ट्रेंडिंग:

>> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु

जनगणना नयाँ : पालिकाका वाल पुरानै

३१ बैशाख २०८०, आईतवार
३१ बैशाख २०८०, आईतवार

बुटवल, ३१ वैशाख ।

राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ सालको जनसंख्या सार्वजनिक गरेको करिव दुई महिना भयो । गत चैत १० गते प्रधानमन्त्री पुष्पकमल दाहालले २०७८ सालको जनसंख्या सार्वजनिक गरेका थिए ।

तर रुपन्देहीका १६ वटै पालिकाका वेबसाईट चेक गर्दा धेरै पालिकाको वेबसाईटमा पुरानै जनसंख्याको विवरण राखिएको छ । पालिकाहरुमा सूचना तथा संचार प्रविधि अधिकृत सरहको दरवन्दी छ । तर, रुपन्देहीका १३ वटा पालिकामा भने वेबसाइट नै अपडेट गरिएको छैन् । अधिकांश पालिकाहरुले आफ्नो वेबसाइटमा २०६८ सालकै जनसंख्या राखिरहेका छन् । यसले पालिकाहरु प्रविधिमा अझै पनि अपडेट नरहेको देखाउँछ । बुटवल उपमहानगरले भने २०७८ सालकै जनसंख्या आफ्नो वेबसाईटमा अपडेट गरेको छ ।

आफूलाई प्रविधिमा अब्बल दावी गर्ने तिलोत्तमा नगरपालिकाले आफ्नो वेबसाईटमा अझै पनि २०६८ सालकै जनसंख्या राखिरहेको छ । नगरपालिकाको संक्षिप्त परिचय भन्ने ठाउँमा तिलोत्तमाको जनसंख्या २०६८ साल अनुसार १ लाख २३ हजार ८२६ उल्लेख छ । जबकि २०७८ को जनगणना अनुसार तिलोत्तमाको जनसंख्या १ लाख ४९ हजार ६५७ रहेको छ ।

सिद्धार्थनगर नगरपालिकाले २०७८ सालको प्रारम्भिक जनसंख्याको विवरण मात्रै अपडेट गरेको छ । अन्तिम नतीजा वेवसाईटमा राखेको छैन । सैनामैना नगरपालिकाले भने वेवसाइटमा जनसंख्याको विवरण उल्लेख नै गरेको छैन । देवदह नगरपालिकाले पनि आफ्नो वेबसाईटमा जनसंख्याको विवरण अझै सच्याएको छैन । उसको वेबसाईटमा अहिले पनि २०६८ सालकै जनसंख्याको विवरण उल्लेख छ ।

त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि आफ्नो आधिकारिक वेबसाईटमा जनसंख्याको विवरण सच्याएको छैन । उसको वेबसाईटमा अझै पनि २०६८ सालकै जनसंखया छ । रोहिणी गाउँपालिकाले जनसंख्याको विवरण नै वेबसाईटमा राखेको छैन भने मायादेवी गाउँपालिकाले २०६८ सालकै जनसंख्यालाई आधार मानेर काम गरिरहेको छ ।

शुद्धोधन गाउँपालिकाले भने आफ्नो वेबसाईटमा २०७८ कै जनगणना अपडेट गरेको छ । सियारी गाउँपालिकाले पुरानै अर्थात २०६८ कै जनगणना अनुसारको जनसंख्या आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ । कन्चन गाउँपालिकाले पनि पुरानै जनगणना अनुसारको विवरण वेबसाईटमा राखिरहेको छ । रुपन्देहीको समरीमाई गाउँपालिकाले भने नयाँ जनसंख्याको विवरण नै पालिकाको वेबसाइटमा अपडेट गर्न सफल भएको छ । मर्चवारी गाउँपालिकाले जनसंख्याको विवरण त राखेको छ तर २०६८ वा २०७८ कुन सालको जनसंख्या हो त्यो नै उल्लेख गरेको छैन ।

ओमसतिया, कोटहीमाई र गैंडहवा गाउँपालिकाले पनि पछिल्लो जनगणना अनुसारको जनसंख्या राखेका छैनन् । हरेक पालिकामा आईटी विज्ञ तालिम प्राप्त कर्मचारी कार्यरत छन् । तरपनि उनीहरुले नियमित पालिकाको वेवसाई अपडेट गरेको देखिदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?