ट्रेंडिंग:

>> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु
मुख्य समाचार

नदीजन्य पदार्थ उत्खननमा विवाद, तिलोत्तमाले सीमा मिचेको बुटवल उपमहानगरको आरोप

“हामीले बुटवल क्षेत्रमा समेत तिलोत्तमाले उत्खनन् गरेपछि यसलाई रोक्नका लागि छलफल समेत गरेका छौं”–बुटवल उपमहानगरपालिका प्राकृतिक श्रोत तथा सम्पत्ति व्यवस्थापन शाखा प्रमुख रामप्रसाद अर्यालले न्युज बुटवल टुडेसँग भने–“तिलोत्तमाले यस्तै दादागिरी देखाउने हो भने अर्को वर्ष नदीजन्य पदार्थको ठेक्का प्रदेशले लगाउने गरी अगाडि बढ्छौं ।”
२७ बैशाख २०८०, बुधबार
२७ बैशाख २०८०, बुधबार

बुटवल, २७ वैशाख ।

प्राकृतिक स्रोतको प्रयोग गर्ने विषयमा रुपन्देहीका दुई पालिकाबीच विवाद भएको छ । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमा क्षेत्रमा पर्ने तिनाउ नदीमा तिलोत्तमाले ठेक्का लगाएर उत्खनन् सुरु गरेपछि बुटवलले आफ्नो क्षेत्रमा तिलोत्तमाले उत्खनन् गरेको आरोप लगाएको छ ।

बुटवलको वडा नम्बर १७ र १८ तथा तिलोत्तमाको वडा नम्बर ४ र ६ मा पर्ने मणिग्रामपश्चिमको पुलदेखि उत्तरतर्फको नदी किनारमा तिलोत्तमाले ठेक्का लगाएर उत्खनन् गरिरहेको छ । बुटवलले भने उक्त क्षेत्र आफ्नो पालिकाभित्र पर्ने भन्दै विरोध जनाएपछि दुई पालिकाबीचको विवाद सतहमा आएको हो ।

यस विषयमा बुटवलले तिलोत्तमा नगरपालिकासँग छलफल समेत गरेको छ । “हामीले बुटवल क्षेत्रमा समेत तिलोत्तमाले उत्खनन् गरेपछि यसलाई रोक्नका लागि छलफल समेत गरेका छौं”–बुटवल उपमहानगरपालिका प्राकृतिक श्रोत तथा सम्पत्ति व्यवस्थापन शाखा प्रमुख रामप्रसाद अर्यालले न्युज बुटवल टुडेसँग भने–“तिलोत्तमाले यस्तै दादागिरी देखाउने हो भने अर्को वर्ष नदीजन्य पदार्थको ठेक्का प्रदेशले लगाउने गरी अगाडि बढ्छौं ।”

तटबन्धको जाली खोलाले बगाएकाले संभावित मानवीय क्षति रोक्नका लागि बुटवलले यसवर्ष खोलाको ठेक्का नलगाएको उनले बताए । “ठेक्का नलगाउने भएरै हामीले वातावरणीय परीक्षण प्रतिवेदन (आईई) पनि नगरेका हौं”–उनले भने । अर्यालले बुटवलले आइइई नगरेको मौका छोपेर तिलोत्तमाले आफ्नो सीमा क्षेत्रभन्दा अगाडि बढेर उत्खनन् गरेको र त्यसमा आफूहरुले विरोध जनाएको बताए ।

यता, तिलोत्तमा नगरपालिकाले भने आफूहरुको बुटवल उपमहानगरसँग नदीजन्य पदार्थ उत्खननमा कुनै विवाद नरहेको दावी गरेको छ । नगर प्रमुख रामकृष्ण खाणले जिल्ला समन्वय समितिसँगका बैठकका क्रममै सहमतिमा नदीजन्य पदार्थ उत्खनन्का लागि ठेक्का लगाउने निर्णय भएको र सोही अनुसार तिलोत्तमाले आइइई गरेर ठेक्का लगाएको दावी गरे । “बुटवलले किन आइइई गरेन, त्यो उसले जान्ने कुरा हो”–नगरप्रमुख खाँणले भने–“तर तिलोत्तमाले आइइई गरेर आफ्ने क्षेत्रमै उत्खनन् गरिरहेको छ, बुटवलको क्षेत्रमा हस्तक्षेप गरेका छैनौं ।”

तिलोत्तमा नगरपालिकाले अहिले ६ स्थानमा ठेक्का लगाइरहेको छ । यसबाट यो वर्ष झण्डै १० करोड राजश्व उठ्ने नगर प्रमुख खाँणले बताए । उनले भने–“सबै ठाउँको ठेक्का लगाउन पाएको भए थप पाँच करोड राजश्व बढी उठाउन सकिन्थ्यो, तर त्यो घाटा लाग्यो ।” बुटवलले भने ठेक्का नलगाएका कारण झण्डै १० करोड नदीजन्य पदार्थ बिक्रीबाट आउने राजश्व गुमाएको छ । प्राकृतिक श्रोत तथा सम्पत्ति शाखा प्रमुख अर्यालले यो राजश्व नआउँदैमा बुटवललाई केही फरक नपर्ने बताए । उनले बुटवलले अन्य क्षेत्रबाटै प्रयाप्त राजश्व ंसंकलन गरेको पनि दावी गरे ।

नदीजन्य पदार्थको उत्खनन् नगर्दा बिगतमा चोरी निकासी बढ्ने गरेको थियो । यसबाट स्थानीय सरकारको राजश्व गुमेको थियो । चोरी निकासीका कारण बिचौलियाले नदीजन्य पदार्थको अवैध बिक्रीबाट करोडौं आम्दानी गरेका थिए । इआइए गरेर नदीजन्य पदार्थको उत्खनन् गर्ने हो भने चोरी निकासी पनि रोकिने तिलोत्तमा नगर प्रमुख खाँणले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?