ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कसले दियो पुरातात्विकस्थलमा जेसिबीले खन्न ?

१५ बैशाख २०८०, शुक्रबार
१५ बैशाख २०८०, शुक्रबार

कपिलवस्तु, १५ बैशाख

पुरातात्विक स्थल कपिलवस्तुको सिसहनिया कोटमा पर्खाल निर्माणका क्रममा पुरातात्विक क्षेत्रको मान्यता बिपरित जेसिबीको प्रयोग गरेको भेटिएको छ । लुम्बिनी बिकास कोषले पर्खाल निर्माणका लागि ठेक्का लगाएको रुपन्देही सिद्धार्थनगरको निर्माण व्यवसायी कम्पनी दया निर्माण सेवाले पर्खाल निर्माणका क्रममा जेसिबीको प्रयोग गरेको हो । कोटको पश्चिम क्षेत्रमा बिगतमा रहेको काँडेतारको पिलर उखेल्नका लागि जेसिवीको प्रयोग गरेको भेटिएको छ । सो क्षेत्रमा पिलर उखेल्न प्रयोग भएको जेसिबीले पिलरहरु भएका स्थानमा आधार मिटरसम्म गहिरो खनेर पिलर निकालेको हो ।

सन्तोष रायमाझी प्रोपराईटर रहेको सो निर्माण व्यवसायी कम्पनीका प्रतिनिधिको रोहबरमा सिसहनियामा जेसिबी प्रयोग गरेको भेटिएको हो । पुरातात्विक क्षेत्रमा मापदण्ड बिपरित जेसिवी प्रयोग भएको सूचना पाएपछि कोषका परिषद सदस्य गोपीकृष्ण शर्माले तत्कालै जेसिबीबाट भएको काम रोक्न पहल गरेका थिए । साईटमा भेटिएका दया निर्माण सेवाका प्रतिनिधि बिनोद थापाले कोषले नै अनुमति दिएकाले आफुहरुले पुरानो तारबारमा रहेका पिलर उखेल्नका लागि जेसिबी प्रयोग गरेको बताए । सिसहनिया कोटमा १ हजार मिटरको पर्खाल र सगरहवामा ७ सय मिटरको पर्खाल गरी १ हजार ७ सय मिटर पर्खाल निर्माणको एउटै प्याकेजको ठेक्का दया निर्माण सेवाले लिएको छ । जसमा ब्रिक, स्टोन र तारबारको कामको पर्खाल निर्माणका लागि भ्याट सहित ४ करोड ८९ लाख ८२ हजार २ सय ४ रुपैयाँमा ठेक्का लगाईएको हो । २०७९ माघ २२ गते सम्झौता भएको ठेक्काको सम्पन्न गर्नुपर्ने अबधि १५ महिनाको छ ।

पुरानो काँडेतारको पिलर उखेल्नका लागि मात्रै जेसिबी प्रयोग गर्न दिईएको लुम्बिनी बिकास कोषका ईन्जिनियर नबिन कर्णले स्विकार गरे । “मानिसले पोल निकाल्न समस्या भएर जेसिबी प्रयोग भएको हो । अरु काममा जेसिबी प्रयोग गर्ने कुरै हुँदैन” ईन्जिनियर कर्णले भने । पुरातात्विक क्षेत्रको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनको लागि सरकारले गम्भीरताका साथ काम बढाउँदै आएको भए पनि लुम्बिनी बिकास कोषको योजना फाँट र प्राविधिकहरुले संरचना बिकासका नाममा पुरातात्विक संरचना झनै ध्वस्त पार्दै आएको लुम्बिनी बिकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्माले आरोप लगाए । “बिगतमा तिलौराकोटमा बनाईएको पर्खाल बाहिर पनि विभिन्न संरचना भेटिएको अवस्थाले योजना फाँटले हचुवामा पूर्वाधार निर्माण गरेर संरचना संरक्षण गर्ने भन्दा पनि बिगार्दै आएको पुष्टी हुन थालेको छ” शर्माले आक्रोश व्यक्त गर्दै भने ।

पुरातात्विक क्षेत्र सिसहनिया कोटमा जेसिबीको प्रयोग गरेको बिषय जानकारी नरहेको र आफुले पनि परिषद सदस्य शर्माबाट जानकारी पाए लगत्तै काम रोकाएको लुम्बिनी बिकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए । बिगतमा सिसहनियामा निर्माणको कार्यमा जेसिबीको प्रयोगमा रोक लगाउँदै आएको जानकारी दिदै कुनै पनि पुरातात्विक क्षेत्रमा जेसिबी सहितका उपकरण प्रयोग गर्न नमिल्ने उप्रेतीले स्पष्ट पारे । “जानकारी आएपछि तत्कालै जेसिबीको प्रयोगमा रोक लगाएका छौं” उनले भने ।

मायादेवी गाउँपालिका वडा नम्बर ५ को सिसहनिया गाउँ पूर्व सडकको छेउँमा रहेको सिसहनियाकोट ७ सय वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । सिसहनिया कोट चारैतिर पर्खालले घेरिएको भए पनि सो पर्खाल अहिले जमिनमा पुरिएको छ । भारतीय पुरातत्बबिद् पीसी मुखर्जीले सिसहनिया कोटको पत्ता लगाएका थिए । त्यसपछि सन् १९९३ मा नेपाल र ईटालीको पुरातत्बविद्हरुको संयुक्त टोली अध्ययनका लागि त्यहाँ पुगेको थियो । टोली सदस्यले उत्खनन नगरे पनि जमिनको सतहमै पाईएका माटो र भाँडाकुँडाका टुक्रा भने ईसा पुर्बका रहेको स्पष्ट पार्दै उक्त ठाउँ महत्बपूर्ण पुरातात्बिक भएको बताएका थिए । त्यसैले सो कोटलाई शाक्यहरुको महत्वपुर्ण शहरका रुपमा रहेको हुन सक्ने अनुमान गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?