ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

मध्यरातमा दरबारको सुखसयल त्यागेको झल्को

२ हजार ६ सय १८ वर्ष अघि राजकुमार सिद्धार्थले दरबार छाडेर गएको झल्को दिने गरि राति १२ बजे तौलिहवाका शाक्यपुत्र सिद्धार्थ शाक्य घोडा चढेर दरबार बाहिर निस्केका थिए ।
२० असार २०८०, बुधबार
२० असार २०८०, बुधबार

कपिलवस्तु (बुटवल टुडे) २० असार   युवराज सिद्धार्थले राजसी सुखसयल त्यागेर मध्यरातमा ज्ञान प्राप्तिका लागि हिडेको झल्को दिइएको छ । २ हजार ६ सय १८ वर्ष अधिराजकुमार सिद्धार्थले दरबार छाडेर गएको झल्को दिने गरि राति १२ बजे तौलिहवाका शाक्यपुत्र सिद्धार्थ शाक्य घोडा चढेर दरबार बाहिर निस्केका थिए ।

प्राचिन कपिलवस्तु दरबार (तिलौराकोट) को पुर्वीद्वारमा सोमबार मध्यरातमा त्यसको सम्झनामा महाभिनिष्क्रमण दिवश मनाईएको छ । पटक पटक बर्षाले अवरोध गरे पनि सोमबार मध्यरातमा ठुलो संख्यामा स्थानियको सहभागीता रहेको थियो । कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका पुर्व अध्यक्ष भिक्षु मैत्री महस्थबिरले शिल प्रार्थना गराएसगै कार्यक्रम शुरु भएको थियो ।

ऐतिहासिक घटना ब्यूताउदै पर्यटकीय आकर्षण बढाउन केहि बर्ष यतादेखी महाभिनिष्क्रमण दिवश मनाउन शुरु गरिएको कार्यक्रमका परिकल्पनाकार तथा लुम्बिनी बिकास कोषका सदभावना दुत बिक्रम पाँडेकाजीले बताए । लुम्बिनी र कपिलवस्तुलाई जोडेर पर्यटन उत्पादनलाई प्रबद्र्धन गर्न माता मायादेवी सुत्केरी मार्ग, महाभिनिष्क्रमण, महा घरफिर्ती अभियानको परिकल्पना गरि कार्यक्रमहरु अगाडी बढाईएको जनाउदै कपिलवस्तुका लागि स्वर्णयुगको प्रारम्भ हुन थालेको बताए ।

सम्पुर्ण बुद्धमार्गीका लागी महाभिनिष्क्रमणको दिन भावुक दिन भएको स्मरण गर्दै कपिलवस्तुको बिकासमा दिवश आयोजनाले टेवा पुर्याउने लुम्बिनी बिकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्माले बताए । पछिल्ला केहि बर्ष यता शुरु भएको महाभिनिष्क्रमण दिवश भव्य बन्दै गएको र यसले कपिलवस्तुको बुद्धस्थलको बिकासमा टेवा पुर्याउने कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले बिश्वास व्यक्त गरे ।
कपिलवस्तुको बुद्धस्थलको प्रचार प्रसार र बिकासमा समुदायको अग्रसरता बढ्नु सकारात्मक भएको लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य रामनरेश प्रसाद कोहारले बताए । असार पुर्णीमाको दिन महाभिनिष्क्रमण सगै शुद्धोधन महाराजले रोपाई उत्सव गर्दा सिद्धार्थले ध्यान बसेको दिन, सिद्धार्थले सारनाथमा सुत्र देशना गरेको र प्रथम धर्म साङ्गयाना गरिएको दिन भएको अखिल नेपाल भिक्षु महासंघका पुर्व अध्यक्ष भिक्षु मैत्री महस्थबिरले बताए ।
कार्यक्रममा सरिक हुन आएकी नेपाल स्थित श्रीलंकाका कार्यवाहक राजदूत निलुसा डिल्मिनीले महाभिनिष्क्रमणको कार्यक्रममा सरिक हुन पाउदाँ सुखी लागेको बताईन । आफ्नो देशमा ७० प्रतिशत बुद्धमार्गी भए पनि आफु सहित धेरैलाई सिद्धार्थ गौतमको दरवार कपिलवस्तु भन्ने जानकारी भए पनि कपिलवस्तु नेपालमा रहेको बारे धेरै जसो अनभिज्ञ रहेको बताईन ।

नेपालीहरुले कपिलवस्तु सहितका स्थलको महत्व आफुले पनि बुझनु पर्ने र बिश्वलाई बुझाउन पनि अग्रसर हुनु पर्ने उनले सुझाव दिईन । कपिलवस्तुमा पर्यटन बिकासका लागि आफुहरुले महाभिनिष्क्रमण सहितका कार्यक्रमलाई अगाडी बढाईएको कपिलवस्तु टुरिजम अध्यक्ष मनोजकुमार श्रीवास्तबले जानकारी दिए ।
कपिलवस्तु स्थित राजप्रासाद तिलौराकोटमा बुद्ध सर्किट नेपाल र गच्छामी मिडिया ग्रुपको सयुक्त आयोजनामा तथा लुम्बिनी विकास कोष, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सहयोग एवम कपिलवस्तु टुरिजमको समन्वयमा दिवस आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?