© २०२३
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार फाइनल वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग फाइनल वार्ता गर्न लागेका हुन् ।
प्रचण्डले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताएका हुन् ।
बिहीबार सिंहदरबारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग पनि भोलि नै थप वार्ता गर्ने बताए ।
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको छ ।