Butwal Today

मिटरब्याजलाई अपराध घोषणा गर्न कानुन संशोधन गर्ने सरकारको निर्णय

१४ चैत्र २०७९, मंगलवार
अ+
अ-

काठमाडौँ ।

सरकारले मिटरब्याजका नाममा तराई-मधेशका जिल्लामा व्यापक रुपमा भइरहेको ठगीलाई नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधनको निर्णय गरेको छ। कानुन अभावमा हजारौँ सर्वसाधारणलाई ठगी गर्ने मिटरब्याजीहरुमाथि कारबाही गर्न असम्भव भएपछि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो।

एकजना मन्त्रीका अनुसार मिटरब्याजी साहुकारहरुलाई कानुनी दायरामा ल्याउन अपराधसंहिता कानुन संशोधनको प्रक्रिया अघि बढाउने निर्णय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार अब मिटरब्याजसँग जोडिने चारवटा कानुन संशेधन हुनेछन्। तिनमा कतिपय देवानी कानुन पनिछन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार फौजदारी संहिता पनि संशोधन गर्न लागिएको हो।