© २०२३
बुटवल, ७ फागुन ।
लुम्बिनी प्रदेशका सभामुख तुल बहादुर घर्तीमगरले बैक वित्तिय संस्था खोल्नु वित्तीय पुँजीवाद भएको बताएका छन् । उनले देशमा हुनुपर्ने बाणिज्य पुँजीवाद भए पनि तर अहिले भने गाउँ गाउँमा बैक तथा वित्तीय संस्था खुल्नु वित्तीय पुँजीवाद भएको बताएका हुन । खुद्रा किराना ब्यवसायि संघ रुपन्देहीका १६ औ साधारणसभा मा बोल्दै उनले अब बाणिज्य र औद्योगिक पुँजीवाद चाहिएको बताए ।
सरकारले ठेगेकै कारण किसानले अनुदान नपाएको कारण समस्या भएको बताए । उनले बास्तवमै किसानले अनुदान नपाएको बताए । उनले भने–“बाख्राका पाईला देखाएर अनुदान खाने किसान यहि देशमा छन् ।”
सरकारले निजी फार्म लाई अनुदान नदिने नीति यो सरकारले बनाएको बताए । उनले अब उत्पादनमा आधारित अनुदानमा हामी जोड दिने बताए । खुदा किराना व्यवसायीको समस्या समाधानका लागि आफुले काम गर्ने बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी लगायतले बोलेका थिए ।