ट्रेंडिंग:

>> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार

दलाल पुँजीवादको कारण अहिलेको संकट : महरा

१० असार २०८०, आईतवार
१० असार २०८०, आईतवार

रोल्पा, १० असार ।

पुर्व सभामुख कृष्णवहादुर महराले दलाल पुँजीवादी वर्ग हावी भएका कारण देशमा आर्थिक संकट चुलिएको वताएका छन् । पूर्व अर्थमन्त्री समेत रहेका नेता महराले वैक र वजार दुवैतिर अहिले पैसा नहँुदा तरलता देखिएको वताउँदै यस्तो कृत्रिम अभाव सिर्जन गर्ने दलाल पुँजीपती भएको महराले आरोप लगाए ।

“भएको पैसा दलाल पुँजीपतिहरुले वोरामा हालेर राखेका छन्”– महराले भने । यतिवेला देशमा चरम वैदेशिक हस्तक्षेप वढेको वताउँदै यस्तो वेलामा स्थानीय तहहरुले उत्पादनमा आधारित कार्यक्रम ल्याउनु पर्ने उनले वताए । “उत्पादनमा जोड दिए आत्मनिर्भरता वढ्छ, आत्मनिर्भरता वढे वैदेशिक हस्तक्षेप घट्छ त्यसकारण सवै स्थानीय तहहरुले कृषिमा लगानी गर्दै उत्पादन वढाउने र पर्यटन मार्फत पर्यटक भित्र्याउनु पर्छ”–पूर्व सभामुख महराले भने ।

रोल्पा नगरपालिकाको तेह्रौं नगर सभा उद्घाटन गर्न गृह जिल्ला रोल्पा आएका महराले यस्तो वताएका हुन । कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले समेत शुभकामना दिएका थिए ।

रोल्पा नगरपालिकाको वजेट अघिल्लो वर्ष भन्दा १४ करोड कम

रोल्पा नगरपालकाले अघिल्लो वर्ष भन्दा १४ करोड २३ लाख ७० हजार कम वजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ९० करोड १३ लाख ४५ हजारको वजेट ल्याएको नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ८९ लाख ७४ हजार ९९२ को वजेट ल्याएको छ । चालु तर्फ ४१ करोड १७ लाख ४५ हजारको वजेट ल्याएको उसले पुँजीगत तर्फ ३४ करोड ७१ लख ९९ हजार वजेट ल्याएको छ ।

उसले आगामी आर्थिक वर्षको वजेटले किसानहरुको जीवनस्तर उकास्ने वताएको छ । अनुदानलाई परिणाममा आधारित वनाउँदै लैजाने, मिल्क करिडोरको रुपमा विकास गर्ने, नगर चिस्यान केन्द्र स्थापना गर्ने, निःशुल्क छात्रवृत्ती कार्यक्रमलाई विषयगत विविधिकरण गर्ने वताएको छ । नगरपालिकाले अघि सारेको नीति तथा कार्यक्रममा गर्भवती आमाहरुका लागि ग्रामीण भिडियो एक्स रे कार्यक्रम, कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको तयारी गर्ने उल्लेख गरेको छ । उज्यालो लिवाङ, कृषि एम्वुलेन्स व्यवस्थापन लगायतका कार्यक्रम अघि सारेको छ । जिल्लाको पर्यटन विकासका लागि पर्यटन विकास सम्मेलन आयोजना गर्ने उल्लेख गरेको छ । ओयल कम टु रोल्पा, रोल्पाको कोशेलीलाई अभियानको रुपमा संचालन गर्ने उल्लेख गरेको छ ।

मिनरल वाटर, जडिवुटी प्रशोधन, अल्लो उत्पादन, नेपाली कागज उद्योग, वास, काठ तथा हस्तकलाका सामाग्री उत्पादन गर्ने उद्योगलाई उत्पादित सामग्री, निर्यातको अवस्था र सिर्जना गरेको रोजगारीका आधारमा प्रोत्साहन गर्ने नीति अघि सारेको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई संवेदना स्वरुप आर्थिक सहायता गर्ने उल्लेख गरेको छ । नगर भित्रका विद्यालय उमेरका झण्डै ११ हजार विद्यार्थीहरुलाई वर्षमा कम्तिमा २ पटक स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने वताएको छ । नगरपालिकाको प्रत्येक वडामा कम्तिमा एक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्ने उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?