© २०२३
बुटवल, ३२ जेठ ।
बिहीबार राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका शंकरदास वैरागी उमेर हदका कारण चार दिनपछि अवकाश पाउँदै थिए । तर अवकाश पाउने मुखैमा सरकारले मन्त्रिीस्तरीय सुवेदीलाई सुरक्षा सल्लाहकार बनाएको छ ।
अवकाश हुने व्यक्तिलाई फेरि मन्त्रीस्तरीय सुविधा दिने गरी अर्को पदमा नियुक्ती गरिएपछि सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना सुरु भएको छ ।
वैरागीको नियुक्तीपछि सामाजिक सञ्जालमा स्टाटश लेख्दै देवराज पोखरेलले भनेका छन्, “ जनताले तिरेको कर, आफ्नो बपौती ठान्ने यी अपराधीहरुबाट देशले छिटो मुक्ति पाउनु पर्छ ।” त्यसमा टिप्पणी गर्दै रिषीराम घिमिरेले वैरागीको नियुक्तीलाई कुशासनको चरम नमूना भनेका छन् ।
२०७७ असोज १५ गते शंकरदास वैरागी मुख्यसचिव नियुक्त भएका थिए । वैरागी सन् १९८७ मा परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यसैगरी उनले ब्रेसल्सको फ्री विश्वविद्यालयबाट विकासमा स्नातकोत्तर गरेका छन् । वैरागीको जन्म सन् १९६६ मा पर्वतमा भएको हो ।