ट्रेंडिंग:

>> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने

रकम हिनामिना गरेको भन्दै पर्यटन मन्त्रीद्वारा लुम्बिनी विकास कोषलाई स्पष्टीकरण

७ जेष्ठ २०८०, आईतवार
७ जेष्ठ २०८०, आईतवार

काठमाडौँ ।

लुम्बिनी विकास कोषलाई संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले १३ प्रश्नसहित स्पष्टीकरण मागेका छन्। क्षेत्राधिकार भित्रका तोकिएका विभिन्न कार्यहरू सम्पादन गरेका वा गर्ने सन्दर्भमा कतिपय विषयहरू कोषको हितविपरीत हुने गरी र गैरकानूनी रूपमा भएको गुनासा आएपछि उनले राय प्रतिकृयासहित बुँदागत रूपमा स्पष्ट हुने गरी १५ दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी यथार्थ विवरण मागेका हुन्।

यस्ता छन् मन्त्री किराँतीले कोषलाई सोधेका १३ प्रश्न

१. लुम्बिनी विकास कोष परिसरको महायान पोखरीमा गुरुयोजनाविपरीत अनधिकृत ढंगबाट बुद्ध मूर्ति बनाउन दिएको भन्ने गुनासोको सन्दर्भमा उक्त मुर्ति बनाउन दिइएको हो होइन? दिनुपर्ने हो होइन? दिइएको भए अवलम्बन गरिएका कानूनी प्रक्रिया तथा निर्णयसम्बन्धी विवरण पेश गर्ने।

२. विभिन्न प्लटहरू बदनियतपूर्ण ढंगले आफुखुसी वितरण गरेको भन्ने गुनासो प्राप्त भएको छ। सो विषयमा के भएको हो? हालसम्म वितरण भएको सो सम्बन्धी निर्णय एवं अपनाइएको मापदण्डसहित विवरण पेश गर्ने।

३. सोक्यो जापान लगायतका सम्झौताहरूको समयसीमाभित्र काम पूरा नगरेको भनेर सम्झौता खारेज गरिएको, तर अन्य गुम्बा तथा भौतिक संरचनाका लागि गरिएका थुप्रै संस्थाहरूसँगको सम्झौता अनिश्चित कालका लागि आफुखुसी समयावधि बढाउँदै लगिएको गुनासो आएको छ। सो सन्दर्भमा यथार्थ के हो? कुन कुन संस्थासँग के कस्ता सम्झौता भएका छन्? तिनीहरूसँग भएका सम्झौता तथा थप भएको अवधि सम्बन्धी विवरण पेश गर्ने।

४. मायादेवी मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तुसमेत नष्ट गरी बनाइएको पोखरीमा करोडौंको टेण्डर निष्काशन गरी रकमको अपचलन गरेको भन्ने गुनासो प्राप्त भएको छ। सो सम्बन्धमा यथार्थ के भएको हो? कुन विधि, पद्धति, प्रक्रिया अवलम्वन गरिएको हो? सन्दर्भसहित विस्तृत विवरण पेश गर्ने।

५. लुम्बिनी विकाश कोष परिसरभित्र के कति संस्थाहरूले काम गरिरहेका छन्? तिनीहरूको नवीकरणको अवस्था पेश गर्ने। यदि नवीकरण नभएका संघ संस्थाले काम गरिरहेका छन् भने के कस्तो विधि, पद्धति र प्रक्रिया अवलम्बन गरी काम गर्न दिइएको हो? साथै लिज वा भाडामा दिएका संस्थाहरूको विवरणसहित खुलाइ पठाउने।

६. कोषभित्र हाल के कति निर्माण परियोजनाहरू सञ्चालन भइरहेका छन्? तिनीहरू कुन कुन निर्माण कम्पनीलाई कुन विधि र प्रक्रिया अपनाइ ठेक्का दिएको हो? सो को विवरण पेश गर्ने।

७. हालै त्यहाँ निर्माण भइरहेको संरचनाहरू गुरुयोजना अनुरुप नभएको गुनासो रहेकाले कहाँ कहाँ कुन कुन संरचनाहरू गुरुयोजना विपरीत बनेका छन्? पछिसम्म फरक नपर्ने गरी सोको विवरण पेश गर्ने। साथै त्यहाँबाट अघि बढाइएको लगभग तीन अर्बको ठेक्का लुम्बिनी गुरुयोजना अनुरुप छ कि छैन? इस्टिमेट तयार गर्दा गुरुयोजनाविपरीत धेरै विषय रहेको भन्ने सूचना प्राप्त भएकाले के कति कारणले उक्त कुराहरू भएका हुन्? यथार्थ पेश गर्ने।

८. लुम्बिनी विकास कोषको परिसरभित्र मोटरबोट संचालनका लागि कुन कानुन, विधि, प्रक्रिया अवलम्बन गरी दिइएको हो? यसले वायु र ध्वनि प्रदुषण गरेको गुनासो प्राप्त भएको छ। यस सम्बन्धमा के भएको हो? विस्तृत विवरण पेश गर्ने।

९. मन्दिर जाने बाटोमा रहेको कफी सप र पुस्तक पसल नियमविपरीत सञ्चालन गर्न दिइएको गुनासो प्राप्त भएको छ। उक्त कफी सप र पुस्तक पसल कुन विधि प्रक्रियाको अवलम्बन गरी सञ्चालन गर्न दिइयो? यथार्थ पेश गर्ने।

१०. क्रेन सारस चरा. फाउन्डेसनको मनपरी ढंगबाट दुरुपयोग भएको भन्ने गुनासो प्राप्त भएको छ। सो विषयमा के भएको हो रु सन्दर्भसहित यथार्थ विवरण पेश गर्ने।

११. लुम्बिनी विकास कोषलाई विगत पाँच वर्षदेखि विभिन्न दाताहरूले दिएको रकमको यथार्थ विवरण तथा सोको परिचालनको अवस्था खुलाइ पठाउने।

१२. उपाध्यक्षले गरीमामय पदको दुरुपयोग गरी अन्य संस्थाबाट मासिक तलब बुझ्ने गरेको भन्ने विषयमा के भएको हो? सो सम्बन्धी विवरण पेश गर्ने।

१३. भर्खरै निर्माण सम्पन्न भएको भनिएको सभाहल पानी चुहिने समस्या भएको भनी गुनासो प्राप्त भएकोले सो विषयमा के भएको हो? सम्पन्न भई हस्तान्तरण भइसकेको हो कि होइन? यसको दायित्व कसमा अन्तर्निहित छ? खुलाइ पठाउने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?