© 2026
काठमाडौँ ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सोमबार ढाकालाई निलम्बनसहित सांसद पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
अदालतले यस मुद्दामा ढाकामाथिको कारबाहीलाई लिएर रास्वपा केन्द्रीय आचरण तथा अनुशासन समितिसँग कारण देखाउन पनि आदेश दिएको छ।
सर्वोच्चले विपक्षीसँग ढाकामाथिको कारबाहीबारे कारण देखाउन आदेश दिँदै अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई बोलाउन पनि भनेको छ।