© २०२३
बुटवल, ९ असार ।
देविनगर युवा क्लबमा नवीन सारु मगरको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । जसको उपाध्यक्षमा गौरव पाण्डे, सचिवमा आशिष पोखरेल, सहसचिवमा गणेश खत्री, कोषाध्यक्ष्माा कल्पना राउत रहेका छन् ।
त्यस्तै सदस्यहरुमा अनिस राई, आर्जन कार्की, केशव नेपाली, गणेश खत्री, निरज भण्डारी, राहुल मौर्य, मोहन पाण्डे, आशिष नेपाल, अर्चना श्रेष्ठ र संरक्षक थम्मन पुन रहेका छन् । यसैगरी क्लबको प्रेस सल्लाहकारमा बुटवल टुडे अनलाईनका उपसम्पादक स्वस्तिक श्रेष्ठलाई मनोनित गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष नवीन सारु मगरले आफ्नो कार्यकालमा खेलकुद गतिविधि र सांस्कृतिक कार्यसंगै सामाजिक कार्य गर्ने प्रतिवद्घता जनाए ।
एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नहकुल शाहीले उदघाटन गर्दै युवा र विकास एक अर्काको पुरक भएको बताए । समाज परिवर्तनमा युवाको भुूमका महत्वपूर्ण रहने भन्दै रचनात्मक कार्य अघि बढाउन उनले सुझाव दिए । युवा रोजगारकै लागि विदेशीने वर्तमान परिस्थितिलाई रोक्ने गरी स्थानीय सरकारसंग सहकार्य गरी सचेतनामुलक कार्यक्रम प्रभावकारी हुने उनले बताए । युवालाई कुलतबाट रोक्न विभिन्न खेल गतिविधि, रोजगारमुलक तालिममा आफुले सहयोग गर्ने समेत उनले प्रतिवद्घता जनाए ।
कार्यक्रममा देविनगर प्रहरी बिटका प्रमुख लक्ष्मण न्यौपाने, क्लबका अध्यक्ष बिष्णु गिरि, सचिव सुशान्त अर्याल, निर्वाचन समितिका सदस्य तेजु रानाले क्लबलाई संस्थागत रुपमा अघि बढाउँदै विपद रोकथाममा सहकार्य गर्न सुझाव दिए ।