© २०२३
काठमाडौं ।
कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने बताएका छन् । बालुवाटारमा भएको ४ दलबीचको छलफलमा विभिन्न कोणबाट राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएपनि पुनः छलफल गर्नुपर्ने भएकाले साँझ ५ बजे पुनः अर्को बैठक बसेर टुंग्याउने थापाले बताए
राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बसेको चुनावअघिको गठबन्धनमा सम्बद्ध चार दलको बैठक सकिएको छ । बिहान साढे ८ बजेबाट प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा सुरु भएको बैठक मध्यान्ह साढे १२ बजे सकिएको हो ।