© २०२३
बुटवल ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल तानसेन खण्ड आजदेखि दैनिक ८ घण्टा बन्द गरिएको छ। राजमार्गअन्तर्गतको सिद्धबाबा क्षेत्रमा सुरुङमार्गका लागि डाइभर्सन बनाउन १५ दिन दिउँसो र राती केही समय सडक बन्द गरिने भएको हो।
आजदेखि फागनु २७ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर काम सुरु गरिएको सुरुङमार्ग आयोजना प्रमुख होमबहादुर एसीले जानकारी दिए। ‘डाइभर्सन निर्माण गर्दा माथिबाट ढुंगाहरू खसिरहेको हुँदा बाटो बन्द गरिएको हो’, उनले भने।
राजमार्ग बन्द हुँदा साना, हलुका र आकास्मिक सवारीसाधनका लागि बेलबासदेखि नुवाकोट हुँदै दोभानसम्मको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।
सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लागतमा ठेक्का पाएर पूर्व तयारीको काम सुरु गरिरहेको छ।