© २०२३
काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको राष्ट्रपति हुने कुरा पुस १० मै टुंगो लागेको बताएका छन् । शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै एमालेको राष्ट्रपति हुने कुरा पुस १० मै टुंगो लगाएर बसेको बताए ।
‘एमालेको राष्ट्रपति हुन्छ भन्ने कुरा हामीले पुस १० गते टुंगो लगाएर बसेका छौ’, ओलीले भने, ‘भोलि राष्ट्रपतिको मनोनयन हुन्छ ।’ उनले पछिल्ला राजनीतिक घटनाक्रम र राजनीतिक समिकरण फेरबदलमा भइरहेको प्रयासबारे आफुलाई थाहा नभएको बताए । ‘अरु घट्नाक्रम मलाई थाहा छैन’, ओलीको प्रतिक्रिया छ ।