ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

शून्य बेरुजुमा देशकै उत्कृष्ट सरुमारानी र मल्लरानी

नियतसंगत कार्यसम्पादन गरिएको, बजेट खर्चमा पारदर्शिता, प्रचलित ऐन, कानुनको पूर्ण पालना गरिएकै कारण निरन्तर बेरुजु शून्यमा झारिएको पालिकाको भनाइ छ । यसले स्थानीय तह आर्थिक अनुशासनमा चल्दैनन् भन्ने आम नागरिकको भ्रम चिर्नमा बल पुगेको छ ।
३ बैशाख २०८०, आईतवार
३ बैशाख २०८०, आईतवार

प्यूठान ।

अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा बेरुजु नै नभएको पालिका भनेर देशभरमै चिनिए प्यूठानका सरुमारानी र मल्लरानी गाउँपालिका । त्यसबेला यी दुई पालिका सहित ताप्लेजुङ्गको सिरीजङ्गा गाउँपालिका पनि शून्य बेरुजु बनाउनेमा थियो ।

तर, महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष बुझाएको ६० औँ प्रतिवेदनमा यसवर्ष बेरुजु शून्य बनाउनेमा प्यूठानको सरुमारानी र मल्लरानी गाउँपालिका मात्र भएका छन् । अघिल्लो वर्षको साखलाई यी दूई पालिकाले यसवर्ष पनि कायम राखेका हुन् । बेरुजु शून्यमा झारेपछि यी दुई पालिकाको चर्चा देशभर चुलिएको छ । पर्याप्त स्रोत साधनका बीचमा पनि उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नागरिकहरुले प्रशंसा गरेका छन् ।

कार्यसम्पादनमा जनप्रतिनिधी र कर्मचारीबीचको तालमेल सुमधुर भएपछि गाउँपालिका निरन्तर बेरुजु शून्य बनाउनेमा देशकै उत्कृष्ट बन्न सफल भएको सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले प्रतिक्रिया दिए । ‘हामी प्रशासनिक काममा कहिल्यै पनि हस्तक्षेप गर्दैनौँ’,विश्वकर्माले भने,‘नीति, नियम र बजेट विनियोजनपछि कर्मचारी क्षेत्रबाट हुने कामको निगरानी गर्छौ । पालिका नीतिसंगत चलेकै कारण यो सफलता भएको हो ।’

सरुमारानीले गाउँपालिकामा काम गर्ने कर्मचारीहरुलाई विभिन्न ६ वटा सूचक बनाएर कार्यसम्पादन मूल्यांकनका हिसावले मासिक रुपमा सम्मान गर्ने गर्छ । यसले पनि कर्मचारीहरुमा काम गर्ने हौसला बढाएको छ । उपभोक्ता समिति र निर्माण व्यवसायदेखि कार्यालयले गर्ने खर्च आर्थिश अनुशासनको परिधिभित्र रहेर हुने गरेको विश्वकर्माले सुनाए । ‘हामी कुनैपनि काम अन्धाधुन्द गर्दैनौ’,उनले भने,‘नीति, नियम र नियमावलीको अक्षंरश पालना हुन्छ ।’

महालेखा परिक्षकको टोलीले केही योजनाको नमुना स्थलगत अध्ययन पनि गर्ने गरेको उनले सुनाए । उपभोक्ता समितिलाई समयमै वडामै पुगेर तालिम दिँदा पनि निर्धारित समयमै कार्यसम्पादन हुने गरेको उनको भनाई छ । ‘पदको कहिल्यै दुरुपयोग गरेनौ र गर्नेपनि छैनौ’,विश्वकर्माले भने,‘जनताको सेवक बनेर सफा मनले काम गरेका छौँ ।’ अहिले सार्वजनिक भएको शून्य बेरुजु हुँदा गाउँपालिकामा चिन्तामणी रेग्मी प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए भने हाल देवीराम पाठक छन् । आर्थिक वर्ष २०७६÷०७७ मा पनि देखिएको बेरुजु सम्परिक्षण मार्फत सरुमारानीले शून्य बनाइएको थियो ।

मलेपले प्रारम्भिक प्रतिवेदनमा देखाएको बेरुजुलाई समयमै सम्परिक्षण गर्ने गरिएको मल्लरानी गाउँपालिकाका लेखा अधिकृत कमानसिँह केसीले जानकारी दिए । दुईपटकसम्म गाउँपालिकामा शून्य बेरुजु हुँदा आर्थिक प्रशासन शाखा प्रमुखको रुपमा केसी कार्यरत छन् । ‘पेश्की, अनियमित र असुल उपरको रुपमा मलेपले बेरुजु लेख्ने गर्छ’,केसीले भने,‘प्रारम्भिक प्रतिवेदनमा हाम्रोमा असुलउपर गर्नुपर्ने थोरै रकम थियो, समयमै राजश्व खातामा जम्मा गर्न भन्यौँ र शून्य हुनमा मद्दत पुग्यो ।’ आर्थिक प्रशासन शाखाको नेतृत्वमा बेरुजु हुन नदिनका लागि पालिकामा गहन छलफल र निष्कर्ष निकालिने गरिएको उनको भनाई छ ।

नियतसंगत कार्यसम्पादन गरिएको, बजेट खर्चमा पारदर्शिता, प्रचलित ऐन, कानुनको पूर्ण पालना गरिएकै कारण निरन्तर बेरुजु शून्यमा झारिएको केसी सुनाउँछन् । स्थानीय तह आर्थिक अनुशासनमा चल्दैनन् भन्ने आम नागरिकहरुको भ्रमलाई मल्लरानीले चिरेको उनको बुझाई छ । दुई वर्षसम्म गाउँपालिकाको बेरुजु शून्य हुँदा प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा कार्यरत थिए भने हाल महेश केसी छन् । प्यूठानमा दुई नगरपालिका सहित नौ वटा स्थानीय तह छन् । देशभमै निरन्तर बेरुजु शून्य बनाउनेमा सरुमारानी र मल्लरानी गाउँपालिका मात्र हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?