ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कालीगण्डकी करिडोरले फेरेको ‘छापचौर’ को दैनिकी

१३ बैशाख २०८०, बुधबार
१३ बैशाख २०८०, बुधबार

बुटवल, १३ बैशाख ।

गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर छापचौरका बिक्रम ढकाललाई दुई दशक पहिलाका दिन झल्झल्ती सम्झीदा सपना जस्तो लाग्छ । बुवा हजुर बुबाको साथमा लागेर करिव एक दिनकै बास बसी बुटवलबा खाद्यान्न, लत्ता, नुन तेल बोकेर गाउँ गएको । उनी जस्तै गाउँका अन्य मानिसहरु पनि यसरी नै हप्ता दिनमा ‘बजार गर्न बटौली’ आउँथे ।

गाउँमा उत्पादन भएको घिउ, मह, नाम्ला दाम्ला लिएर बुटवल आउँथे त्यो बेचेपछि आएको नगदले हप्ता दिन, महिनालाई पुग्ने राशन किनेर लैजान्थे ।
उनी सम्झन्छिन्–‘एक दिन हिडेर गाडी पाईने ठाउँमा पुग्थ्यो, त्यहाँ बासा बसेपछि मात्रै अर्को दिन बटौली पुगिन्थो । ’

तर अहिले दिन फेरिएका छन् । गाउँमा पक्की सररर.. मोटर बाटो छ, त्यही बाटोमा छिन्छिन्मा नै मोटर गाडीहरु ओहोर–दोहोर गर्दछन् । केही घण्टामा नै उनीहरु बुटवल आउन सक्ने अवस्था छ, सोही दिन नै बुटवल जाने सक्ने अवस्था छ । त्यो सबै बाटो पहुँच मार्गकै कारण भएको हो ।

नेपाल सरकारले संघीय गौरवको योजनाको रुपमा सुरुवात गरेको कालीगण्डकी नदी करिडोर सडकको कारण अहिले त्यो क्षेत्रका स्थानीय सहित पुहँच मार्गको आसपासका स्थानीयहरुको दैनिक फेरिएको छ । गाउँमा नै मोटर गुड्ने भएपछि स्थानीयहरुले समेत केही थान मोटर गाडी किनेछन् । जहाँ गाउँमा उत्पादन भएको विक्री योग्य बस्तु विहानै बुटवल आउँछ, बुटवलबाट गाउँको लागि चाहिने अन्य बन्दोबस्ताका सामानहरु साँझ नै गाउँमा पुग्छन् । अहिले गाउँ फेरिएको छ । सञ्चार क्षेत्रले समेत गुमन बन्दै गएको छापचौरका स्थानीयहरुले ‘एक कल फोनको भरमा सेवा तपाईंको घरमा भनेझैं’ आफुलाई आवश्यक परेको एक कल फोन गरी मगाउँछन् । गाउँमा अहिले बैंक तथा वित्तीय संस्था, प्राविधिक विद्यालय समेत स्थापना भएको छ ।

१५ बर्ष देखि पुर्तीघाट बजारमा व्यवसाय गर्दै आएका रामहरी पराजुलीको पसलमा अहिले आफै सवारी साधानमा कम्पनीबाट मानिसहरु यो यो सामान राखिदिनु प¥यो भन्दै आउने गरेका छन् । विगतको दिनमा सामान मगाउनको लागि नै हप्ता लाग्ने उनको पसलमा हिले बलेरो जीपमा व्यवसायीहरुले नै सामान लगेर घर दैलोमा नै सामान दिदै आएका छन् । उनी स्मरण गर्छन्–‘ यो सामान राखिदिनु पर्यो भन्दै ब्यापारी आएको देखेर दङ्ग छु म, सामान पनि छानी छानी राख्न पाईन्छ ।’

बिगत सम्झदै पराजुलीले भने–‘सानो केही सामान चाहिए के स्याङ्जजाको गल्याङ नभए बुटबल जानुपर्ने दुख थियो ।’

नेपाल सरकारले उत्तरको चीन र दक्षिणको भारत लाई ब्यापारीक मार्ग मार्फत जोड्ने उद्देश्यले निर्माण गरिएको कालीगण्डकी करिडोर सडकको कारण अहिले स्थानीय तहमा खुसी छ । करीडोरको ४४ किलोमिटर सडक पिच हुने भएपछि स्थानीय खुसी छन् । नेपाली सेनाद्वारा ट्रयाक खोलिएको उक्त सडक करिडोरको गुल्मी र बागलुङ खण्ड कालेपत्रो हुन थालेको हो ।

दुई ठुला देशलाई सडकमार्ग हँुदै व्यापार संग जोडेर अगाडि बढाउने योजना सहित संघीय सरकारको योजनाले अहिले मुर्त रुप लिदै छ । दुई ठुला देशका लाखांै मानिसहरुलाई नेपाल घुम्न ल्याउने र नेपालमा रहेका पर्यटकीय क्षेत्रको विकास गर्ने योजनाको रुपमा यो सडक लाईफलाईनको रुपमा लिइएको छ ।

कालीगण्डकी करीडोरको निमार्णसंगै चीनको कोरोला नाका र भारतको सुनौली नाका सबै भन्दा कम दुरीमा पर्ने छ । नेपालमा रहेका सडक मध्ये छोटो दुरीको सडक भएकाले यसको महत्व अझ बढी रहेको स्थानीय जानकार बताउँछन् ।

सडक निर्माण भएपछि यस क्षेत्रको बिकास हुने कुरामा स्थानीयमा आशा पलाएको गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापा बताउँछन् ।

केही बर्ष अगाडि सम्म गाउँमा बिरामी परे घन्टौ हिडेरै अस्पताल पुर्याउनु पर्ने अवस्था अहिले सडकको कारण केही घण्टामा नै सुविधा सम्पन्न अस्पतालमा पु¥याउन सकिने अवस्था छ ।

करीडोर निर्माण भएसँगै दुर्गम भनेर चिनिएका गाउँहरु सुगम हँुदै गएका छन । सडक पुगेपछि दुई दिनको बाटो एकै दिन आउजाउ हुन थालेको स्थानीयको भनाई छ ।

ठेकेदार कम्पनीले गुल्मी खण्डको पृर्तीघाट क्षेत्र र बाग्लुङ खण्डको बरलबा क्षेत्रमा धमाधम काम गरिरहेको स्थानीय सन्जय केसी बताउँछन् । सडक कालेपत्रो सँगै यसक्षेत्रको व्यवसाय समेत फष्टाउँदै गएको गाउँमा उत्पादित सामानहरुले बजार पाउन थालेको के.सी.को भनाई छ । सडकका कारण गाउँमा हुने विकासका कामहरुले समेत गती लिन थालेको बताइन्छ ।

गाउँको उत्पादन शहर पुर्याउन सजिलो भएको हो । सडक पिच भएसँगै भारत र चीनका धेरै पर्यटक यसै मार्ग हुँदै आउजाउ गर्न आउने हुँदा पालिका भित्र पर्यटकीय क्षेत्रको समेत प्रचार प्रसार हुनेमा आफु आशावादी रहेको कालीगण्डकी गाउँपालिकाका प्रमुख बेद थापा बताउँछन् । सडक निर्माण सँगै यसक्षेत्रको विकासमा थप टेवा पुग्ने प्रमुख थापाको भनाई छ ।

करीडोरका निर्माण जिम्मा लिएको कालिका कन्स्ट्रक्सनका साईड प्रोजेक्ट मेनेजर महेश सुवेदीले गुल्मीको हर्मीचौरदेखि बागलुङको बलेवा सम्मको ४४ किलोमिटर सडक कालेपत्रो सुरु भएको बताए । ३ बर्षमा पुरा गर्ने गरी नेपाल सरकारले ३ अर्व ३० करोड रकम बिनियोजन गरेको छ । ठेकेदार कम्पनीले समयमा नै काम सक्ने गरी तीब्र गतिमा काम सुरुवात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?