ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशमा कहिले बन्छन् विषयगत समिति ?

२४ बैशाख २०८०, आईतवार
२४ बैशाख २०८०, आईतवार

बुटवल, २४ वैशाख ।

लुम्बिनी प्रदेशमा निर्वाचन भएको ६ महिना पुग्न लाग्दा समेत विषयगत समिति बन्न सकेका छैनन् । विषयगत समितिलाई मिनी संसद्का रूपमा चिनिने गरिन्छ । निर्वाचनपछि गत पुस १८ गते पहिलो पटक बसेको प्रदेश सभा बैठकको हिउँदे अधिवेशन पनि अन्त्य गरिएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम वैशाख १९ गतेबाट लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।

यस अवधिमा जम्मा १० बैठक बसे भने प्रदेश सभामा तीनवटा मात्रै विधेयक दर्ता भए । जसमध्ये औद्योगिक व्यवस्थापनसम्बन्धी विधेयक प्रक्रिया पूरा नभएकाले रेकर्डमा राखिएको छैन । यो पाँच महिनाको अवधिमा प्रदेश सभाबाट कानुन निर्माणको काम अघि बढेन ।

सरकारले प्रदेश सभालाई विजनेश दिनसमेत नसकेको यो अवधिमा लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्था सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फागुन १७ मा दर्ता भयो । यस्तै स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, फागुन १५ मा दर्ता भयो । पहिलो अधिवेशनको यो अवधिमा एउटा विधेयक मात्रै प्रदेश सभामा प्रस्तावको रूपमा पेस भएको छ ।

लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्था सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तावका रूपमा पेस गरिएको हो । यो विधेयक अहिले पनि विचाराधीन अवस्थामा छ । प्रदेश सभाको यो पाँच महिनाको अवधिमा लुम्बिनी प्रदेशमा दुईवटा सरकार बनेका छन् ।

सरकार बनाउने र ढाल्ने काममा केन्द्रित भएको देखिने प्रदेश सभाले आवश्यक कानुन बनाउन सकेको छैन । विगतको लीला गिरी नेतृत्वको सरकारले प्रदेश सभालाई विजनेस नदिँदा प्रदेश सभाले कानुन निर्माणको काम गर्न नसकेको हो ।

विषयगत समिति बन्न नसक्दा सरकारकै अनुगमन तथा निगरानी गर्ने र निर्देशन दिने काम पनि हुन सकेका छैनन् । अघिल्लो सरकारले गरेका विभिन्न राजनीतिक नियुक्तिको विषय नै अवैधानिक भएको विषयमा बहस हुन थालेको छ ।

सरकारलाई जवाफदेही बनाउन विषयगत समितिको भूमिका बढी हुने भए पनि दलहरू विषयगत समिति गठन गर्न गम्भीर देखिएका छैनन् । लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीचको समन्वय र आपसी समझदारी नबन्दा विषयगत समितिको विषयमा छलफल केन्द्रित हुन नसकेको देखिन्छ ।

यद्दपि प्रदेश सभा सदस्यले भने विषयगत समितिका लागि नाम पठाउने काम भइसकेको बताएका छन् । सभामुख तुलाराम घर्ती विषयगत समिति नबन्दा सरकार स्वेच्छाचारी हुनसक्ने बताउँछन् ।

लुम्बिनी प्रदेशमा छवटा विषयगत समिति छन् । नेपालको संविधानको धारा १९३ बमोजिम प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न विषयगत समिति गठन गर्ने प्रावधान छ । यहाँ छवटा विषयगत समिति र एउटा विशेषाधिकार समिति गठन गर्ने प्रावधान छ । प्रदेशमा सार्वजनिक लेखा समिति, अर्थ, उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार तथा विकास समिति, प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति र कृषि, वन तथा वातावरण समिति रहेका छन् ।

हिउँदे अधिवेशनको पाँच महिनाको अवधिमा दुईवटा सरकार बने । दलहरू सरकार बनाउने र गिराउने खेलमा सक्रिय हँुदा प्रदेश सभा कामविहीन बन्न पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?