© २०२३
काठमाडौँ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएर अर्थमन्त्री विष्णु पौडेल सिंहदबारबाट बाहिरिएका छन्। राजनीतिक स्थिति काबुबाहिर रहेको भन्दै उनले राजीनामा दिएका हुन्।
नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय समेत गरिसकेको छ। सोही कारण उनले राजीनामा बझुाएका हुन्। अर्थ मन्त्रालयमा कर्मचारीहरुले विदाइ कार्यक्रमको तयारी गरे पनि उनी राजीनामा बुझाएपछि मन्त्रालय छिरेनन्।
उनी पुस ११ गते अर्थमन्त्रीमा नियुक्त हुँदै अर्थ मन्त्रालय सम्हालेका थिए। उनले २ महिना ४ दिन अर्थ मन्त्रालय सम्हाले।