ट्रेंडिंग:

>> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु >> दोश्रो गुल्मी महोत्सव तयारी पुरा >> सम्पदा दिवसः संरक्षणमा ढिलाई किन ? >> डुबान जोगाउने गुरुयोजनामा आशंका >> राप्तीको बगरमा लटरम्म तरबुजा >> राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै >> ’ट्रान्सजेन्डर महिला’ अब बेलायतमा ‘महिला’ कोटावाट बाहिर >> शुद्धोधन गाउँपालिकाका अध्यक्ष माथि गोली प्रहार >> स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने >> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता >> कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’ >> देश बन्दैन भन्नेहरूको पछि नलाग्नुस -परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा >> आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी >> विश्वप्रसिद्ध वक्ता प्रेम रावत शनिबार रुपन्देहीमा >> तपाईँको जीवनको लक्ष्य के हो ! >> घोराही उपमहानगरपालिकाले थारू भाषाको बुलेटिन प्रकाशित गर्ने >> राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने >> प्रचण्ड माथि बिष्णु रिमालको कडा व्यंग्य >> शेयर बजार लगातार तेस्रो दिन बढ्यो >> यु–१४ टि ट्वान्टी क्रिकेटमा शान्ति नमुना विजयी >> वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छः श्रममन्त्री >> ‘ब्ल्याक डायमन्ड एप्पल’ अर्थात विश्वकाे सबैभन्दा महंगाे स्याउँ, जाे फल्छ तिब्बतमा >> राजतन्त्र पुर्नस्थापनामा गणतन्त्रबादी लागेको आरोप >> रास्वपाकी सह-महामन्त्री सुमना श्रेष्ठको राजीनामा >> रामबहादुर बमजनको मुद्दा उल्टियो, कारागारबाट छुटेपछि कहाँ गए? >> शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने शिक्षकहरुको अडान
विचार

कसरी सार्थक बनाउने आर्थिक र सामाजिक विकासको अभियान ?

अहिलेको नयाँ जेनेरेसनमा सरकारी जागिरको मोह घट्दो छ । उनीहरु सानो भएपनि आफ्नै पेशा व्यवसाय गर्नमा उद्यत देखिन्छन् । यसबाट उनीहरु आफ्नो आम्दानी बढाउने मात्र होइन समाजका अन्य मानिसलाई पनि रोजगारीको अवसर प्रदान गर्दछन् जसले समग्र देशको आर्थिक वृद्धि तथा विकासलाई टेवा पु¥याउने देखिन्छ ।
५ फाल्गुन २०७९, शुक्रबार
५ फाल्गुन २०७९, शुक्रबार

आर्थिक विकासकै माध्यमबाट देशको सर्वाङ्गिण विकास हुन्छ भन्दा अत्युक्ति नहोला । प्रति व्यक्ति आय, कूल ग्रार्हस्थ उत्पादनजस्ता आर्थिक सूचकमा हुने वृद्धिले आर्थिक वृद्धि त हुन्छ तर आर्थिक विकास भएको मान्न भने सकिँदैन । आर्थिक वृद्धि आर्थिक विकासको पूर्व शर्त हो । आर्थिक वृद्धिलाई समृद्धिको शुभ संकेतको रुपमा लिन सकिन्छ । आर्थिक विकास भन्नाले कुनैपनि मुलुकको अर्थ व्यवस्थामा आएको सकारात्मक परिवर्तनको प्रक्रिया हो । देशमा भएको बिभिन्न भौतिक संरचनाहरूको विकासका साथसाथै सामाजिक कल्याण जस्तै शिक्षा, स्वास्थ्य, सञ्चार, सरसफाई आदीमा भएको गुणात्मक तथा परिमाणात्मक परिवर्तन आर्थिक विकासको परिणाम हो । देशमा ठूला–ठूला महल र भौतिक पूर्वाधार बनेर मात्रै विकास हुँदैन । विकासले तब सार्थकता पाउँदछ, जब गरिव तथा निमुखाको जीवन उकास्ने काम गरिन्छ  ।

आर्थिक विकासका सूचकहरूका सम्बन्धमा अर्थशास्त्रीहरूबीच मतभिन्नता पाइन्छ । कतिपय अर्थशास्त्रीले राष्ट्रिय उत्पादनलाई आर्थिक विकासको सूचक मानेका छन् । कतिपय अर्थशास्त्रीले प्रति व्यक्ति आम्दानीलाई आर्थिक विकासको सूचक मानेका छन् । यसैगरी कतिपय अर्थशास्त्रीले आर्थिक कल्याणलाई यसको सूचक मानेका छन् । विभिन्न अर्थशास्त्रीले भौतिक जीवनस्तर सूचकाङ्कलाई विकासको सूचक मानेका छन् । यी अर्थशास्त्रीहरूले आयु, मृत्युदर, साक्षरतालाई आधार बनाएका छन् । यसैगरी संयुक्त राष्ट्र विकास कार्यक्रमले विकासका सूचकका रूपमा मानव विकास सूचक निर्माण गरेको छ । आर्थिक विकासको परिसूचकको आधारमा आर्थिक विकासको मापन गर्न सकिन्छ । विभिन्न अर्थशास्त्रीले आर्थिक विकासको परिसूचकको अलग–अलग ब्याख्या गरेका छन् । विकासको स्वरूप दीर्घकालमा परिवर्तन भइरहने हुनाले परम्परागत व्यापारवादीहरू धन वा सुनलाई विकास भन्थे । यसैगरी अर्थशास्त्री एडम स्मिथले उत्पादनस्तर र कार्लमाक्र्सले पुँजीवादी व्यवस्थाको अन्तरलाई विकास मानेका थिए । पछिल्ला अर्थशास्त्रीहरूले राष्ट्रिय आय, प्रतिव्यक्ति आयस्तर र हालका अर्थशास्त्रीहरू मानवीय मूल्य मान्यता र आधारभूत आवश्यकताका आधारमा विकासलाई मापन गर्छन् ।

वास्तवमा आर्थिक वृद्धि तथा आर्थिक विकासलाई विभिन्न आर्थिक निर्धारक तत्वहरुले मात्र असर गर्ने होइन गैर आर्थिक तत्वहरुले पनि आर्थिक विकासलाई असर गरेका हुन्छन् । समाज तथा देशमा रहेका बिभिन्न सामाजिक मूल्य तथा मान्यताले पनि आर्थिक विकासमा टेवा पुराएका हुन्छन् । मानिसको दृष्टिकोण, संस्कृति, धर्म, जातजाति, शैक्षिक स्तर आदि सामाजिक मूल्यले देशको समग्र आर्थिक विकासलाई असर गरेका हुन्छन् । आर्थिक निर्धारक तत्व र आर्थिक वृद्धि बीचको सम्बन्ध बुझ्न सजिलो छ । देशमा उत्पादन बढ्यो भने प्रति व्यक्ति आय बढ्छ जसले गर्दा आर्थिक वृद्धि पनि बढ्छ । यो प्रत्यक्ष देखिन्छ । यो बुझाउन गाह्रो छैन तर संस्कृतिले, धर्मले आर्थिक वृद्धि तथा विकासमा असर गर्छ र यिनीहरुबीच सम्बन्ध छ भन्दा यसमा प्रश्नचिन्ह खडा हुनपनि सक्छ । यो अस्वाभाभिक होइन । सामाजिक मूल्यले आर्थिक निर्धारकले जस्तो प्रत्यक्ष असर नगरेपनि यसले आर्थिक विकासलाई असर गर्ने हुनाले आर्थिक विकास र सामाजिक मूल्यबीच सम्बन्ध छ र भएको कुरा प्रस्ट हुन्छ ।

समाजमा रहने सवै मानिसको मनोवृत्ति समान हुँदैन । फरक फरक हुन्छ । खासगरी मनोवृत्ति सकारात्मक र नकारात्मक गरी दुई किसिमको हुन्छ । आर्थिक वृद्धि तथा विकासप्रति सकारात्मक भएका मानिसहरु आम्दानी बढाउने तर्फ होसियार हुन्छन । सो कार्यको लागि उनीहरुले उत्पादनमूलक कार्यमा आफ्नो सिप, कला तथा क्षमताको भरपुर उपयोग गर्छन जसले आर्थिकस्तर उकास्न मद्दत गर्दछ । यस्ता मानिसहरु आफूमात्र आम्दानी बढाउने नभई समाजका विभिन्न तह र तप्काका मानिसहरुलाई उत्पादनमूलक कार्यमा लाग्न सल्लाह सुझाव दिने होइन उत्प्रेरित नै गर्छन् भन्दा फरक पर्दैन । सकारात्मक मनोवृत्ति भएका राजनीतिक नेता नेतृत्व तहमा पुगे भने उनीहरुले पुँजी र मानव संसाधनको प्रभावकारी उपयोग गरी देशमा तिब्र आर्थिक वृद्धि गरी देशलाई आर्थिक विकासको गोरेटोमा डो¥याउने काम गर्दछन् । यदि समाजमा नकारात्मक मनोवृत्ति भएका मानिस तथा नेताको बाहुल्यता भयो भने आर्थिक वृद्धि तथा विकास उल्टो गतितिर लम्कन सक्ने कुरामा शंका गर्ने ठाउँ रहँदैन भन्दा अत्युक्ति नहोला ।

अहिले स्वरोजगार संस्कृति रुचाउने मानिसहरुको जमात बढ्दो छ । अहिलेको नयाँ जेनेरेसनमा सरकारी जागिरको मोह घट्दो छ । उनीहरु सानो भएपनि आफ्नै पेशा व्यवसाय गर्नमा उद्यत देखिन्छन् । यसबाट उनीहरु आफ्नो आम्दानी बढाउने मात्र होइन समाजका अन्य मानिसलाई पनि रोजगारीको अवसर प्रदान गर्दछन् जसले समग्र देशको आर्थिक वृद्धि तथा विकासलाई टेवा पु¥याउने देखिन्छ । कुनै समुदायका मानिसको संस्कृति पढ्ने अनि आफ्नो योग्यता अनुसारको सरकारी वा गैर सरकारी जागिर गर्ने हुन्छ । देशले उनीहरुको विद्वताको सदुपयोग गरी आर्थिक विकासलाई टेवा दिने खालका योजना बनाउने, तिनको सफल कार्यान्वयन गराउने हुनाले पढी लेखी जागिर खाने संस्कृति भएका मानिसले पनि आर्थिक विकासमा टेवा पु¥याउने रहेछन् भन्ने प्रस्ट हुन्छ ।

अर्को कुरा हाम्रो देशको सन्दर्भमा कुरा गर्दा युवा वर्ग रोजगारीको लागि विदेश जाने लहर बढ्दो छ । जसबाट देशमा रेमिटेन्समार्फत ठूलो रकम भित्रिन्छ । भनिन्छ– अहिले रोजगारीको सिलसिलामा बिदेशिएका लाखौं युवाले पठाएको रेमिटेन्सबाट देश चलेको छ । हाम्रो देशमा विभिन्न धर्म मान्ने मानिसहरु छन् । धार्मिक मानिसहरु अनुशासित हुनुको साथै विकासप्रेमी हुन्छन् । कसैलाई कुभलो गर्नु धर्मको खिलाप हो । त्यसैले सबैको भलो चाहने उनीहरु देशको भलोको लागि चिन्तन गर्ने मात्र नभई आफ्नो तर्फबाट देशको आर्थिक विकासका लागि कटिबद्ध हुन्छन् । यस्ता मानिसहरु आफू जुन पेशा व्यवसायमा छन् इमान्दारीपूर्वक आफ्नो पेशा व्यवसाय चलाई नियमपूर्वक सरकारलाई कर तिरी रास्ट्रिय आयमा टेवा पु¥याउँछन् ।

समाज भनेको विभिन्न जातजातिको समिश्रण हो । रहन सहन, संस्कार, संस्कृति जातजाति अनुसार फरक फरक हुन्छ । मानिसहरु आफ्नो आफ्नो संस्कार अनुसार बिभिन्न पेशा तथा व्यवसायमा संलग्न हुने गरेको देखिन्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा सुरुवाती दिनदेखि विभिन्न जातजातिलाई उनीहरुले अपनाउने पेशा व्यवसायबाट पनि चिनिन्छ । कुमालले माटाका भाँडा बनाउने, दर्जीले कपडा सिलाउने, नेवारले व्यापार, सुनारले सुनको काम गर्ने, क्षेत्री प्रहरी तथा सेनामा आबद्ध हुने आदि । उनीहरुले अंगालेका बिभिन्न पेशाले देशमा उत्पादन तथा आय बढाउने काम गर्दछ । विभिन्न जातका कतिपय व्यक्ति क्रान्तिकारी स्वभावका हुन्छन् । उनीहरुले परापूर्वदेखि चलिआएको आफ्नो जातीय संस्कारलाई तोडेर आफूले चाहेको पेशा व्यवसाय अंगालेको पनि देखिन्छ । जस्तै ब्राह्मण क्षेत्रीले लुगा सिलाउने, सुनको कारोबार गर्ने आदि । यसले पनि आर्थिक विकासमा सकारात्मक भूमिका खेलेको पाइन्छ ।

सबै सामाजिक मूल्यले आर्थिक विकासमा सकारात्मक भूमिका खेल्छ भन्ने छैन । कतिपय अवस्थामा नकारात्मक भूमिका खेलेको पनि देखिन्छ । हालका दिनमा नेपालमा पुजाआजा, चाडबाड, विवाह, बर्तबन्ध, जन्मदिन, बैबाहिक बर्षगाँठ आदिमा व्यापक खर्च गर्ने प्रवृत्ति बढ्दो छ । फजुल खर्च गर्ने प्रतिस्पर्धा नै छ । मानिसले कमाएको पैसा यस्तै कार्यमा सकिन्छ । अझ कतिपय अवस्थामा त नपुगी ऋण लिएर पनि खर्च गर्न पछि नपरेको देखिन्छ । धर्म संस्कृति अनुसार मुस्लिम समुदायमा सन्तानलाई अल्लाहको वरदान मानी परिवारको आकार ठूलो हुने हुनाले बचतलाई न्यूनीकरण गरेको देखिन्छ । यस्ता गतिविधिले आर्थिक वृद्धि र विकासलाई बाधा पु¥याएको प्रस्ट देखिन्छ ।

आर्थिक वृद्धि तथा आर्थिक विकासमा आर्थिक तत्वको जति ठूलो योगदान छ, सामाजिक मूल्यको त्यत्तिकै योगदान भएको तथ्यले आर्थिक विकास र सामाजिक मूल्यबीचको सम्बन्ध नङ् र मासुको जस्तै छ भन्न सजिलै सकिन्छ । हाम्रो संस्कार, आनीबानी, मनोवृत्ति, संस्कृति आदिमा देखिएको विकृतिले देशको आर्थिक विकासलाई उँधो गतितिर धकेलेको छ । यसको अन्त्यका लागि हामी सबै हातेमालो गरेर आर्थिक विकासमा टेवा पुग्ने सुधारिएको संस्कार बसाल्नुपर्ने देखिन्छ । यो अहिलेको आवश्यकता हो । यसो गर्न सकियो भने देशको आर्थिक विकासमा इट्टा थप्ने काम हुनेछ र समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई सार्थकता प्रदान गर्न सहयोग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission