Butwal Today

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा  

३० कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

तम्घास ।

आइतबार साँझदेखि सुक्खा पहिरोका कारण अवरुद्ध रहेको कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ ।

कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाका अनुसार  हर्मिचौर पूर्तिघाट सडक खण्डको कालीगण्डकी गाउँपालिका वडा नम्बर २  अर्वेनी राक्सेमा आइतबार साँझ सडक माथिबाट सुक्खा पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियो । आइतबार राती भएकाले पहिरो पन्छाउने कार्य सम्भव नभएकाले  सोमबार बिहान पहिरो पन्छाएर सडक सञ्चालनमा आएको छ ।

उक्त स्थानमा धेरै पहिरो झर्ने भएकाले पटक पटक सडक अवरुद्ध हुँदै आउने गरेको छ । गत दुई महिनाको अवधिमा २२ पटक सडक अवरुद्ध भएको प्रहरी चौकी पूर्तिघाटले जनाएको छ ।  सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी सञ्चालनमा आउन सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?