ट्रेंडिंग:

>> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

कांग्रेसको क्रियाशील सदस्यता अब अनलाइनमै, कार्ड वितरण जिल्लाबाटै

१२ असार २०८०, मंगलवार
१२ असार २०८०, मंगलवार

काठमाडौँ ।

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले अब अनलाइनबाटै पार्टी सदस्य दिने भएको छ। कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

अब कांग्रेसको सदस्य बन्न चाहने नेपाली नागरिकले पार्टीको वेबसाइट मा गई आवेदन दिन र सदस्यता शुल्क बुझाउन सक्ने भएका छन्।

त्यसका लागि सदस्यता फारम भरिसकेपछि मोबाइल फोनमै जानकारी आउने बनाइएको छ। आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरि अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड दिइने भएको छ।

यसअघि कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएको थियो। अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनसक्ने भएको छ।

कांग्रेसको विधानअनुसार क्रियाशील सदस्यता प्रत्येक वर्ष नविकरण गर्नुपर्ने व्यवस्था छ। प्रत्येक वर्ष गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरणको नियमित प्रक्रिया शुरु गरिएको समितिले जनाएको छ।

नवीकरणका लागि जिल्ला कार्यालयले मातहतका निकायबाट विधान बमोजिमको आवश्यक प्रक्रिया पूरा गरी गराई योग्यता पुगे नपुगेको हेरी अनलाइबाटै नवीकरण विवरण भर्ने भएको छ।

यसरी नवीकरण भएको व्यक्तिको सदस्यता कार्ड अनलाइन वा प्रिन्ट गरेर जिल्ला कार्यसमितिले नै सदस्यलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ।

कांग्रेसको विधानमा योग्यता पुगेको व्यक्तिलाई अधिवेशनको वर्षबाहेक अन्य समयमा नयाँ क्रियाशील सदस्यता निरन्तर वितरण गर्नुपर्ने व्यवस्था छ।

यस वर्षदेखि निरन्तर सदस्यता वितरण प्रारम्भ भइसकेको समितिले जनाएको छ। क्रियाशील सदस्यता लिन चाहनेले पार्टीको वडा तहमा आवेदन दिएमा विधान बमोजिमको प्रक्रिया पूरा भएकाको क्रियाशील सदस्यता विवरण प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले अनलाइनबाट भर्ने भएको छ। सबै विवरण अभिलेख भएपछि सदस्यता कार्ड त्यहीँबाट उपलब्ध गराइने कांग्रेसले जनाएको छ।

विधान र नियमावलीमा रहेका केही विषयमा संशोधन भएपछि क्रियाशील सदस्यताको आवेदन पनि पार्टीको वेबसाइटबाट अनलाइनमै भर्न सकिने कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?