ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

विष्णु पौडेलले भने –‘अव प्रदेश राजधानीको प्रश्न गर्न छाडौं’

२४ चैत्र २०७९, शुक्रबार
२४ चैत्र २०७९, शुक्रबार

बुटवल, २४ चैत ।

पुर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अव प्रदेश राजधानीबारेको प्रश्न नगर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

बुटवल र रुपन्देहीले आर्थिक रुपमा फड्को मार्ने सवालमा प्रदेश राजधानीले कुनै असर नगर्ने उनले दावी गरे । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २२ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनको उदघाटन गर्दै पुर्व अर्थमन्त्री पौडेलले अव प्रदेश राजधानीबारेको बहसलाई छाडेर भविष्यको चिन्ता गर्न आग्रह गरेका हुन् ।

“हिंजो मुलुक संघीयतामा नजाँदा प्रदेश राजधानी भन्ने थिएन, तर पनि बुटवल मुलुककै आर्थिक केन्द्र थियो, अहिले राजधानीका कारण बुटवल पछि प¥यो भनेर कसरी भन्न सकिन्छ ?”–उनले प्रश्न गरे–“दुनियाँमा राजधानी नभएका सहरहरुले आर्थिक रुपमा फड्को मारेका प्रशस्तै उदाहरण छन्, बुटवलले पनि मार्छ ।”

प्रदेश राजधानी दाङ जाँदैमा दाङले बुटवललाई उछिन्न नसक्ने पनि पौडेलले बताए । “बुटवललाई राजधानी गराउन सकेको भए राम्रै हुन्थ्यो, यसका लागि कोशिस पनि गरिएकै हो, तर भएन, अव निरर्थक बहस गरेर अल्झिनु भन्दा भविष्यमा बुटवललाई कस्तो बनाउने भनेर चिन्ता गर्नुस्”–व्यवसायीलाई आग्रह गर्दै पौडेलले भने ।

अमेरिकाको राजधानी वासिङटन डिसी भएपनि आर्थिक केन्द्र न्यूयोर्क बनेको, यूएइको राजधानी अवुधावी भएपनि दुवईले आर्थिक रुपमा फड्को मारेको र छिमेकी मुलुकको राजधानी नयाँ दिल्ली भएपनि आर्थिक विकासमा मुम्बईले उछिनेको उदाहरण पेश गर्दै पौडेलले यसबाट पाठ सिकेर बुटवल र सिंगो रुपन्देही जिल्लालाई मुलुककै आर्थिक केन्द्र बनाइने बताए । “यसका लागि व्यवसायीहरुले अव बिगत कोट्याएर होइन, भविष्यप्रति आशावादी भएर लाग्नुपर्छ”–पौडेलले भने ।

पुर्व अर्थमन्त्री पौडेलले संवद्ध निकायको लापरवाहीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बिलम्व भएको बताए । “यो विमानस्थल आवश्यकता भएरै बनाएको हो, अध्ययन गरेरै राज्यले लगानी गरेको हो, तर निर्माण सँगसँगै नागरिक उड्डयन प्राधिकरणले सञ्चालनको तयारी गर्नुपर्नेमा त्यसो नगरेकाले विलम्व हुन गयो”–उनले भने ।

नागरिक उडड्डयन प्राधिकरणले गर्नुपर्ने धेरै काम बाँकी रहेको भन्दै उनले कुनै हालतमा पनि विमानस्थल सञ्चालन गरेरै छाड्ने प्रतिवद्धता जनाए । त्यस्तै बुटवलमा उद्योगी व्यवसायीको माग बमोजिम नै स्थायी प्रदर्शनीस्थल बनेको र अर्को ठूलो आयोजना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि निर्माण भएको भन्दै उनले अव यसको सञ्चालनमा भएको विलम्बप्रति आफूले गहिरो चासो दिएको पनि बताए । “सञ्चालनमा भैरहेको लिबम्वप्रति मैले संवद्ध निकायसँग चासो राखेर छिटो काम अगाडि बढाउन भनेको छु, यो पनि त्यत्तिकै थन्किंदैन, सञ्चालनमा ल्याइन्छ”–पौडेलले भने ।

उनले बुटवलबासीले अव छिटै नै झुम्सा खानेपानी आयोजनाको पानी उपभोग गर्न पाउने बताए । “बुटवलबासीको लामो समयदेखिको सपना अव पूरा हुँदेछ, आगामी असारसम्म बुटवलमा झुम्साको पानी आउँदैछ”–पौडेलले भने ।

कार्यक्रममा बोल्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले पर्यटन उद्योग विशाल भएकाले यसमा लागेका व्यवसायीहरुले छिटो लाभ खोज्न नहुने बताए । “छिटो लाभ लिन खोज्ने व्यवसायीका कारण पनि पर्यटन क्षेत्र थला परेको छ, यसमा लगानी गरिसकेपछि दीर्घकालीन लक्ष्य राख्न्ुपर्छ”–उनले भने ।

कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, होटल व्यवसायी महासंघका पुर्व अध्यक्ष हिराध्वज साह, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, रुपन्देही अध्यक्ष रामप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, महासचिव माधवकुमार खनाल, संघका सल्लाहकार गोपाल राना, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेललगायतले पनि पर्यटन व्यवसायका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा पत्रकार यमलाल भुसाललाई कालीदास स्मृती पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?