ट्रेंडिंग:

>> उपनिर्वाचनको पर्यवेक्षण गर्न निवेदन आह्वान >> उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त >> कसले गर्दैछ लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई ल्याउन नदिने खेल ? >> सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा >> रजत महोत्सवमा रक्तदान, एकै पटक १२५ युनिट रगत संकलन >> कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु, ४ जना पक्राउ >> चौधरी उद्योग र स्थानीयबिचको द्वन्द्व >> अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ >> रूपन्देही सुपरलिगः स्टार क्रिकेटको लगातार दोस्रो जित >> कोशी प्रदेशसभाले दियो अधिकारी पक्राउ परेको जानकारी, सांसदबाट निलम्बित >> वायुसेवा कम्पनी ‘विस्तारा’ ले सोमबार अन्तिम उडान गर्दै >> श्रम स्वीकृति भएका नेपालीलाई भारतीय विमानस्थलबाट विदेश जादा एनओसी नचाहिने >> उप प्रमुखको अनुगमन, देह व्यापार गर्ने ८ जना प्रहरी नियन्त्रणमा >> एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा >> ‘पूर्णबहादुरको सारङ्गी’ ले १० दिनमा कति कमायो ? >> सञ्जीव खन्ना बने भारतको ५१औं प्रधानन्यायाधीश >> पुस २ गते केन्द्रीय समिति बैठक बस्ने माओवादी केन्द्रको निर्णय >> मन्त्री दाहालले गरे निर्माणाधिन ग्वार्को फ्लाई ओभरको स्थलगत निरीक्षण >> राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै >> ‘हरिबहादुरको जुत्ता’ मा प्रियंका कार्कीको इन्ट्री >> हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> बागलुङमा जीप दुर्घटना, पाँच जनाको मृत्यु >> काटिएका उद्योगको विद्युत लाइन जोड्न सरकारको निर्देशन >> -याफ्टिङ बन्द हुँदा होटल व्यवसायी विस्थापित >> रवि लामिछानेलाई भोलि रूपन्देही ल्याइने >> वन क्षेत्रको फोहोर व्यवस्थापनमा बेवास्ता >> गौमुखीका जेष्ठ नागरिकलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता >> लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति निष्क्रिय >> बाणगंगामा कांग्रेसको ‘पालिका संवाद’  >> कपिलवस्तुमा खुल्ला भलिबल प्रतियोगिता सुरु, खेलप्रति युवाको आकर्षण बढ्दो >> पर्यटन प्रबद्र्धनका लागि मर्चवारको काउलीदेखि मुस्ताङको स्याउसम्म >> गौतमबुद्ध विमानस्थलको खुसी >> दिपल इभी रुपन्देहीमा लन्च >> विकृति विसंगति अन्त्य गर्न अब जागौं >> हवाई उडान सातामा एक दिन मात्र >> टीओडीका आधारमा बक्यौता उठाउने र काटिएको लाइन जोड्ने मन्त्रिपरिषदको निर्णय >> कृषिमा कुमालको कमाल >> आजबाट कोप–२९ सुरु : नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण >> पश्चिमी र स्थानीय वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना >> गैँडा स्थानान्तरण तत्काल रोक्न माग >> कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु >> माइतीघर मण्डलामा कांग्रेस सांसद बजगाईँले गरे महँगो हवाइ भाडाको विरोध >> लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति >> नेप्सेमा ६२ अंकको वृद्धि, ९ अर्बको कारोबार >> जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछानेनै हो- डिपी अर्याल >> अस्ट्रेलियाविरुद्ध पाकिस्तानको ऐतिहासिक जित, २२ बर्षपछि जित्यो सिरिज >> चीन र अमेरिकाको राजदुत नियुक्त >> कोशीका पुर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइदै >> सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयको नियुक्ति

व्यक्तिको जग्गामा नगरपालिकाको भवन

२५ बैशाख २०८०, सोमबार
२५ बैशाख २०८०, सोमबार

बुटवल, २५ वैशाख ।

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं. १२ मक्रहर गाउँको वडा कार्यालय भवनको ठिक पछाडि व्यक्तिको जग्गा मिचेर तिलोत्तमा नगरपालिकाले भेटनरी कार्यालय वनाएको छ ।

कृष्ण शर्मा पौडेलको भोगाधिकारमा रहेको ३७२ नम्बर कित्ताको करिव ३ कट्ठा १७ धुर जग्गामध्ये नगरपालिकाले ७ धुर जग्गामा भेटनरीको भवन निर्माण गरेको छ ।

पौडेल परिवार कामको सिलसिलामा विदेशमा रहेको र घरमा कोही नभएको अवस्थामा नगरपालिकाले पौडेलको जग्गामा भेटनरी घर निर्माण गरेको स्थानीयले जनाएका छन् ।

उक्त जग्गामध्ये केही धुर जग्गा गाउँब्लकमा पर्ने र सरकारले गाउँब्लक जग्गाको पुर्जा प्रकृया पूरा गरेर सम्वन्धित जग्गा धनीलाई बितरण गरिरहेको बेला नगरपालिकाले भने पौडेलको गाउँब्लकको जग्गामा भवन निर्माण गरेको हो ।

पौडेलका छोरा कृष्णप्रसाद शर्माले आफूहरु कामको सिलसिलामा विदेशमा रहेको बेला स्थानीय केही व्यक्तिको मिलेमतोमा नगरपालिकाले आफूहरुको जग्गा मिचेर भवन वनाएको बताए ।

उनले भने– सरकारले गाउँब्लकको जग्गाको पुर्जा वितरण गरिरहेको छ, तर हाम्रो जग्गाको पुर्जा दिनुको साटो नगरपालिकाले भेटनरी भवन बनाएर ठूलो अन्याय गरेको छ ।

शर्माले नगरपालिका र वडा कार्यालयमा पत्राचार गरेर जग्गा ब्यवस्थित गर्न पहल गरेपनि आफूहरु विदेशमा रहेकोले नगरपालिकाले कुनै वास्तै नगरेको गुनासो गरे ।

उनले नगरपालिकामा आफूहरुको जग्गा प्रकृया पूरा गरेर पुर्जाका लागि निवेदन दिएपनि त्यसलाई वास्तै नगरी उल्टै आफूहरुको जग्गा मिचेर सरकारी भवन बनाएकोमा आफूहरु ठूलो अन्यायमा परेको बताए ।

मक्रहर गाउँमा त्यसैपनि ऐलानी जग्गा धेरै छ । त्यसमाथि त्यहाँका कतिपय घर जग्गाहरुको लालपुर्जा अझै पनि कायम भएको छैन । चालिसको दशकपछि बनेका सबैजसो घरहरु नम्बरी जग्गामा छन् भने त्यसअघि बनेका घरहरु अहिलेसम्म पनि अव्यवस्थित रहेका छन ।

नगरपालिकाले ती घरलाई व्यवस्थित वनाउने प्रयास गर्नुको साटो उल्टो जग्गा नै अतिक्रमण गरेर नगरबासीलाई विस्थापित वनाउने प्रयास गरेको छ ।

उता तिलोत्तमा नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सहदेवप्रसाद चौधरीले उक्त भवन अघिल्लो जनप्रतिनिधिको कार्यकालमा निर्माण भएको बताउँदै पौडेलकै आफन्त र स्थानीयको सहमतिमा निर्माण भएको वताए ।

व्यक्तिको जग्गामा नगरपालिकाको भवन किन र कसरी निर्माण भयो भन्ने प्रश्नमा वडा अध्यक्ष चौधरीले त्यसमा उहाँकै आफन्तहरुको सहमति भएपछि मात्र भवन निर्माण गरिएको दावी गरे ।

उता जग्गा धनी कृष्णप्रसाद शर्माले भने आफूहरुले नगरपालिकाको भवन वनाउन कुनैपनि सहमति नगरेको बताए ।

शर्माले भने– हामी देश बाहिर छौं, आफ्नो जग्गामा भवन वनाउने बिषयमा हामीसंग कुनै सल्लाह र परामर्श नै गरिएन ।

स्मरणीय छ तिलोत्तमा नगरपालिकाका अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुले वडा नं. ११ र १२ मा रहेका ऐतिहासिक पोखरी मासेर वडा कार्यालय भवन निर्माण गरेपछि चौतर्फी आलोचना भएको थियो ।

सरकारले पोखरी र तालतलैया संरक्षण गर्ने नीति लिएपनि नगरपालिकाले भने पोखरी पुरेर वडा कार्यालय वनाएपछि केही समय विवादका कारण भवन निर्माण रोकिएको थियो । पछि नगरपालिकाले जबरजस्ती वडा कार्यालय भवन वनाएको थियो ।

शर्माको गुनासो छ– अहिले सुकुम्वासी र ऐलानी जग्गाको नापजाँच गरि पुर्जा वितरण गर्ने काम चलिरहेको छ तर हाम्रो जग्गाको पुर्जा दिने कुरा त के निवेदन पनि नलिने प्रयास गरियो, हामीमाथि ठूलो अन्याय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?