ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीलाई बार एसोसिएसनको दबाब

३० चैत्र २०७९, बिहीबार
३० चैत्र २०७९, बिहीबार

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दबाब दिएका हुन् ।

छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा न्यायपालिकाको साख गिरेको महसुस आफूहरूले गरेको बताए । उनले कायममुकायम प्रधानन्यायाधीशबाट नै सर्वोच्च अदालत सञ्चलन गर्दा न्याय सम्पादनमा कठिनाइ भइरहेको बताए ।

नले भने, ‘हामीले प्रधानमन्त्रीलाई प्रधानन्यायाधीशको नियुक्ति हुन नसक्दा कताकता न्यायपालिकाको साख गिरेको हो की भन्ने कुरा राख्यौँ । करिब १४ महिना यता प्रधानन्यायाधीशको नियुक्ति हुन नसक्नुले न्याय सम्पादनमा कठिनाइ भइरहेको कुरा राख्यौँ । संवैधानिक परिषद्को अध्यक्ष भनेकै प्रधानमन्त्री हो, त्यसको नाताले पनि जे प्रयास गर्नुपर्छ, त्यसमा प्रयास गरिरहेको छु भन्नुभएको छ । ठोस निष्कर्षम पुग्ने गरी पहल गरिरहेको भन्नुभएको छ । १० दिनभित्र यो प्रक्रिया सुरु नभए बाध्य भएर आन्दोलनमा जान्छौँ भनेका छौँ । अदालतको पेसी व्यवस्थापन अटोमेसनको माध्यमबाट हुनुपर्ने, अटोमेटिक मिसिन सिस्टमबाट हुनुपर्ने भन्ने थियो, त्यो हुन नसकेको कारणले हामीले त्यसको बजेट व्यवस्थापन गर्न पनि आग्रह गरेका छौँ । त्यसमा उहाँ पोजेटिभ हुनुहुन्छ । यो हाम्रो दबाब नै हो, दबाबमूलक भेटघाट हो ।’

जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । घिमिरेका अनुसार प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि आफूले पहल गरिरहेको र चाँडै ठोस निष्कर्षम पुग्ने प्रतिबद्धता दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको भन्दै प्रशंसासमेत गरेका थिए । छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?