ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुल खबर

बेवारिसे तथा सडक बालबालिका लागि ‘पुष्पकुञ्ज बालआश्रम’ बनाउन महायज्ञ

तिलोत्तमामा यही फागुन २८ गतेदेखि चैत ५ गते सम्म श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ तथा बौद्धदर्शन प्रवचन आयोजन हुने छ ।
२४ फाल्गुन २०७९, बुधबार
२४ फाल्गुन २०७९, बुधबार

बुटवल, फागुन ।
तिलोत्तमामारहेका सिर्जनशिल संस्था नेपालको आयोजना सडक तथा बेवारिसे वालवालिकाहरुको दिगो व्यवस्थानको लागि भवन निर्माण गर्न महायज्ञको तयारी गरिएको छ । यही फागुन २८ गतेदेखि श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ तथा बोद्ध दर्शन प्रवचन आयोजना हुने छ । तिलोत्तमा–९ मंगलापुरमा यहि फागुन २८ देखि चैत महिनाको ५ गने सम्म महायज्ञ सञ्चालन हुने भएको हो ।
महायज्ञ सञ्चालनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको महयज्ञ सम्पादन समिति संयोजक रोमणी प्रसाद पाठकले जानकारी दिए । आचार्य ओमप्रकाश सुवेदीबाट महायज्ञमा प्रवचनक कार्यक्रम रहेको उनले बताए । यसैगरी बोद्ध गुरु भिक्षु ज्ञानेन्द्र स्थविर “सद्धम्भ कोविद“ ले बोद्ध दर्शन बारे प्रवचन दिने कार्यक्रम रहेको छ ।
यज्ञ सम्पादनका लागि करिब ५ सय सदस्यीय मुल आयोजक समिति तथा १३ वटा विभिन्न उपसमिति गठन गरिएको उनले बताए ।
वि.स. २०५४ सालमा स्थापना भएको सिर्जनशिल संस्थाले बालबालिका तथा महिला उत्थानको क्षेत्रमा काम गर्दै आएको छ । महिलाहरुले सञ्चालन गर्दै आएको यस संस्थामा ३५ जना महिला आजीवन सदस्य तथा ३ जना पुरुषहरु आजीवन सदस्का रुपमा रहेको संस्थाकी अध्यक्ष प्रतिमा शर्माले बताईन । संस्थाले हालसम्म १९७ जना सडक बालबालिकाको उद्दार गरिसकेको उनले बताइन ।
उद्दार गरिएका मध्ये १३ जना बालबालिकाहरुलाई नेपाल सरकारलाई जिम्मा लगाइएको तथा १३० जनालाई परिवारसँग पुनःमिलन गराइएको उनले जानकारी दिईन । यसैगरि २६ जनालाई जिविकोपार्जन सीप सिकाई व्यवस्थापन गरिएको अध्यक्ष शर्माले बताइन् । यस्तै १८ जना बालबालिकालाई संस्थाले व्यवस्थापन गरिरहेको छ । तिलोत्तमा नगरपालिकाले वडा नम्बर ७ मा उपलब्ध गराएको २ कठ्ठा जमिनमा भवन निर्माण गर्न लागिएको हो । सभाहलसहित १२ कोठामा बन्ने भवनका लागि ८१ लाख खर्च अनुमान गरिएको संस्थाकी कार्यक्रम सम्पादन तथा व्यवस्थापन निर्देशक प्रतिमा शर्मााले जानकारी दिइन् ।
महाज्ञबाट करिब २ करोड अर्थ संकलन गर्ने लक्ष्य राखिएको उनले बताइन । यज्ञ सम्पादनका लागि १५ लाख खर्च अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?