ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

अंग्रेज हारेको बुटवल जितगढीमा ग्रेटर नेपालको नक्सा

२७ जेष्ठ २०८०, शनिबार
२७ जेष्ठ २०८०, शनिबार

बुटवल, २७ जेठ ।

अंग्रेज फौज पराजित भएको स्थल बुटवलको जितगढीमा ग्रेटर नेपालको नक्सा राखिएको छ । भारतले नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालका भूभाग लुम्बिनी र कपिलवस्तु समेत राखेपछि नेपालमा पनि ग्रेटर नेपालको नक्साबारे चर्चा सुरु भएको छ ।

नेपालले अंग्रेज फौजलाई हराएको बुटवलको जितगढी किल्लामा भने ६ महिनादेखि ग्रेटर नेपालको नक्सा राखिएको हो । ग्रेटर नेपालको नक्सा राख्ने निर्णय २०७४ सालमा बुटवल उपमहानगरपालिकाका तत्कालीन मेयर शिवराज सुवेदीले कार्यपालिका बैठकमार्फत गराएका थिए । तत्कालीन कार्यपालिका बैठकले राष्ट्रिय स्वाभिमानको प्रतिक र वीरताको पहिचान स्थल जीतगढी सम्पदा स्थलमा वीर नेपाली योद्धाको शालिक निर्माण गर्ने, तत्कालीन ग्रेटर नेपालको नक्सा स्थापना गर्ने र हरेक बैशाख ७ गते जितगढी विजय उत्सव दिवस मनाउने ऐतिहासिक निर्णय गरेको थियो ।

त्यसको कार्यान्वयन भने यो वर्ष मात्रै भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नेपाली सेना समेतको स्वीकृतीमा एतिहासिक स्थल जितगढीमा ग्रेटर नेपालको नक्सा राखिएको बताए । “काठमाडौंमा ग्रेटर नेपालको नक्सा राख्दा खुवै प्रचार भयो, तर यहाँ प्रचार भएन”–उनले भने ।

जितगढीमा यसअघि नै कर्णेल उजिरसिंह थापा, काजी वीरभञ्जन पॉडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, समशेर राना मगर, सरदार सूर्जे थापा, लेफ्टीनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शूरवीर बोहरा, हवल्दार रणशूर बानियां, सिपाही हंशवीर अधिकारी तथा थरघर नकुल बानियां र जुठे वस्नेतका शालिक निर्माण भइसकेको छ । त्यसको अनावरण चार वर्षअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?