© २०२३
काठमाडौँ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग ९ बुँदे स्पष्टीकरण मागेको छ। प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकाय बनाउन महानिर्देशक अधिकारीलाई अवरोध गरेको मन्त्रालयले आरोप लगाउँदै स्पष्टीकरण सोधेको हो।
मन्त्रालय र उड्डयनका अधिकारीले नेपाललाई युरोपियन युनियनको कालोसूचीबाट हटाउने प्राधिकरणलाई सेवा प्रदायक र नियामकीय निकायको रुपमा छुट्टाउनु पर्ने शर्त राखेको बताउँदै आएका छन्। तर प्राधिकरण महानिर्देशक अधिकारीले युरोपियन युनियनबाट प्रधिकरणलाई टुक्राउने कुनै आधिकारिक डकुमेन्ट नभएको बताउने गरेका छन्।
मन्त्रालयले महानिर्देशक अधिकारी आफै प्राधिकरणलाई अलग न बनाउन चलखेल गरेको भन्दै स्पष्टिकरण सोधेको छ। मन्त्री किरातीले कानुनभन्दा माथी कुनै अधिकारी नभएको बताउँदै प्राधिकरणलाई सेवा प्रदायक र नियामकको रुपमा विधेयक अगाडी बढाउनु पर्ने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समेत प्राधिकरणलाई टुक्राउने उल्लेख गरेको छ।
पर्यटन मन्त्रलयको जिम्मेवारी सुदन किरातीले पाएपछि राष्ट्रियसभाबाट पास भएको विद्येक संसदबाट मन्त्रलयमा फिर्ता आएको थियो। मन्त्री किरातीले सुरुबाटै प्राधिकरणलाई अलग बनाएर यूरोपियन यूनियनको कालो सूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउने बताउने गरेका छन्। मन्त्रीले छुट्टै निकाय बनाउन खोज्दा महानिर्देशक अधिकारीले आलटाल गरिरहेको मन्त्रालयका अधिकारीले बताएका छन्।
मन्त्री निटक अधिकारीका अनुसार विराटनगर, नेपालगञ्ज लगायत ट्रएयर्पोटको टर्मीनल भवन निर्माणको काम सुचारु गर्न लगाएका मन्त्री किरातीले नागरिक उडड्यनलाई नियमक र शेवा प्रदायकका रुपमा अलग गराउने कुरामा अधिकारी तयार नभएपछि मन्त्री रुष्ट छन् ।
मन्त्री किरातीले महानिर्देशक अधिकारीले सांसदलाई आर्थिक प्रलोभनमापारी विरुद्धमा बोल्न लगाएको सुनाउने गरेका छन्। पछिल्लो समय अधिकारीलाई महानिर्देशकमा नियुक्त गर्ने तत्कालिन उड्डयन मन्त्री प्रेम आले किरातीका नीतिको विपक्षमा बोल्ने गरेका छन्।
मन्त्रालयले महानिर्देशकलाई २ वटा यात्रु विमान र ३ वटा हेलिकप्टर दुर्घटना भएको जिम्मेवारी निर्वाह गर्न असफल भएको हो भनी प्रश्न सोधेका छन्।