ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

कौटिलीय समयमा शिक्षक, विद्यार्थी र शिक्षण विधि

२९ फाल्गुन २०७९, सोमबार
२९ फाल्गुन २०७९, सोमबार

शोध विधि

यस लेखको उद्देश्य प्राचीनकालमा प्रचलित शैक्षणिक विधिहरुको आधुनिक समयको लागि उपयोगिता परीक्षण गर्नु हो । यसका लागि मुख्य आधार कौटिलीय अर्थशास्त्रको विनयाधिकारिक खण्ड लिइएको छ ।

आजभन्दा लगभग २४०० वर्ष पूर्व लेखिएको कौटिलीय अर्थशास्त्र रचनाको उद्देश्य भावी राजालाई प्रशिक्षित गर्नु हो भन्ने कुरा त्यसमा उल्लेख छ । त्यसैले यो सम्पूर्ण पुस्तक शिक्षा विषयक हो भन्न सकिन्छ तर यसका प्रथम खण्डको नाम नै विनयाधिकारिक छ । विनयको अर्थ हुन्छ– प्रशिक्षण, नम्रता, शिक्षा, नीति, सैद्धान्तिक ज्ञान, प्रयोगात्मक ज्ञान, खण्ड । त्यसैले विनयाधिकारिकको अर्थ हुन्छ प्रशिक्षण खण्ड । यसमा जम्मा २१अध्यायहरु छन् । जसमा सुरुका छवटा अध्यायमा शिक्षा, अध्यापन, विषय शिक्षण सामग्री र शिक्षकहरु बारे मात्र विवरण पाइन्छ ।

आफूभन्दा पहिला विद्याको विभाजनका सम्बन्धमा भएका तीनवटा विचारधाराको उल्लेख गर्दै उनले भनेका छन् –

१. शुक्रको विचारधारा,
२. बृहस्पतिको विचारधारा,
३. मनुको विचारधारा,

शुक्रको विचारधारा अनुसार केवल एउटा विषय हुन्छ– त्यो हो दण्डनीति । बृहस्पतिको विचारधारा अनुसार विद्या केवल दुईवटा हुन्छन् वार्ता र दण्डनीति । बृहस्पतिको समयमा दण्डनीतिबाट वार्ता सम्बन्धी विषयवस्तु विभाजन गरेर दुईवटा विषय बनाइएको हुन सक्छ ।

मनुको विचारधारा अनुसार– विद्या केवल तीनवटा हुन्छन्– त्रयी, वार्ता र दण्डनीति । मनुको समयमा विषयको विभाजन अलि स्पष्ट गरिएको देखिन्छ । उनले तीन वेद, वार्ता र दण्ड नीतिलाइ अलग अलग विषय बनाएका छन् ।

तर कौटिल्यले विषयको चार विभाजन गरेका छन्– १. आन्वीक्षिकी, २. त्रयी, ३. वार्ता, र ४. दण्डनीति । (कौटिलीय अर्थशास्त्र, १.२.१) यसरी कौटिल्यको समयमा दर्शन र शोधको छुट्टै पठनपाठन हुने गरेको देखिन्छ ।
उनले प्रत्येक विषयको उपविभाजन पनि गरेका छन्, जुन यस प्रकार छ–
आन्वीक्षिकी–यस अन्तर्गत कौटिल्यको समयमा तीन विषय समावेश भएको देखिन्छ् –

क) साङ्ख्य
ख) योग
ग) लोकायत

त्रयी– त्रयीको अर्थ हो तीन वेद– ऋग्वेद, यजुर्वेद र सामवेद । आचार्य कौटिल्यले त्रयीको अध्ययनले धर्म– अधर्म, कर्तव्य अकर्तव्य विषयक ज्ञान हुन्छ भनेका छन् ।

वार्ता– कौटिल्यका अनुसार वार्तामा भौतिक उपलब्धि र अनुपलब्धिको विवरण हुन्छ । यसले कृषि, पशुपालन र वाणिज्यको विवरण तथा अन्न, पशु, सुन तामा आदि महँगा धातुको प्राप्ति तथा श्रमको उपयोगद्वारा सम्पत्ति वृद्धि गरेर लोकको उपकार गराउँछ । वार्ताले नै राजाले आफ्ना मित्र बढाउँछ भने शत्रुलाई नियन्त्रण गर्न समर्थ हुन्छ ।

दण्डनीति– कौटिल्यका अनुसार दण्डनीतिमा असल शासन र खराब शासनको जानकारी दिइएको हुन्छ । यसले अप्राप्त अर्थलाई प्राप्त गर्ने, प्राप्तलाई सुरक्षित गर्ने, सुरक्षितलाई अझ बढाउने र बढाएकोलाई उचित काममा खर्च गर्ने विद्याको उपदेश दिन्छ ।

शिक्षक र गुरुकुल

कौटिल्यको समयमा गुरुकुल र आश्रम सञ्चालन हुने गर्थे । कौटिल्यले भनेका छन् बाँझो जग्गाहरु चरनका लागि र हरिण आदि जनावर छोडिएका बगैंचा र रुख भएको जंगललाई वेद अध्ययन गर्न, गराउन र सोमयागका लागि छुट्ट्याउनु पर्छ । वेदाध्ययन हुने वनलाई ब्रह्मारण्य र तपस्वीहरु बस्ने वनलाई तपोवन नामकरण गरिएको छ । यस भनाईबाट कौटिलीय समयमा गुरुकुलहरु सञ्चालनमा रहेको बुझिन्छ । जसमा सोमयाग हुने गर्थे । त्यस बेला गुरुकुलहरुमा यज्ञ र हवन एक नियमित प्रक्रिया रहेको थियो । शिष्यको दैनिकीमा अग्निहोत्र एक प्रमुख कार्य थियो ।

सामान्यतया गुरुकुलीय शिक्षा निशुल्क हुने गथ्र्यो तर विद्याध्ययन समाप्त गरे पछि शिष्यहरुले गुरुको सम्मानमा गुरुदक्षिणा दिने प्रचलन थियो । तैत्तिरीय उपनिषदमा प्रयुक्त दीक्षान्त वाक्यमा गुरुदक्षिणाको कामना गरिएको छ ।

विद्यार्थीः

गुरुले यज्ञोपवीत प्रदान गरेपछि बालक गुरुकुलका लागि योग्य मानिन्थ्यो । विद्यार्थीलाई ब्रह्मचारी तथा अध्ययनको अवधि भरिलाई ब्रह्मचर्याश्रम भनिन्थ्यो । कौटिल्यले ब्रह्मचारीका कर्तव्य यस प्रकार उल्लेख गरेका छन्– स्वाध्याय, हवन, नित्य स्नान, भिक्षावृत्ति गरेर गुरुबाट निरन्तर शिक्षा ग्रहण गरिरहनु पर्छ । गुरुको अनुपस्थितिमा गुरुपुत्र अथवा गुरुभाईसँग ब्रह्मचर्य आश्रम पर्यन्त अध्ययन गरिरहनु पर्छ । ब्रह्मचर्य आश्रमको अधिकतम उमेर २५ वर्ष निर्धारण गरिएको छ । तर अध्ययन पूरा नभएमा विद्यार्थीले त्यहाँ रहेर त्यसपछि पनि अध्ययन गरेका उल्लेखहरु पाइन्छन् । गुरुक्ल छात्रावास रहेर अध्ययन गरिरहेको विद्यार्थीलाई सामान्यतया अन्तेवासी भन्ने गरिन्थ्यो ।

कौटिल्यले शिक्षार्थीका दृष्टिले बालकहरुको वर्गीकरण गर्दै बालक तीन प्रकारका हुनसक्छन्–

बुद्धिमान त्यो हो जसले उचित अनुचित स्वाभाविक रुपमा छुट्ट्याउँछ र उचित आचरण गरेर निरन्तर सफलता प्राप्त गर्छ । आहार्यबुद्धि भनेको यस्तो बालक हाहे जसले उचित र अनुचित आचरण के हो, त्यो जानेको हुन्छ तर उचित आचरणलाई ठीक समयमा पालन गर्न जान्दैन र यस कारण सफलतामा बारम्बार बाधा उपस्थित भइरहेको हुनछ । बालकको तेस्रो श्रेणीलाई उनले दुर्बुद्धि भनेका छन् । दुर्बद्धि भनेको यस्तो बालक हो जसले उचितलाई अनुचित र अनुचितलाई उचित बुझेर उल्टो आचरण गर्छ । यसको फलस्वरुप त्यसमाथि सधैं विपत्ति आईरहन्छ ।

शिक्षण विधि र विषयगत उद्देश्य

प्राचीन कालको शिक्षण विधिको मुख्य साधन भनेको मौखिक विधि हो । त्यसैले यस कालमा शिक्षकको शुद्ध उच्चारण र विद्यार्थीको श्रवण एकाग्रता सबभन्दा महत्त्वपूर्ण विधि हुनु स्वाभाविक हो ।

कौटिल्यको विचारमा भिन्न भिन्न विषयको पाठ्यक्रम, शिक्षण विधि र मूल्यांकनको जिम्मा शिक्षकलाई नै दिनुपर्दछ । त्यसैले उनेले भनेका छन्– आचार्यले कुनै विषयलाई जसरी अध्यापन गर्छन् र अध्ययनका जुन जुन नियम निर्धारित गर्छन्, सोही आधिकारिक मान्नुपर्छ ।

कौटिल्यको विचारमा वेदको अध्ययनले विद्यार्थीले धर्म, अधर्म, कर्तव्य कर्तव्यको निर्धारण गर्न सक्छ । आन्वीक्षिकीले सबै विषहरुको सार्थकता, निरर्थकता, तथा सख र दुःखमा बुद्धिलाई स्थिर राख्ने क्षमता दिन्छ । वार्ताले भौतिक सम्पत्तिको सुरक्षाका ेमहत्त्व र दण्डनीतिल नीति र अनीतिमा भेद गर्ने क्षमता प्रदान गर्छ ।

विषय अनुसार शिक्षकहरुको योग्यता र शिक्षण सिकाई क्रियाकलापको चर्चा गर्दै कौटिल्यले भनेका छन्– वेद र आन्वीक्षिकी शिष्ट शिक्षकहरुबाट अध्ययन गर्नुपर्छ । शिष्टको अर्थ हो– उच्च ज्ञान राख्ने, वरिष्ठ, आदरणीय, अथवा विषय विभागको प्रमुख । यसबाट त्यस समयमा यी दुई विषयहरु निकै महत्वपूर्ण रहेको बुझिन्छ ।

वार्ता अर्थात् कृषि, पशुपालन र वाािणज्य विषयक ज्ञान सम्बन्धित विभागाध्यक्षबाट लिनुपर्छ भनिएको छ । यसरी वार्ताको ज्ञान सम्बनिधत क्षेत्रमा गएर स्थलगत निरीक्षण र अध्ययन गर्नु पर्छ भनिएको छ ।

दण्डनीति (राजनीति विज्ञान) अन्तर्गत आन्तरिक शासन र वैदेशिक सम्बन्ध पर्दछन् । यी विषयहरु वक्तृ–प्रयोक्तृबाट सिक्नुपर्छ भनिएको छ । वक्तृको अर्थ हो सो विषयको सैद्धान्तिक ज्ञान राखेर त्यसलाई राम्ररी बुझाउन सक्ने, विषय विज्ञ । प्रयोक्तृको अर्थ हो जसले त्यस विषयलाई प्रयोगमा ल्याइरहेको छ । त्यस मानिससँग सैद्धान्तिक ज्ञान नहुन सक्छ तर उसले व्यावहारिक कुरा जानेको हुन्छ । यसरी राजनीति विज्ञानको सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान लिनुपर्छ भनिएको छ ।
यसका साथै कौटिल्यले हरेक विद्यार्थीलाई हरेक दिन साँझ दिनमा आफूले पढेको विषय दोहो¥याउने नबुझेको फेरि बुझ्न प्रयास गर्ने र भोलिको अध्ययनका लागि तैयारी गर्नुपर्छ भनेका छन् ।

शिक्षाको मूल उद्देश्य

कौटिल्यले आन्वीषिकी, त्रयी, वार्ता, दण्डनीति तथा अनेक प्रयोगात्मक शिक्षाको मूल उद्देश्य बताएका छन्– इन्द्रियसंयम । कौटिल्यका अनुसार इन्द्रिय विजयी हुनु नै शिक्षको मूल उद्देश्य हो । यसका लागि छवटा आन्तरिक शत्रुमाथि नियन्त्रण गर्न सकनु पर्छ– काम, क्रोध, लोभ, मान, मद र उपहास ।
यदि राज्य संचालक इन्द्रिय संयमी हुनुको साटो इन्द्रियका वशमा हुन गयो भने सम्पूर्ण पृथ्वीको मालिक भएपनि छिटै नष्ट हुन जानेछ ।
यसका लागि कौटिल्यले केही ऐतिहासिक प्रमाण दिँदै भनेका छन्– दाण्डक्य कामको वशमा भएर ब्राह्मण कन्या अपहरण गर्नाले, जनमेजयले ब्राह्मणमाथि कोप गर्नाले, लोभको वशमा परी पुुरुरवाले अत्यधिक करारोपण गर्नाले, अभिमानले गर्दा रावणले र उपहास गर्ने हुँदा वातापि नाश भएर गए । यस्ता अन्य ऐतिहासिक उदाहरण समेत त्यहाँ प्रस्तुत गरिएको छ । तर जितेन्द्रिय हुनाले अम्बरीश आदिले पृथ्वीको अनन्त कालसम्मभोग गरे ।
यसरी विद्या आर्जनलाई प्राचीनकालमा ठूलो महत्व दिएको देखिन्छ । समाजको विकासका लागि शिक्षा अनिवार्य हुन्छ । राज्य प्रमुखको कर्तव्य के हो भने शिक्षाको प्रचार प्रसार गरेर प्रजालाई प्रगतिशील, इन्द्रिय संयमी, जिव्हा नियन्त्रक, विनम्र व्यवहार गर्ने बनाउने कार्यमा चिन्तनशील रहनु पर्दछ भनिएको छ ।

निष्कर्ष

कौटिलीय शिक्षा नीतिको अध्ययनमा एउटा द्विविधा के उत्पन्न हुन गएको छ, त्यो के भने कौटिलीय अर्थशास्त्रमा देशका विभिन्न ३६ वटा विभाग भएतापनि त्यहाँ शिक्षा विभागको उल्लेख पाईंदैन । यसबाट शिक्षामा सरकारी हस्तक्षेप थिएन । पाठ्यक्रम, पाठ्यवस्तु, विषय र शिक्षण विधि निर्धारणमा गुरुकुल स्वतन्त्र थिए भन्न सकिन्छ । कौटिलीय अर्थशास्त्रमा विविध विषय, आचार्य, विद्यार्थी र शिक्षण विधिबाट देशमा योग्य नेतृत्वको विकास गर्ने प्रयासको जुन चर्चा छ, त्यो आज पनि सान्दर्भिक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?