Butwal Today

प्रतिनिधिसभा बैठक बस्दै, कार्यव्यवस्था समितिमा सदस्यहरू मनोनयन हुने

२३ चैत्र २०७९, बिहीबार
अ+
अ-

काठमाडौँ ।

आज प्रतिनिधिसभा बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक अपराह्न १ बजे बस्नेछ । बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरूलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

यसै गरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको सङ्घीय संसद्को महासचिव भरतराज गौतमले जानकारी दिए ।