© २०२३
बुटवल, १९ चैत ।
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ । दैनिक ९ घण्टा सडक अवरुद्ध हुने भएको हो । सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम अघि बढेकाले मँगलबारदेखि दैनिक ९ घण्टा सडक बन्द रहने भएको हो ।
निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको र माथिबाट खुकुला ढुंगाहरु पहरोबाट खस्ने भएकाले सडक सूचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन विहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि विहान ४ बजेसम्म सडक अवरुद्ध हुने भएको हो । पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा अर्को सूचना जारी नभएसम्म बन्द रहने सडकमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधन सञ्चालनमा भने अवरोध नहुने गरी कार्य गर्न सम्बन्धित योजना कार्यालयले व्यवस्था मिलाउने निर्णय भएको छ ।