© २०२३
नेपाल धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदामा अत्यन्तै समृद्ध मुलुक हो । बर्षेनी भित्रिने लाखौ ंपर्यटकले देशको गरिमा उच्च राखेको सबैलाई सर्बबिदितै छ । नेपालमा त्यस्ता कैयौ ंतीर्थस्थलहरु छन् जसले धार्मिक पर्यटनबाट मात्रै नेपाली अर्थतन्त्रको बिकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस्तै धार्मिक एवम् आध्यात्मिक उर्जामय तीर्थस्थलहरु मध्ये स्वर्गद्वारी पनि देशकै एक अमूल्य धार्मिक सम्पदा हो । लुम्बिनी प्रदेशको १२ जिल्लाहरुमध्ये प्युठान जिल्लालाई बिशेष महत्वका साथ हेर्ने गरिन्छ । यस जिल्लालाई पबित्र धार्मिक स्थल स्वर्गद्वारीको पावनभूमिको रुपमा चिनिनु र चिनाउनु आफैमा एक गौरबपूर्ण इतिहास हो । प्युठान जिल्लालाई चिनाउने समग्र जिल्लाको आशाको केन्द्रविन्दु स्वर्गद्वारी साँच्चै नै नेपालको सात धामहरुमध्ये कै एक महत्वपूर्ण पवित्र धाम पनि हो । सामान्यतया स्वर्गद्वारीको नाम नजानेको र नसुनेको मान्छे कमै होलान् । नेपालमा भन्दा उत्तर भारतमा स्वर्गद्वारी निकै प्रसिद्ध छ । यसको बलियो प्रमाण प्रत्येक बर्ष हजारौको संख्यामा आउने भारतीय तीर्थयात्रीहरुलाई लिन सकिन्छ । स्वर्गद्वारीप्रति ठूलो आशा र भरोसा राखेर आत्मबिश्वासका साथ स्वर्गद्वारीमा आउने पर्यटकहरु भनेको नै भारतीय मूलका नागरिक हुन् । उनीहरुलाई स्वर्गद्वारी प्रभु महाराजप्रति ठूलो बिश्वास छ । प्युठान जिल्लाको पवित्रभूमि स्वर्गद्वारीको नामाकरण कसरी भयो होला भन्ने आम नागरिकको लागि कौतुहलताको बिषय र सर्बत्र चासोको बिषय पनि हो । प्राचिनकालमा सोहृ महर्षिहरुले यज्ञ गरी स्वर्ग गएकोले यस ठाउँको नामाकरण स्वर्गद्वारी राखिएको हो भन्ने लोक परम्परा रहिआएको छ । कहिँकतै पौराणिक कालमा पाँच पाण्डबहरु स्वर्ग जाँदा यहाँको बाटो भएर स्वर्ग गएको हुनाले स्वर्गद्वारी नाम रहेको भन्ने जनविश्वास पनि छ । तर, यस ठाउँको प्राचिनतालाई प्रमाणित गर्ने कुनै भौतिक ठोस सामाग्री भने अहिलेसम्म प्राप्त भएका छैनन् । किम्बदन्ती अनुसारर मध्यकालमा दाङ्गका राजा महीचन ठाकुर मुस्ताङतर्फ तीर्थ गर्न जाँदा स्वर्गद्वारीको नजिकै परमधाम भएकोले उक्त स्थानलाई धरमपानी र यसको माथिल्लो भागलाई स्वर्गद्वारी भन्न थालियो । स्वर्गद्वारी समुन्द्री सतहवाट २ हजार एक सय २१ मिटरको उचाईमा रहेको छ । हाल स्वर्गद्वारी नगरपालिका वडा नं.२ मा अवस्थित यो पुण्यभूमि लुम्बिनी प्रदेशको मात्रै नभएर पश्चिम नेपालको धार्मिक तथा उत्कृष्ट पर्यटकीय गन्तब्य पनि हो । यहाँ करिव २६०० रोपनी क्षेत्रफलमा आश्रम अवस्थित रहेको छ । स्वर्गद्वारी धार्मिक तथा ऐतिहासिक हिसाबले जति महत्व रहेको छ, त्यति नै प्राकुतिक सुन्दरताले भरिपूर्ण छ । यो हामी सबैको एक स्वर्गको टुक्रा पनि हो । स्वर्गद्वारीबाट आठ हजार मिटर भन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौ ंहिम श्रंखलाहरु आफ्नै आँखाले अवलोकन गर्न पाईन्छ । स्वर्गद्वारीको आँगनबाट धौलागिरी, माछापुच्छे «, अन्नपूर्ण, निलगिरी, मनास्लु लगायत हिमश्रृंखला देखिन्छ । यस क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएपनि धार्मिक पुण्यभूमिकै कारणले स्वर्गद्वारीको नाम देशभर प्रख्यात छ । स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर, दाङको भालुबाङबाट भिंग्रीसम्म ५८ कि.मी. र भिंग्रीबाट १४ किलोमिटर पश्चिममा अवस्थित अग्लो पहाड महाभारत क्षेत्र अन्तर्गत पर्दछ । स्वर्गद्वारी आश्रमको स्थापना र यसको पूर्वाधारको निर्माणमा यसको भक्तजनको भूमिका प्रशंसनीय छ । दाङको सदरमुकाम घोराहीदेखि होलेरी हँुदै स्वर्गद्वारीसम्म पुग्ने ७५ कि.मि. मोटरवाटोको निर्माण बाचन शिरोमणि नारायण पोखरेलको सक्रियतामा सञ्चालित महायज्ञबाट भएको झण्डै ६८ लाख रुपैयाँबाट सम्पन्न भएको हो । काठमाण्डौंबाट भैरहवा अथवा नेपालगञ्जसम्म हवाई यात्रा गरेर त्यसपछि रोल्पा अर्थात भिंग्रीसम्म आउने सडक यातायातमार्फत यात्रा तय गरि स्वर्गद्वारीको गन्तब्यमा पुग्न सकिन्छ । भालुवाङ–भिंग्री भएर स्वर्गद्वारी जाने धार्मिक पर्यटकहरु कतिपय चतुर्भुजको दर्शन गरेर जाने गर्दछन् । चर्तुभुज भन्ने ठाँउ रोल्पा र प्युठानको सिमानामा पर्दछ । यो पनि ऐतिहासिक ठाउँ हो । यो हालको सुनिलस्मृति गाउँपालिकामा पर्दछ । स्कन्ध पुराणको हिमवत खण्डमा चतुर्भुजको बारेमा उल्लेख छ । ब्रहजीले सुनछहरीको झरनामा स्नान गरी चतुर्भुजमा उपनयन कार्य गर्दा चतुर्भुज मन्दिरको स्थापना गरेका हुन् । चतृुर्भुजमा शिव पाञ्चायन र सरस्वतीको मन्दिर अहिले पनि देख्न सकिन्छ । श्री पञ्चमीको दिन यहाँ भव्य मेला लाग्छ । यही ठाउँमा १६ जना ऋषिमुनिहरुले तपस्या गरेर स्वर्गद्वारीमा गई अखण्ड यज्ञ लगाएको हो भन्ने भनाई पनि छ । स्वर्गद्वारीको महिमा दिन प्रतिदिन बढ्दै जानुमा यसको छुट्टै रहस्य र इतिहास पनि छ । रोल्पा जिल्लाको रुम्टी गाउँमा बि.स. १९१६ साल श्रावण शुक्लपक्ष पुत्रदा एकादशी तिथि बृहस्पतिवारको रात्रीमा गौतम कुलका पिता अनिरुद्ध तथा माता श्वेताकुमारीको कोखबाट जन्म लिनभएका १०८ बालतपस्वी स्वर्गद्वारी महाप्रभु श्री नारायण गौतम बि.स. १९५१ मा घुम्दै यही पबित्रभूमिमा आएपछि बेदका मन्त्रद्वारा अग्नी प्रज्वलित गरी बि.स.१९५२ बैशाख पूर्णिमादेखि नै अखण्ड महायज्ञ सञ्चालन गर्नुभएको हो भन्ने भनाई छ । महाप्रभुको छैटीको दिन आफ्नै आमाले मासु आहार गरेको थाहा पाई भोकै बस्नुभयो । दशौ दिनवाट कपिला गाईको दुध सेवन गरी ३ बर्षको उमेरदेखि महाप्रभु शिवको भक्त हुनुभयो । महाप्रभु गाउँमाथिको ओढारमा ६ बर्षको उमेरमा अदृष्य भई तीन बर्षपछि विद्वानको रुपमा प्रकट हुनुभएको हो भन्ने कुरा शास्त्रमा पढ्न पाईन्छ । प्रभु महाराज आफ्नो पाँच बर्षको उमेर वि.स.१९२१ देखि १९२४ सम्म तीन वर्ष हिम गिरिमा देवता र महर्षिसँग गुप्त भएर तपस्या गर्नुभयो । वि.स. १९२१ देखि १९२६ मा पिता अनिरुद्धको मुक्ति भयो । त्यसपछि तेह्र बर्ष हँुदा वि.स.१९२९ मा विवाहको चर्चा भयो । प्रभु महाराजको विबाह हुनु त परै जाओस् आफनो शरीर र बस्ने कुटीमा समेत आगो लगाउनुभयो । तेह्र बर्ष वि.स.१९२९ देखि शुरु भएर पच्चीस वर्ष पुग्दा वि.स. १९४१ सम्म विधिपूर्वक बाह्र बर्षसम्म जन्मस्थल रुम्टी र सखीका लेकमा अनेक योग अभ्यास गरेर तपस्या गर्नुभयो । योग अभ्यासमा बसेर छब्बीस वर्षको उमेर पुग्दा वि.स. १९४२ मा सन्यास लिनुभयो । साक्षात् शिवजीकै अवतार अद्भूत योगी स्वामी सच्चिदानन्द गिरिजीबाट दीक्षित भएर सन्यासी रुप धारण गर्नुभयो । त्यसपछि अठ्ठाईस वर्षको उमेर वि.स. १९४४ मा पुग्दा अनेक योग तथा साधना गर्नुभयो । अठ्ठाईस वर्षदेखि पैतिष वर्ष वि.स. १९५१ सम्म रुम्टी र त्यहाँको लेकमा नै बसेर पहिलो बाह्रवर्षे यज्ञ समाप्त गर्नृुभयो । उक्त सालमा नै प्रभु महाराज श्री स्वर्गद्वारी जानुभयो र वि.स. १९५२ देखि पं.टीकाराम गौतमको सहयोगमा अखण्ड यज्ञको प्रारम्भ गर्नुभयो । जुन आजसम्म पनि वैदिक विधि अनुसार यथावत् रुपले चल्दै आएको छ । अहिले पनि स्वर्गद्वारीमा पुग्ने जो कसैले पनि देख्न र अवलोकन गर्न सक्छ । प्रभु महाराजले यस क्षेत्रमा ज्ञान, ध्यान र तपस्या गरि अखण्ड यज्ञ सञ्चालन गरि बसेको हुनाले पनि मानिसहरु हेर्न र भेटघाट गर्न आउने गर्दथे । जीवनका विभिन्न घटनाहरुको भविष्यवाणी संयोगवस मिल्न जाने भएकोले पनि मानिसहरु आफ्नो सात धाममध्येको महत्वपूर्ण धाम–स्वर्गद्वारी
नेपाल धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदामा अत्यन्तै समृद्ध मुलुक हो । बर्षेनी भित्रिने लाखौ ंपर्यटकले देशको गरिमा उच्च राखेको सबैलाई सर्बबिदितै छ । नेपालमा त्यस्ता कैयौ ंतीर्थस्थलहरु छन् जसले धार्मिक पर्यटनबाट मात्रै नेपाली अर्थतन्त्रको बिकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस्तै धार्मिक एवम् आध्यात्मिक उर्जामय तीर्थस्थलहरु मध्ये स्वर्गद्वारी पनि देशकै एक अमूल्य धार्मिक सम्पदा हो । लुम्बिनी प्रदेशको १२ जिल्लाहरुमध्ये प्युठान जिल्लालाई बिशेष महत्वका साथ हेर्ने गरिन्छ । यस जिल्लालाई पबित्र धार्मिक स्थल स्वर्गद्वारीको पावनभूमिको रुपमा चिनिनु र चिनाउनु आफैमा एक गौरबपूर्ण इतिहास हो । प्युठान जिल्लालाई चिनाउने समग्र जिल्लाको आशाको केन्द्रविन्दु स्वर्गद्वारी साँच्चै नै नेपालको सात धामहरुमध्ये कै एक महत्वपूर्ण पवित्र धाम पनि हो । सामान्यतया स्वर्गद्वारीको नाम नजानेको र नसुनेको मान्छे कमै होलान् । नेपालमा भन्दा उत्तर भारतमा स्वर्गद्वारी निकै प्रसिद्ध छ । यसको बलियो प्रमाण प्रत्येक बर्ष हजारौको संख्यामा आउने भारतीय तीर्थयात्रीहरुलाई लिन सकिन्छ । स्वर्गद्वारीप्रति ठूलो आशा र भरोसा राखेर आत्मबिश्वासका साथ स्वर्गद्वारीमा आउने पर्यटकहरु भनेको नै भारतीय मूलका नागरिक हुन् । उनीहरुलाई स्वर्गद्वारी प्रभु महाराजप्रति ठूलो बिश्वास छ । प्युठान जिल्लाको पवित्रभूमि स्वर्गद्वारीको नामाकरण कसरी भयो होला भन्ने आम नागरिकको लागि कौतुहलताको बिषय र सर्बत्र चासोको बिषय पनि हो । प्राचिनकालमा सोहृ महर्षिहरुले यज्ञ गरी स्वर्ग गएकोले यस ठाउँको नामाकरण स्वर्गद्वारी राखिएको हो भन्ने लोक परम्परा रहिआएको छ । कहिँकतै पौराणिक कालमा पाँच पाण्डबहरु स्वर्ग जाँदा यहाँको बाटो भएर स्वर्ग गएको हुनाले स्वर्गद्वारी नाम रहेको भन्ने जनविश्वास पनि छ । तर, यस ठाउँको प्राचिनतालाई प्रमाणित गर्ने कुनै भौतिक ठोस सामाग्री भने अहिलेसम्म प्राप्त भएका छैनन् । किम्बदन्ती अनुसारर मध्यकालमा दाङ्गका राजा महीचन ठाकुर मुस्ताङतर्फ तीर्थ गर्न जाँदा स्वर्गद्वारीको नजिकै परमधाम भएकोले उक्त स्थानलाई धरमपानी र यसको माथिल्लो भागलाई स्वर्गद्वारी भन्न थालियो । स्वर्गद्वारी समुन्द्री सतहवाट २ हजार एक सय २१ मिटरको उचाईमा रहेको छ । हाल स्वर्गद्वारी नगरपालिका वडा नं.२ मा अवस्थित यो पुण्यभूमि लुम्बिनी प्रदेशको मात्रै नभएर पश्चिम नेपालको धार्मिक तथा उत्कृष्ट पर्यटकीय गन्तब्य पनि हो । यहाँ करिव २६०० रोपनी क्षेत्रफलमा आश्रम अवस्थित रहेको छ । स्वर्गद्वारी धार्मिक तथा ऐतिहासिक हिसाबले जति महत्व रहेको छ, त्यति नै प्राकुतिक सुन्दरताले भरिपूर्ण छ । यो हामी सबैको एक स्वर्गको टुक्रा पनि हो । स्वर्गद्वारीबाट आठ हजार मिटर भन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौ ंहिम श्रंखलाहरु आफ्नै आँखाले अवलोकन गर्न पाईन्छ । स्वर्गद्वारीको आँगनबाट धौलागिरी, माछापुच्छे «, अन्नपूर्ण, निलगिरी, मनास्लु लगायत हिमश्रृंखला देखिन्छ । यस क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएपनि धार्मिक पुण्यभूमिकै कारणले स्वर्गद्वारीको नाम देशभर प्रख्यात छ । स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर, दाङको भालुबाङबाट भिंग्रीसम्म ५८ कि.मी. र भिंग्रीबाट १४ किलोमिटर पश्चिममा अवस्थित अग्लो पहाड महाभारत क्षेत्र अन्तर्गत पर्दछ । स्वर्गद्वारी आश्रमको स्थापना र यसको पूर्वाधारको निर्माणमा यसको भक्तजनको भूमिका प्रशंसनीय छ । दाङको सदरमुकाम घोराहीदेखि होलेरी हँुदै स्वर्गद्वारीसम्म पुग्ने ७५ कि.मि. मोटरवाटोको निर्माण बाचन शिरोमणि नारायण पोखरेलको सक्रियतामा सञ्चालित महायज्ञबाट भएको झण्डै ६८ लाख रुपैयाँबाट सम्पन्न भएको हो । काठमाण्डौंबाट भैरहवा अथवा नेपालगञ्जसम्म हवाई यात्रा गरेर त्यसपछि रोल्पा अर्थात भिंग्रीसम्म आउने सडक यातायातमार्फत यात्रा तय गरि स्वर्गद्वारीको गन्तब्यमा पुग्न सकिन्छ । भालुवाङ–भिंग्री भएर स्वर्गद्वारी जाने धार्मिक पर्यटकहरु कतिपय चतुर्भुजको दर्शन गरेर जाने गर्दछन् । चर्तुभुज भन्ने ठाँउ रोल्पा र प्युठानको सिमानामा पर्दछ । यो पनि ऐतिहासिक ठाउँ हो । यो हालको सुनिलस्मृति गाउँपालिकामा पर्दछ । स्कन्ध पुराणको हिमवत खण्डमा चतुर्भुजको बारेमा उल्लेख छ । ब्रहजीले सुनछहरीको झरनामा स्नान गरी चतुर्भुजमा उपनयन कार्य गर्दा चतुर्भुज मन्दिरको स्थापना गरेका हुन् । चतृुर्भुजमा शिव पाञ्चायन र सरस्वतीको मन्दिर अहिले पनि देख्न सकिन्छ । श्री पञ्चमीको दिन यहाँ भव्य मेला लाग्छ । यही ठाउँमा १६ जना ऋषिमुनिहरुले तपस्या गरेर स्वर्गद्वारीमा गई अखण्ड यज्ञ लगाएको हो भन्ने भनाई पनि छ । स्वर्गद्वारीको महिमा दिन प्रतिदिन बढ्दै जानुमा यसको छुट्टै रहस्य र इतिहास पनि छ । रोल्पा जिल्लाको रुम्टी गाउँमा बि.स. १९१६ साल श्रावण शुक्लपक्ष पुत्रदा एकादशी तिथि बृहस्पतिवारको रात्रीमा गौतम कुलका पिता अनिरुद्ध तथा माता श्वेताकुमारीको कोखबाट जन्म लिनभएका १०८ बालतपस्वी स्वर्गद्वारी महाप्रभु श्री नारायण गौतम बि.स. १९५१ मा घुम्दै यही पबित्रभूमिमा आएपछि बेदका मन्त्रद्वारा अग्नी प्रज्वलित गरी बि.स.१९५२ बैशाख पूर्णिमादेखि नै अखण्ड महायज्ञ सञ्चालन गर्नुभएको हो भन्ने भनाई छ । महाप्रभुको छैटीको दिन आफ्नै आमाले मासु आहार गरेको थाहा पाई भोकै बस्नुभयो । दशौ दिनवाट कपिला गाईको दुध सेवन गरी ३ बर्षको उमेरदेखि महाप्रभु शिवको भक्त हुनुभयो । महाप्रभु गाउँमाथिको ओढारमा ६ बर्षको उमेरमा अदृष्य भई तीन बर्षपछि विद्वानको रुपमा प्रकट हुनुभएको हो भन्ने कुरा शास्त्रमा पढ्न पाईन्छ । प्रभु महाराज आफ्नो पाँच बर्षको उमेर वि.स.१९२१ देखि १९२४ सम्म तीन वर्ष हिम गिरिमा देवता र महर्षिसँग गुप्त भएर तपस्या गर्नुभयो । वि.स. १९२१ देखि १९२६ मा पिता अनिरुद्धको मुक्ति भयो । त्यसपछि तेह्र बर्ष हँुदा वि.स.१९२९ मा विवाहको चर्चा भयो । प्रभु महाराजको विबाह हुनु त परै जाओस् आफनो शरीर र बस्ने कुटीमा समेत आगो लगाउनुभयो । तेह्र बर्ष वि.स.१९२९ देखि शुरु भएर पच्चीस वर्ष पुग्दा वि.स. १९४१ सम्म विधिपूर्वक बाह्र बर्षसम्म जन्मस्थल रुम्टी र सखीका लेकमा अनेक योग अभ्यास गरेर तपस्या गर्नुभयो । योग अभ्यासमा बसेर छब्बीस वर्षको उमेर पुग्दा वि.स. १९४२ मा सन्यास लिनुभयो । साक्षात् शिवजीकै अवतार अद्भूत योगी स्वामी सच्चिदानन्द गिरिजीबाट दीक्षित भएर सन्यासी रुप धारण गर्नुभयो । त्यसपछि अठ्ठाईस वर्षको उमेर वि.स. १९४४ मा पुग्दा अनेक योग तथा साधना गर्नुभयो । अठ्ठाईस वर्षदेखि पैतिष वर्ष वि.स. १९५१ सम्म रुम्टी र त्यहाँको लेकमा नै बसेर पहिलो बाह्रवर्षे यज्ञ समाप्त गर्नृुभयो । उक्त सालमा नै प्रभु महाराज श्री स्वर्गद्वारी जानुभयो र वि.स. १९५२ देखि पं.टीकाराम गौतमको सहयोगमा अखण्ड यज्ञको प्रारम्भ गर्नुभयो । जुन आजसम्म पनि वैदिक विधि अनुसार यथावत् रुपले चल्दै आएको छ । अहिले पनि स्वर्गद्वारीमा पुग्ने जो कसैले पनि देख्न र अवलोकन गर्न सक्छ । प्रभु महाराजले यस क्षेत्रमा ज्ञान, ध्यान र तपस्या गरि अखण्ड यज्ञ सञ्चालन गरि बसेको हुनाले पनि मानिसहरु हेर्न र भेटघाट गर्न आउने गर्दथे । जीवनका विभिन्न घटनाहरुको भविष्यवाणी संयोगवस मिल्न जाने भएकोले पनि मानिसहरु आफ्नो भविष्यबाणी तथा ग्रहदशा हेर्न तथा देखाउन स्वर्गद्वारी प्रभु महाराज कहाँ बिभिन्न कोसेली तथा उपहारहरु लिएर आउने गर्थे । शील स्वभाव, भविष्यवाणी र आफ्ना कृयाकलापहरुवाट अलौकिक पुरुषको रुपमा यिनले स्थानीय जनतावाट न्यानो माया, सम्मान तथा आदर पाउन थाले । प्रभु महाराजले आफ्नो झोलीको पैसाबाट जग्गा खरिद गरी त्यसको आयस्तार भक्तजनहरुवाट चढाइएको भेटीबाट अखण्ड यज्ञको आरम्भ गरेका हुन् भन्ने भनाई छ । वि.सं. १९९७ साल मार्ग शुक्ल चौथीका दिनमा स्वर्गद्वारी प्रभु महाराजको निधन भएपछि उनका चेला तथा उत्तराधिकारी अनन्तानन्द गिरी भएका थिए । वि.सं. १९९९ सालमा यसको निरन्तरता एबम् संरक्षणको लागि गुठी जग्गा दिईएको थियो । प्रभु महाराजले खरिद गरेको र गुठी जग्गाको आयस्थावाट गोठाला र ब्राम्हणलाई खाना र तलब चल्दै आएको थियो । सन् २००४ सालमा प्रभु महाराजको समाधिमा शिवालय मन्दिर बनाइयो । त्यो शिवालयमा प्रतिदिनको नित्य, पुजा, रुद्रीपाठ, भण्डारा, अखण्ड यज्ञलाई चाहिने सामग्री र ब्राम्हणको तलब भत्ता सुबिधा, गाई ग्वालाको खर्च, आश्रमका चेलाचेलीका निम्ति खाना खर्च समेत पहाड र दाङ देउखुरीको बिर्ता गुठी मौजावाट चलाउनुपर्ने कुरा ताम्रपत्रमा लेखिएको छ । श्री १०८ बाल तपस्वी प्रभु महाराज नेपाल राज्यको हिन्दु धर्म संरक्षक र प्रवर्तक मध्य एक अलौकिक व्यक्ति मानिनुहुन्छ । महाप्रभुका विषयमा विभिन्न चर्चित किम्बदन्तीहरु रहेका छन् ।
भविष्यबाणी तथा ग्रहदशा हेर्न तथा देखाउन स्वर्गद्वारी प्रभु महाराज कहाँ बिभिन्न कोसेली तथा उपहारहरु लिएर आउने गर्थे । शील स्वभाव, भविष्यवाणी र आफ्ना कृयाकलापहरुवाट अलौकिक पुरुषको रुपमा यिनले स्थानीय जनतावाट न्यानो माया, सम्मान तथा आदर पाउन थाले । प्रभु महाराजले आफ्नो झोलीको पैसाबाट जग्गा खरिद गरी त्यसको आयस्तार भक्तजनहरुवाट चढाइएको भेटीबाट अखण्ड यज्ञको आरम्भ गरेका हुन् भन्ने भनाई छ । वि.सं. १९९७ साल मार्ग शुक्ल चौथीका दिनमा स्वर्गद्वारी प्रभु महाराजको निधन भएपछि उनका चेला तथा उत्तराधिकारी अनन्तानन्द गिरी भएका थिए । वि.सं. १९९९ सालमा यसको निरन्तरता एबम् संरक्षणको लागि गुठी जग्गा दिईएको थियो । प्रभु महाराजले खरिद गरेको र गुठी जग्गाको आयस्थावाट गोठाला र ब्राम्हणलाई खाना र तलब चल्दै आएको थियो । सन् २००४ सालमा प्रभु महाराजको समाधिमा शिवालय मन्दिर बनाइयो । त्यो शिवालयमा प्रतिदिनको नित्य, पुजा, रुद्रीपाठ, भण्डारा, अखण्ड यज्ञलाई चाहिने सामग्री र ब्राम्हणको तलब भत्ता सुबिधा, गाई ग्वालाको खर्च, आश्रमका चेलाचेलीका निम्ति खाना खर्च समेत पहाड र दाङ देउखुरीको बिर्ता गुठी मौजावाट चलाउनुपर्ने कुरा ताम्रपत्रमा लेखिएको छ । श्री १०८ बाल तपस्वी प्रभु महाराज नेपाल राज्यको हिन्दु धर्म संरक्षक र प्रवर्तक मध्य एक अलौकिक व्यक्ति मानिनुहुन्छ । महाप्रभुका विषयमा विभिन्न चर्चित किम्बदन्तीहरु रहेका छन् ।