ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश : गठबन्धन र एमालेका अलग अलग दावी

११ बैशाख २०८०, सोमबार
११ बैशाख २०८०, सोमबार

बुटवल, ११ बैशाख ।

लुम्बिनी प्रदेशमा विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएको नेकपा एमाले र ८ दलीय गठबन्धनले सरकार गठनका लागि अलग अलग दावी गरेका छन् ।

दलीय गठबन्धनले प्रदेश प्रमुख समक्ष धारा ७६ को उपधारा दुई अनुसार सरकार गठन गर्न माग गर्दै ५३ सांसदको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखसमक्ष पेश गरेको छ । एमाले नेतृत्वको काम चलाउ सरकारले भने धारा ७६ (२) को सरकारले विश्वासको मत गुमाएपछि ७६ (३) अनुसार सरकार बन्नुपर्ने दावी प्रदेश प्रमुख समक्ष पेश गरेको छ ।

बहुमतको सरकारबाट बाहिरिएको नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार पुनः संसदीय दलका नेता लीला गिरी नेतृत्वमा सरकार बनाउने तयारी थालेको हो ।

विश्वासको मत नपाएपछि सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले गिरी नेतृत्वको सरकारलाई कामचलाउ सरकारको रुपमा काम गर्न जिम्मेवारी दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले धारा ३ अनुसार सरकार गठन गर्न आग्रह गरेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ । यसअघि ८ दलका ५३ सांसदहरुले कांग्रेस नेता डिल्ली चौधरीलाई धारा २ अनुसार सरकार बनाउन दावी पेश गरिसकेका छन् । यद्यपि सरकार आलोपालो गर्ने विषयमा ती दलमा अझै कुरा नमिलेको बताइएको छ ।

एमाले दलका नेता रहेका मुख्यमन्त्री गिरीले धारा ३ अनुसार ठूलो दलको हैसियतमा पुनः सरकार बनाउन आव्हान गर्न आग्रह गरिएको बताए । यसअघि दलको कार्यालय देउखुरीमा बसेको एमाले संसदीय दलको बैठकले धारा ३ अनुसार सरकार बनाउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक तुलसी चौधरीले बताए ।

चौधरीले प्रदेश प्रमुख धारा ७६ (३) अनुसार जान नमिल्ने जिकिर गर्दै आफूहरूले राजीनामा नदिएकाले विश्वासको मत लिँदा फेल भएपनि ठूलो दलको हैसियतमा सरकार गठन प्रक्रियामा जाने सुविधा रहेको बताए । उनले भने, ‘संविधान अनुसार नै हामीले अर्को सरकार गठन गर्ने हो त्यसमा प्रदेश प्रमुख अर्को धारामा जान मिल्दैन ।’

एमालेले नयाँ सरकार गठन गरेर पुन एक महिनाभित्र विश्वासको मत लिन नसेकोको अवस्थामा मात्रै अर्को धारामा जानुपर्ने एमालेको दावी छ । लुम्बिनी प्रदेशमा सोमबार भएको मतदानमा मुख्यमन्त्री लीला गिरीको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको थियो ।

एमाले र राप्रपाबाहेक सबैले विपक्षमा मतदान गरेका थिए । लुम्बिनी प्रदेशसभाको उक्त मतको परिमाण पाएसँगै प्रदेश प्रमुखले गिरीलाई कामचलाउको जिम्मेवारी दिएका छन् । प्रदेश प्रमुख कार्यालयले अव नयाँ सरकार गठनका लागि कुन धारा अनुसार आव्हान गर्ने भन्ने खुलाएको छैन । प्रदेश प्रमुखको सचिवालयले प्रदेश प्रमुखले कानुनविद्हरुसँग छलफलमा रहेको जनाएको छ ।

लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेको २९, नेपाली काँग्रेसको २७, माओवादीको १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टी ३ स्वतन्त्र २, जनमोर्चा १, नेकपा एकीकृत समाजवादी १ रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?