ट्रेंडिंग:

>> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी

हरैया बहुमुखी क्याम्पसमा संयुक्त प्यानल विजयी

६ चैत्र २०७९, सोमबार
६ चैत्र २०७९, सोमबार

बुटवल, ६ चैत ।

रुपन्देहीको कञ्चन गाँउपालिका ३ हरैयामा रहेको हरैया बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावी नतिजा सार्वजनिक भएको छ । जसमा एमाले सम्बद्ध अनेरास्ववियु, जनमत विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त प्यानलबाट सभापति पदमा २२२ मत ल्याएर प्रदिप शर्मा बिजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाल विद्यार्थी संघका सुनिल रानाले १९९ मत प्राप्त गरे ।

यस्तै संयुक्त प्यानलकै अनिलकुमार गुप्ता सचिव पदमा २२० मत ल्याएर बिजयी हँुदा उनका प्रतिष्पर्धी नेविसंघका रुपेश कमार यादवले १९९ मत प्राप्त गरे । संयुक्त प्यानलबाटै कोषाध्यक्षमा जिवनकुमार धवलले २२१ मत ल्याई बिजयी हुनभएको छ भने नेविसंघकी रेखा प्रजापतीले २०८ मत प्राप्त गरिन् । यस्तै सदस्य पदमा भने मिश्रित परिणाम आएको छ । सदस्यमा संयुक्त प्यानलबाट शुभम शर्मा २२९, अविनाश क्षेत्री २३२ र निशा कुवरले २२० मत ल्याएर बिजयी भए भने नेविसंघबाट खमबहादुर घर्तीमगर २०७, प्रियंका केसी २०७, सुनिता विक २०९ ल्याएर पराजित भए ।

यता संयुक्त प्यानलका दिपेन्द्र यादव २१४ मत ल्याएर पराजित हुँदा नेविसंघका ईरफान चुरियारले २२० मत ल्याएर बिजयी भए । यस्तै समिर क्षेत्रीले २३६ मत प्राप्त गरी बिजयी भए । नेविसंघकै ईरफान चुरियारले पनि २२० मत प्राप्त गरी सदस्यमा बिजयी भए । संयुक्त प्यानलका अभय कुमार धवलले सदस्यमा दिएको उम्मेद्वारी फिर्ता लिएपछि ७ जनाको मात्रै उम्मेद्वारी रहेको थियो । यस्तै प्रगतीशिल विद्यार्थी संगठनबाट सभापतिमा उम्मेद्वारी दिएकी माया थापाको १२ मत आएको छ भने सचिव पदकी मनिसा आचार्यको १५ मत आएको छ । जम्मा ५१६ जना विद्यार्थी मतदाता रहेकामा ४४८ अर्थात ८६.८२ प्रतिशत मत खसेको थियो । विहान ७ बजेबाट सुरु भएको मतदानमा ३०४ महिला र १४४ पुरुष गरि ४४८ जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?