© २०२३
राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा यही मिति २०८० बैशाख ६ र ७ गते देशैभरी एकै साथ सन्चालन हुने भएको हुँदा आफ्ना बालबालिकाहरुलाई तोकिए अनुसार भिटामिन ए र जुकाको औषधि खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुसंग सम्पर्क गरी अनिवार्य रुपमा सेवन गराऔं । र आफ्ना बालबालिकाहरुलाई यो अभियानमा नछुटाऔं । आफ्ना भविष्यका कर्णधार ६ महिनादेखि ५९ महिना उमेर समुहका सम्पूर्ण बालबालिकाहरुलाई भिटामिन ए को क्याप्सुल र जुकाको औषधी खुवाउन नभुलौं । यो अभियानले बच्चालाई कमजोरी हुनबाट बचाउँदछ । लुलो लङ्गडो को साथै अशक्त हुनबाट बचाउनुका साथै अरु रोगसंग लड्ने क्षमता पनि बढाउँदछ । र रतन्धो जस्तो घातक रोग हुनबाट समेत बचाउँदछ । त्यसैले आफ्ना बालबालिकाहरुलाई निःशुल्क रुपमा उपलब्ध भएको यो औषधी सेवन गराउने कार्यमा अनिवार्य रुपमा सहभागी बनौं ।
भिटामिन ए को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागि हरेक सुचीकृत स्वास्थ्य स्ांस्थाहरुले सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरुद्वारा बर्षको २ पटक बैशाख र कात्तिक महिनामा ६ महिनादेखि ५९ महिना सम्मका सम्पूर्ण बालबालिकाहरुलाई भिटामिन ए को क्याप्सुल खुबाउँदैं आईरहेको कुरा सबैलाई अबगत नै छ । जसमा ६ देखि ११ महिनाका बालबालिकाहरुका लागि १,००००० आई.यु. (आधा क्याप्सुल) र १२ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुको लागि २,००००० आई.यु.(एक क्याप्सुल) खुबाउनु पर्दछ । साथै दादुरा कडा कुपोषण , दीर्घ झाडापखाला र भिटामिन ए को कमीबाट हुने आँखा सम्बन्धी रोगहरुको लागि पनि स्वास्थ्य संस्थाहरुबाट भिटामिन ए को क्याप्सुल द्वारा उपचार गरिन्छ । त्यासैगरी शिशुलाई स्तनपान मार्फत भिटामिन ए को आपुर्ति गर्ने उद्देश्यले सुत्केरी महिलाहरुलाई शिशु जन्मेको ६ हप्ताभित्र स्वास्थ्य संस्था तथा सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरुबाट एक क्याप्सुल २,००००० आई.यु.भिटामिन ए खुवाईन्छ । साथसाथै परजिवी नियन्त्रण कार्यक्रम अन्तर्गत जन्मेदेखि १ बर्ष उमेर सम्मका बालबालिका हरुलाई जुकाको औषधि खुवाईदैन । भने १२ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुको लागि सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकामार्फत अर्धबार्षिक रुपमा बैशाख र कात्तिक महिनामा जुकाको औषधि अल्बेन्डाजोल ४०० मिलिग्राम एक मात्रा खुवाउने जसमा १२ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुका लागि २०० मिलिग्राम र २४ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरुका लागि ४०० मिलिग्राम खुवाईन्छ । भने विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्र्तगत विद्यालय जाने बालबालिकाहरुलाई अर्धबार्षिक रुपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधी अल्बेन्डाजोल ४०० मिलिग्राम एकमात्रा खुवाउने चलन छ । र सोही अनुसार सहभागी गराई खुवाउनु पर्दछ । त्यसैले यो कार्यक्रम एउटा महत्वपुर्ण कार्यक्रम भएको हुनाले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको पाईन्छ । यस्तो खालको महत्वपूर्ण कार्यक्रममा हरेक अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी वा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्पर्कमा लगेर भिटामिन ए र जुकाको औषधि अनिवार्य रुपमा खुवाउनु महत्वपूर्ण कार्य मानिन्छ । आफ्ना बालबालिकाहरुलाई रोगबाट बचाउन र पुर्ण स्वस्थ बनाउनु हरेक अभिभावकको कर्तब्य हो । भन्नमा कुनै अतियुक्ति नहोला ।
के हो त भिटामिन ए ः
ब्याक्तिको शारीरिक क्रियाकलापलाई नियन्त्रण गरी राम्रो संग कार्य गर्न थोरै मात्रामा चाहिने तर शरिरलाई नभै नहुने सुक्ष्म पोषक तत्वको रुपमा मानिने रासायनिक पदार्थलाई भिटामिन भनिन्छ । भिटामिन ए ले शरिरलाई बिभिन्न किसिमका संक्रमण रोकथाम गर्दछ । आँखालाई स्वस्थ राख्दछ । बालबालिकाको बृत्ति विकासमा महत्वपूर्ण सहायता गर्दछ । यो आमाको बिगौति दुध, सिङ्गो माछा, जनावरको दुध, हरिया सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी अन्डा, पंहेला फलफुल तरकारी, फर्सी मेवा आदिमा श्रोतको रुपमा पाईन्छ । भने तयारी क्याप्सुलको रुपमा बिभिन्न मात्रामा सुरक्षित साथ तयार पारिएको हुन्छ । त्यसैले यसलाई अत्यन्तै महत्वपुर्ण र स्वस्थबद्र्धक पोषक तत्वको रुपमा मानिएको छ ।
यसरी नेपाल सरकारबाट निःशुल्क रुपमा वितरण गरिएका यी मह्त्वपूर्ण स्वास्थ्य सम्बन्धि अभियानका कार्यक्रमहरुलाई आआफ्नो पाएक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बालबालिकाले प्राप्त गर्ने समय अवधिका आधारमा अनिवार्य रुपमा गएर आआफ्ना बालबालिकाहरुलाई यस्ता प्राणघातक डरलाग्दा रोगहरुबाट बचाउनको लागि औषधि सेवन गराउनु हरेक बाबाआमा र सरोकारवाला सम्पुर्ण नागरिकको कर्तब्य मानिन्छ । साथसाथै यही मिति २०८० बैशाख ६ र ७ गतेबाट संचालित हुने भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रममा सबै सहभागी भई भब्यताका साथ सफल पारौं । प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पुर्ण सरोकारवालाहरु, शिक्षकहरु, साम«दायिक महिला स्वास्थ्य स्वयंम सेविका, राज्यका तीनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासनलगायत सबैको आआफ्नो तहबाट सहयोग र सहकार्यता रहेमा मात्र राज्यको यो महत्वपुर्ण कार्यको सार्थकता रहन्छ । भन्नमा कुनै दुईमत पाईदैन त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं र आआफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔं । प्रत्येक बर्ष यसरी ६, ६ महिनामा बैशााख र कार्तिक महिनामा चल्ने यो महत्वपुर्ण अभियानमुखी कार्यक्रममा हरेक स्वास्थ्यका सरोकार वालाहरुले यस कार्यलाई आफ्नो कर्तब्य सम्झेर आप्mना बालबालिकालाई सहभागी गराई बालबालिकाको स्वास्थ्यमा पर्नजाने असरलाई समधान गर्नु नित्यन्तै जरुरी रहेको छ ।“भिटामिन ए र जुकाको औषधि निःशल्क पाईन्छन् , यी दुवै सुरक्षित छन् ,यी दुवै औषधिले जीवन रक्षा गर्दछन् ।”
स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी