ट्रेंडिंग:

>> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार

ज्यानमारा ‘हिट स्ट्रोक’ : दुई जनाको मृत्यु, धेरै बिरामी उपचारमा

२ असार २०८०, शनिबार
२ असार २०८०, शनिबार

बुटवल, २ असार ।

चौराहा हस्पिटल प्रालिमा शुक्रबार बिहान उपचारको क्रममा एक जनाको मृत्यु भयो । ६० वर्षका ओखलढुंगा, श्रीचौर ९ का खिम बहादुर मगर हिट स्ट्रोकका कारण मृत्यु भएको पुष्टि गरियो । बुटवलको गर्मीमा मजदुरी गर्ने उनी एक्कासी बिरामी परे । क्लिनिकमा उपचार पछि चौराहा हस्पिटल ल्याउँदा होस् गुमाएको अवस्थामा थिए । अस्पतालमा ल्याई पुर्याउँदा उनलाई १०८ ड्रिग्रि ज्वरो र अचेत अवस्थामा रहेको उपचार संलग्न चौराहा अस्पतालका वरिष्ठ फिजिसियन सरोज थापाले बताए ।

शुक्रबार बुटवलको अर्को अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । अत्यधिक गर्मीका कारण रुपन्देहीमा २ जना मानिसको मृत्यु भएको हो । चिकित्सकका अनुसार रुपन्देहीमा बढेको गर्मी र तातो हावाले हिट स्ट्रोकका कारण मृत्यु भएको दाबी गरेका छन् । ‘चर्को घाम र तातो हावाको प्रभाव देखिएको छ’— चौराहा हस्पिटल प्रालिका वरिष्ठ फिजिसियन डा सरोज थापाले भने । गर्मी मौसममा डिहाइड्रेसनको समस्या सामान्य हुन्छ । वास्तवमा गर्मीको मौसममा शरीरमा रहेको पानी पसिनाको रुपमा बाहिर निस्कन्छ र शरीरको तापक्रम सामान्य राख्न पानी आवश्यक हुन्छ । यस्तो अवस्थामा पानी कम पिउँदा डिहाइड्रेसन हुने खतरा बढ्छ ।

अत्यधिक डिहाइड्रेसन वा गर्मी स्ट्रोकका कारण पनि व्यक्तिको मृत्यु हुने उनले बताए । अत्याधिक गर्मीका कारण मानिसको दिमागको माथिल्लो भाग (हाइपोथेरोमस) ले बाहिरी तापक्रम नियन्त्रण गर्न नसक्ने अवस्थाका उपचारमा आएका बिरामीको मृत्यु भएको चिकित्सक बताउँछन् । सामान्यतया मानिसमा टाउको दुख्ने, रिगटा लाग्ने, छाला सुख्खापन हुने र पिसाब कम हुने जस्ता लक्षणहरु देखिन्छ । विशेष वृद्धवृद्धा र बालबालिकाहरु चर्को घामबाट बच्नुपर्ने उनको सुझाव छ । गर्मीमा बिजुली बत्ती निरन्तर जाने र शरीरमा पानीको मात्रा कम हुने गरी डिहाईड्रेसन भएर मानिसको मृत्युसम्म हुने उनको दाबी छ । ‘अहिले पानी धेरै पिउने, चर्को घामबाट बच्नुपर्छ’—उनले भने । तापक्रम कम नहँुदासम्म घरभित्र बस्ने, विद्यालयहरु बन्द गर्ने, संघसंस्थाहरु केही समयलाई बन्द गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

डिहाइड्रेशनको स्तर बढेपछि व्यक्तिलाई अचानक चक्कर लाग्ने, आँखा अगाडि अँध्यारो हुने वा कडा टाउको दुख्ने समस्या सुरु हुन्छ । यस्तो अवस्थामा त्यस व्यक्तिलाई पानीको सट्टा कागती पानी, नरिवलको पानी पिउनुपर्ने हुन्छ । मस्तिष्क तरल झिल्लीमा घेरिएको हुन्छ जसले खोपडीलाई चिसो राख्न मद्दत गर्दछ । यदि यो झिल्लीमा पानीको कमीले तरल पदार्थको मात्रा कम भयो भने टाउको दुख्ने समस्या सुरु हुन्छ । यसैगरी लगातार आठ घण्टासम्म पिसाब नभएको अवस्थामा यो डिहाइड्रेसनको संकेत हुन सक्ने चिकित्सक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?