ट्रेंडिंग:

>> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार

कार्यकर्तालाई जनतासँग जोडिन मुख्यमन्त्री गिरीको निर्देशन

९ फाल्गुन २०७९, मंगलवार
९ फाल्गुन २०७९, मंगलवार

दाङ, ९ फागुन ।

एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पार्टी संगठन बलियो बनाउँदै जनताको आवाज सुन्न र सम्बोधन गर्न तल्लो तहसम्म निरन्तर रुपमा जोडिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा एमालेको मिसन द ग्रासरुट अभियानको थालनी अघि आज पार्टी कार्यालय दाङमा आयोजित मिसन ग्रास रुट पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत जिल्ला स्तरीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सह–ईन्चार्ज गिरीले पार्टीको गतिविधी जनताको बीचमा लैजान तथा उनीहरुको अवस्थालाई पार्टीको नीति सिद्धान्तमा समावेश गर्न तल्लो तहसम्मको अभियानमा जुट्न निर्देशन दिएका हुन् ।

उनले जनताको रायसँगै पार्टीको नीति सिद्धान्त अनुसार नेता चल्नुपर्ने बताए । जिल्लाको पार्टी संगठन बलियो बनाउन तल्लो तहबाट जनताको कुरा सुनेर अघि बढ्न सचेत गराउँदै जनतासँग एकाकार भएर काम गर्नुपर्नेमा जोड दिए । जनताले राजनीतिक कुरा सहज रुपमा नबुझ्ने हुँदा पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक अवस्थाका बारेमा सहज रुपमा खुलेर हातेमालो गरेर पार्टीको नीति, विचार र सिद्धान्तलाई जनताका बीचमा लैजाने काममा खटिन निर्देशन दिए ।

मिशन ग्रासरुटलाई बलियो बनाउन सबैले आफ्नो कामको समीक्षा गर्दै पार्टीको विधि, पद्धति र सिद्धान्तलाई अक्षरश पालना गर्न उनको आग्रह थियो ।

जिल्लाका सबै पालिकाका सय वटै वडामा जनताको आवश्यकता, समस्या, धारणा, अवस्थाका बारेमा निर्मम समीक्षा गरेर उनीहरुको हितका पक्षमा पार्टीले नीति बनाउने हुँदा यसलाई तोकिएको जिम्मेवारी अनुसार पालना गर्न सचेत गराए ।

अभिमुखीकरण कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले संघ, प्रदेश र जिल्ला कमिटिहरु मजबुत बनाउदै लैजानुपर्ने बताए । पार्टी बलियो भयो भने मात्रै सक्षम नेतृत्व हुने भएकाले नेता कार्यकर्ताले यता ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य कुमार दसौदी, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यद्वय दिपा शर्मा र शोभा ज्ञवालीले आफ्नो धारणा राखेका थिए । जिल्लास्थित नेता कार्यकर्ता, पार्टी सदस्य सहभागी कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष हुकुम बस्नेतले गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव मनोहर बुढाथोकीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?