© २०२३
काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिएको छ। रिट निवेदन आज सुनुवाइ गर्न चौथो नम्बरमा पेसी तोकिएको छ। चौथो नम्बरमै भएकाले आजै सुनुवाइ हुने सम्भावना बढेको छ।
प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा जनयुद्धमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने भनेर दिएको अभिव्यक्तिका आधारमा पीडित परिवारले उनीविरुद्ध कारबाही माग गर्दै सर्वाेच्चमा रिट निवेदन दर्ता गराएका हुन्।
रिट निवेदनका पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछाप निवासी ज्ञानेन्द्रराज आरणसहित २८ जना छन्।