादन, वितरण र भण्डारण प्रक्रियामा भएको क्षति मात्र हो । नेपालमा किसानहरुले राम्ररी ध्यान नदिदा चरा, मुसा र अन्य जनावरबाट खेतवारीमै ठूलो मात्रामा खाद्यान्न नष्ट हुने गरेको छ । त्यसैगरी खाद्यान्न भण्डारण राम्रो नहुँदा मुसा, किरा फट्यांग्रा, ढुसी र चिस्यानको कारणले पनि खाद्यान्न नष्ट भैरहेको छ । नेपालमा खेतबारी र भकारीमा खाद्यान्न नष्ट हुनुमा मुसाको प्रमुख भूमिका रहेको पाइन्छ । मुसाको सन्तानोत्पादन र विकास छिटोछिटो हुने भएकोले यिनीहरुले खाद्यान्न खाएर, खाद्यान्न भण्डारमा दिसापिसाब गरेर ठुलो मात्रामा खाद्यान्न नष्ट गर्ने गरेको पाइन्छ । खेतबारी र खाद्यान्न भण्डारमा हानीकारक किरा र मुसा नियन्त्रण गर्नमा सर्पले मुख्य भूमिका खेलेको हुन्छ । सर्पबाट मुसा र कीरा नियन्त्रण गर्ने विधि सजिलो, भरपर्दाे, कम खर्चिलो र प्राकृतिक उपाय पनि हो । त्यसैले अन्नबालीको उब्जनी बढाउन र भण्डारणमा समेत अन्न जोगाउन सर्प हुनु आवश्यक हुन्छ ।

पर्यावरणविद्का अनुसार सर्पहरू इकोसिस्टमका शिकारी र अर्काका लागि आहारा दुवै हुन् । सर्पले मुसा, छेपारो र फट्यांग्राहरुलाई खान्छ भने सर्पहरूलाई बाज, न्याउरीमुसा, गरुड आदिले खाइदिन्छन् । यदि सर्पको लोप हुने हो भने एकातिर भ्यागुतो, मुसा लगायतको संख्यामा अत्यधिक वृद्धि हुन जान्छ भने अर्कोतिर सर्प माथि निर्भर रहेका चिल, गरुड जस्ता ठुला पंक्षीहरुको संख्यामा कमी आई खाद्य शृंखला असन्तुलित हुन् पुग्छ । तसर्थ वातावरणमा रहेका विभिन्न जीवहरुको संख्यालाई नियन्त्रणमा राख्दै प्रकृतिको खाद्यश्रृखंला र वातारणीय अवस्था सन्तुलित पार्नका लागि सर्पको ठूलो भूमिका रहँदै आएको छ ।

नेपालका प्रतिवर्ष प्रतिलाख जनसंख्यामा औसत १६० जनाले सर्पदंशको कारणले ज्यान गुमाउने गरेको सरकारी तथ्यांकहरुले देखाउँछन् । मानवीय सावधानी र चेतनाको कमीले सर्पदंशपछिको विष र गलत उपचारको कारणले ज्यान गुमाइरहेको भएपनि सर्पदंशमा सर्पलाई नै मुख्य दोषी देखाई सर्पलाई मार्ने गरिएको छ । सर्पको आकर्षक छालाको लागि सर्प मार्ने र छाला तस्करी गर्ने पुरानो चलन भएपनि पछिल्लो समयमा सर्पको विषको लागि ज्यँुदा सर्पहरु समेत विदेश लैजाने गरिएका खबरहरु सार्वजनिक भैरहेका छन् । बढ्दो शहरीकरण र वनविनासको कारणले सर्पको वासस्थान र आहारा मासिदै गएकोले सर्पहरु संकटमा परिरहेका छन् । सर्पदंशको कारणले ठूलो संख्यामा मानिसहरुको मृत्यु हुनु जति दुखद कुरा हो त्यति नै दुखद कुरा वातावरण चक्रका संचालक सर्पहरु मासिनु पनि हो. । विषालु र विषहीन सर्पहरु, त्यस्ता सर्पहरुको आनीबानीको बारेमा ब्यापक जनचेतना फैलाउन नसक्दासम्म सर्पहरुमाथिको संकट हट्न सक्नेछैन । सर्प पार्क स्थापना गर्ने, सर्पको विषबाट भेनम उत्पादन गर्ने, सर्पको बारेमा सचेतना र सावधानी कार्यक्रम संचालन गर्ने, सर्पदंश उपचारलाई सर्वशुलभ बनाउन राज्य नै अग्रसर हुन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?