Butwal Today

सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर पुनः अवरुद्ध

३० कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

तम्घास । सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध पुनः भएको छ । तीन दिन अघि खुलेको कालीगण्डकी करिडोर पुनः सोही स्थानमा सुक्खा पहिरोका कारण अवरुद्ध भएको हो ।

कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाका अनुसार हर्मिचौर पूर्तिघाट सडक खण्डको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्वेनी राक्सेमा आइतबार साँझ सडक माथिबाट सुक्खा पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ । आइतबार राती भएकाले पहिरो पन्छाउने कार्य सम्भव नभएको र सोमबार बिहानबाट पहिरो पन्छाउने कार्य भएको उनले बताए ।

उक्त स्थानमा धेरै पहिरो झर्ने भएकाले पटक पटक सडक अवरुद्ध हुँदै आउने गरेको छ । गत दुई महिनाको अवधिमा २२ पटक सडक अवरुद्ध भएको प्रहरी चौकी पूतिघाटले जनाएको छ । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?