ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विश्व सम्पदा लुम्बिनी खतराको सूचीमा

३ बैशाख २०८०, आईतवार
३ बैशाख २०८०, आईतवार

बुटवल, ३ बैशाख ।

गुरुयोजनाविपरीत जथाभाबी निर्माण भएका संरचनाले लुम्बिनी विश्व सम्पदा खतरा सूचीमा पर्ने सम्भावना बढेको छ । यूनेस्को विश्व सम्पदा केन्द्रको ४३ औँ सत्रको निर्णय र नेपाल सरकारले यूनेस्कोलाई गरेको आमन्त्रण अनुसार यूनेस्को ‘रि एक्टिभ मनिटरिङ मिसन’ले सन् २०२२ मा लुम्बिनीको अध्ययन अवलोकन भ्रमण गरेको थियो ।

उक्त मिसनले अध्ययन गरेर बुझाएको प्रतिवेदनमा सुधारका काम नगरे लुम्बिनीलाई विश्व सम्पदा खतराको सूचीमा सूचिकृत गर्ने उल्लेख छ । लुम्बिनी क्षेत्र वरिपरि भइरहेका पूर्वाधार निर्माण र प्रदूषणका कारण विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा परेको प्रभावबारे संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठनको उक्त टोलीले अध्ययन गरेको थियो । यूनेस्कोले लुम्बिनीलाई सन् १९९७ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो ।

पूरातत्व विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्य लुम्बिनीको सम्पदा जोगाउन सरकार र कोषका तर्फबाट काम नभएको बताउँछन् । “जुन सम्पदाको कारणले लुम्बिनीको नाम छ, त्यसलाई जोगाइराख्न जे प्रयास गर्नुपर्दथ्यो, त्यसमा पनि कमजोरी भएका छन्,” आचार्य भन्छन्, “गुरुयोजना संशोधन गर्नेदेखि गुरुयोजनामा नभएका व्यवस्थाहरू निर्माण भइसकेका छन् । यी कुराहरूमा कसैलाई चासो छैन ।”

लुम्बिनीको पुरातत्त्व, कला र वास्तुकलाबारे विद्यावारिधि गरेका डा. गीत गिरीका अनुसार मायादेवी मन्दिरको संरचना, स्मारक र इँट्टा लगाएर बनाइएको ‘मेडिटेसन’को विषयलाई लिएर यूनेस्कोले विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी यस अघि दिइसकेको छ । “यूनेस्कोले विश्व सम्पदा सूचीबाट हटाउने पटक–पटक चेतावनी दिँदै आएको छ, पुरातत्वलाई असर नपर्ने गरी काम हुनुपर्नेमा विकास कोष त्यसमा गम्भीर भएको पाइएन,” गिरी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?