ट्रेंडिंग:

>> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

उपभोक्ताको ढाड सेक्दै निगम, ११ महिनामा कमायो १७ अर्व नाफा

२९ असार २०८०, शुक्रबार
२९ असार २०८०, शुक्रबार

काठमाडौं, २९ असार ।

सधैँ घाटाको व्यापार गरिराखेको नेपाल आयल निगमले यो वर्षको ११ महिनामा १७ अर्ब नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष ४९ अर्ब घाटामा रहेको निगमले यो वर्ष फाइदाको व्यापार गरेको हो ।

गत आर्थिक वर्षमा भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्नका लागि निक्षेपमा रहेको रकम र सरकारसँग ऋण लिएको निगमले यो वर्ष नाफा कमाएको हो । भारतीय आयल निगम (आइओसी) लाई तिर्न बाँकी रहेको २४ अर्ब बक्यौता रकम तिरिसकेको छ । निगमले चालू आर्थिक वर्षको सुरुदेखि नै पेट्रोलियम पदार्थको खरिद मूल्यभन्दा बिक्री मूल्य बढी राखेर नाफा कमाएको प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

उनले भने, “गत आर्थिक वर्षमा भारतबाट बढी मूल्यमा पेट्रोलियम पदार्थ ल्याएर कम मूल्यमा बेच्नुपरेको थियो । यस वर्ष खरिद मूल्य कम र बिक्री मूल्य बढी राखेकाले निगमले १७ अर्ब नाफा कमाएको हो ।’’

निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर समान नौ रुपियाँ, मट्टितेलमा प्रतिलिटर २४ रुपियाँ, आन्तरिक हवाइतर्फ प्रतिलिटर २६ रुपियाँ , अन्तर्राष्ट्रिय हवाइतर्फ प्रतिलिटर ४२ रुपियाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर १० रुपियाँ नाफा राखेको छ ।

नयाँ मूल्य अनुसार भारतबाट पेट्रोल प्रतिलिटर १६१.३९ मा खरिद गरेर १७० रुपियाँमा बेच्दै आएको निगमले डिजेल प्रतिलिटर १४१ मा ल्याएर १५० रुपियाँमा बेचेको छ । मट्टितेल प्रतिलिटर १२६ रुपियाँमा ल्याएर १५० रुपियाँमा बिक्री गर्छ । आन्तरिक हवाईतर्फ प्रतिलिटर ११०.६४ रुपियाँमा खरिद गरेर निगमले १३६ रुपियाँमा बिक्री गरिरहेको छ । यस्तै खाना पकाउने एलपी ग्याँस प्रतिसिलिन्डर एक हजार ७९० रुपियाँमा ल्याएर एक हजार आठ सय रुपियाँमा बिक्री गर्दै आएको छ । यो मूल्य स्थिर भए १५ दिनमा निगमलाई एक अर्ब ६० करोड रुपियाँ नाफा हुने अनुमान छ । आइओसीले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ ।

पेट्रोलियम पदार्थको आयात घट्यो

गत आर्थिक वर्ष २०७८÷७९ को तुलनामा यो आर्थिक वर्ष २०७९÷८० को जेठ मसान्त पेट्रोलियम पदार्थको आयात घटेको छ । यो आर्थिक वर्षको जेठ मसान्तसम्म पेट्रोलको आयात १७.५४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको जेठसम्म छ लाख ७६ हजार ५१२ किलोमिटर पेट्रोल आयात भएको थियो भने चालू आर्थिक वर्षको जेठसम्म पाँच लाख ५७ हजार ८६४ किलोलिटर आयात भएको छ ।

गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा डिजेलको आयात ३१.१५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्म १५ लाख ८३ हजार ६३१ किलोलिटर डिजेल आयात भएको थियो । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म १० लाख ९० हजार २६८ किलोलिटर आयात भएको छ ।

यस्तै मट्टितेलको आयात ३७.६७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा १५ हजार ५८० किलोमिटर आयात भएको थियो भने चालु आर्थिक वर्षमा नौ हजार ७११ किलोलिटर आयात भएको छ ।

खाना पकाउने ग्याँसको पनि आयात १३.११ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्म चार लाख ८९ हजार ५७९ टन आयात भएकोमा चालू आर्थिक वर्षमा यो मात्रा चार लाख २५ हजार ३९८ टन छ ।

हवाई इन्धनको आयात बढ्यो

अन्य इन्धनको आयात घट्दा हवाई इन्धनको आयात भने थोरै बढेको छ । निगमको पछिल्लो तथ्याङ्क अनुसार आयात चार हजार टन अर्थात् २.९३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षमा एक लाख ४२ हजार ९७६ टन आयात भएकोमा यो आर्थिक वर्षमा एक लाख ४७ हजार १६४ टन आयात भएको छ ।

निगमका प्रवक्ता ठाकुरका अनुसार सरकारको ऋण साढे छ अर्ब छ । जसमा सात प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ । मूल्य स्थिरीकरण कोषमा साढे २१ अर्ब रुपियाँ ऋण छ । निगमले एयरलाइन्स तथा बिक्रेताको धरौटी बापतको रकम एक अर्ब ९५ करोड तिर्न बाँकी छ । २०७४ सालमा श्रम ऐनले व्यवस्था गरेको कर्मचारी आवासको तीन अर्ब ३० करोड ऋण चुक्ता गर्न बाँकी छ।

स्वचालित प्रणाली कार्यान्वयन भएन

२०७० सालमै स्वचालित प्रणालीमा जाने योजना बनाएको निगमले पेट्रोलियम पदार्थको मूल्य भने समायोजन गर्न सकेको छैन । अहिले निगम पूर्णरुपमा नाफामा नगइसकेकाले समायोजनमा जान नसकिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरको भनाइ छ ।

उनले भने, “निगम अझै पूर्णरुपमा नाफामा गएको छैन । ऋण बाँकी छ । त्यसकारण केही समय स्वचालित मूल्यमा जान सकेका छैनौँ ।”

निगमले बढी मूल्यमा पेट्रोलियम पदार्थ खरिद गर्दा त्यही अनुपातमा वृद्धि गर्दा जनगुनासो आउने ठाकुरको बुझाइ छ । त्यसकारण मूल्य धेरै घट्दा केही मात्र घटाउन सकिएको उनी बताउँछन् । निगमलाई ग्याँसमा बढी घाटा सहनुपरेका कारण स्वचालित मूल्यमा जान नसकिएको ठाकुर बताउँछन् ।

उनले भने, “निगमलाई ग्याँसको मूल्यमा धेरै घाटा खाएर बेच्नुपरेकाले स्वचालित प्रणालीमा जान नसकिएको हो । ग्याँसमा अब ५० रुपियाँ बढी नाफा भएको खण्डमा स्वचालित प्रणालीमा जान सकिन्छ ।”

बोनस कोषमा तीन अर्ब सञ्चित

नेपाल आयल निगमको बोनस कोषमा तीन अर्ब रुपियाँ थुप्रिएको छ । निगमले प्रत्येक वर्षमा नाफा बापत एक प्रतिशत रुपियाँ बोनस कोषमा छुट्याउनुपर्ने हुन्छ । निगम कम्पनी ऐन अनुसार स्थापना भएको र कम्पनी ऐनले नै नाफाको एक प्रतिशत बोनस छुट्याउनुपर्ने तोकेकाले छुट्याइएको निगमका प्रवक्ता ठाकुरले बताए ।

प्रवक्ता ठाकुरले भने, “निगम कम्पनी ऐन अनुसार स्थापना भएको हो । त्यसैले यसको ऐनमै नाफाको एक प्रतिशत जम्मा गर्नुपर्ने उल्लेख भएअनुसार नै राखेका हौँ ।” ठाकुर निगमले नाफा बापतको रकम कोषमा जम्मा गरे पनि कर्मचारीले भने २०५९ सालदेखि बोनस नपाएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?