© 2026
कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका वडा नं. २ स्थित महेन्द्र आधारभुत बिद्यालय तौलिहवाका ५६ बिद्यार्थी र उनका ४७ जना अभिभावकलाई शैक्षिक सामाग्री र खाद्यान्न बितरण गरिएको छ । बिद्यालयमा आयाजित कार्यक्रममा बुद्धिष्ट चुजि च्यारीटी फाउण्डेसनको सहकार्यमा राईट टु एक्सन नेपाल (र्यान) ले सामाग्री बितरण गरेको हो । कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, ,बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष अब्दुल हकिम पखिया, नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत पदमराज श्रेष्ठ, बिद्यालयकी प्रअ गोमा घिमिरे, र्यानका प्रतिनिधी युवराज देवकोटा, बिनोद पौडेल, समाजसेवी राजेश ज्ञवाली, सुरेन्द्रराज लम्साल लगायतले बिद्यार्थी र अभिभावकलाई सामाग्री हस्तान्तरण गरेका हुन । कार्यक्रममा ५६ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक बितरण गरिएको थियो । बिद्यार्थीलाई बितरित सामाग्रीहरुमा जुत्ता, मोजा, स्विटर, टोपी, सर्ट, पाईन्ट सगै स्टेश्नरी तर्फ कापी, पेन्सिल, स्किेल, क्लिपबोर्ड र कलर बक्सहरु प्रदान गरिएको थियो । सो सगै तिनै बिद्यार्थीका ४७ जना अभिभावकलाई २५ केजी चामल र १ केजी तेल सहितको खाद्यान्न सामाग्री बितरण गरिएको हो । बिद्यार्थीको शिक्षाको अवस्थामा सुधार ल्यान तथा मनोवल बृद्धिका लागी सो बिद्यालयका ५६ बिद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री तथा अभिभावकलाई खाद्यान्न बितरण गर्न थालिएको र्यानका प्रतिनिधी बिनोद पौडेलले बताए । उनले संस्थाले नगरका ६ बिद्यालयका ३ सय ९० जना बिद्यार्थीलाई सामाग्री बितरण गर्न थालेको स्पष्ट पारे । नगरको शिक्षाको अवस्था सुधार गर्न तथा बालबालिकाको शिक्षा प्रतिको रुची बृद्धि गर्न कार्यक्रम सहयोग कार्यक्रमले सहजता ल्याउने उनले बताए । न्युन आर्थिक अवस्थाका अभिभावका बालबालिका अध्ययनरत बिद्यालयमा गरिएको सहयोगले बिद्यार्थीलाई उत्प्रेरित बनाउने प्रधानाध्यापक गोमा घिमिरेले बताईन ।
बुद्धिष्ट चुजि च्यारीटी फाउण्डेसनको सहकार्यमा राईट टु एक्सन नेपाल (र्यान) ले नगरपालिकाको समन्वयमा नगरका बिभिन्न बिद्यालयमा बालबालिका र उनका अभिभावकलाई शिक्षा प्रति उत्प्रेरित बनाउनका लागी सहयोग गर्दै आएकोमा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले आयोजकलाई धन्यबाद दिए । उनले नगरले शिक्षालाई प्राथमिकता दिएर निशुल्क शिक्षाको कार्यक्रम सञ्चालन गर्दै आएको जनाए । नगरले स्वास्थ्य तर्फ स्वास्थ्य बिमाको योगदान रकममा ५० प्रतिशत सह लगानी गर्दै आएकाले नगरबासीले स्वास्थ्य बिमाको सेवा लिएर १ लाख सम्मको उपचारको लाभ उठाउन सचेत हुनु पर्ने उनले बताए । सो अवसरमा बिद्यालयमा हाल सम्म सहयोग पुर्याउदै आएका पुर्व र हालका व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक र कर्मचारीलाई सम्मान गरिएको थियो ।