ट्रेंडिंग:

>> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने

ओलीको दाबी : नक्कली भुटानी शरणार्थी बनेर तीन सय नेपाली अमेरिका छिरिसके

२८ बैशाख २०८०, बिहीबार
२८ बैशाख २०८०, बिहीबार

 काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०१२ देखि नक्कली भुटानी शरणार्थी प्रकरण सुरु भएको बताएका छन्। बिहीबारदेखि च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधनका क्रममा उनले अहिलेसम्म तीन सय भन्दा बढी नेपाली नक्कली शरणार्थी बनेर अमेरिका छिरिसकेको बताए।

‘भुटानी शरणार्थीलाई विदेशमा पुनर्वासको प्रक्रिया मैले नै अघि बढाएको हो। भुटानले फिर्ता लान नमानेपछि उनीहरुलाई प्लास्टिको पालमुनि बिजोग अवस्थामा राख्न सकिँदैन थियो’, उनले भने, ‘मैले नै अमेरिकासँग कुरा अगाडि बढाएर अहिले अधिकांश शरणार्थी पुनर्वासमा गएर राम्रो जीवनयापन गरिरहेका छन्।’

उनले यो प्रकरण सन् २०१२ देखि सुरु भएको बताउँदै अहिलेसम्म ३ सयदेखि ४ सय नेपाली नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरिसकेको पनि दाबी गरे।

‘अहिलेसम्म तीन सयदेखि चार सय नेपाली नक्कली भुटानी बनेर अमेरिका छिरिसकेका छन्’, उनले भने,  ‘यसबारेको विस्तृत विवरण म आगामी जेठ ४ गतेको संसद् बैठकमा सार्वजनिक गर्छु।’

उनले नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीलाई मात्रै दोषी देखाउन खोजिएपछि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसमा संलग्न सबैलाई तान्न दबाब दिएको पनि बताए।

‘यसमा हाम्रा सचिव टोपबहादुरजी र उहाँका छोराको नाम मात्रै लिइयो, दोषी उहाँहरु नै जस्तो गरेर हल्लाखल्ला गरियो’, उनले भने, ‘तर मैले प्रधानमन्त्रीलाई भेटेर यसमा बृहत् छानबिन गर्न भनेँ, त्यहीकारण अहिले अरु पनि छानबिनको दायरमा आइरहेका छन्।’

यो प्रकरणमा छानबिनका नाममा केही मन्त्री हिरो हुन खोजेको पनि उनले बताएका छन्। प्रहरीले गरिरहेको अनुसन्धानको जश आफूले लिएर केही मन्त्री हिरो बन्न खोजेको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?